शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

जनता बैंकको ६० प्रतिशत हकप्रद रद्द

बुधबार, २७ वैशाख २०७४, १६ : ०६
बुधबार, २७ वैशाख २०७४
काठमाडौं, वैशाख २७–जनता बैंकले गत साधारणसभावाट पारित भएको ६० प्रतिशत हकप्रद रद्द गरेको छ । सिद्धार्थ विकास बैंकलाई प्राप्तिपछि राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुग्ने भन्दै हकप्रद जारी नगर्ने भएको हो । बैंकले यसअघि त्रिवेणाी विकास बैंकलाई मर्ज गरेर कायम हुने चुक्ता पुँजीमा ६० प्रतिशत हकप्रद जारी गर्ने निर्णय लिएको थियो । अहिले बैंकले आगामी जेठ १३ गते साधारणसभा वोलाएको छ । राष्ट्र बैंकले वािणज्य बैंकहरुलाई आगामी असार मसान्तभित्र ८ अर्ब चुक्ता पुँजी पु¥याउनुपर्ने वाध्यकारी व्यवस्था गरेको छ । सोही कारण अहिले बैंक तथा वित्तिय संस्थाले धमाधम वोनस सेयर, हकप्रद जारी गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप