नेपाल बैंकको नाफा २ अर्ब ५१ करोड
बुधबार, २७ वैशाख २०७४, १६ : ०७
काठमाडौं, वैशाख २७–नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब ५१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधीमा बैंकले एक अर्ब ६४ करोड रुपैयाँ नाफा गरेको थियो ।
यो वर्ष बैंकको नाफा गत आवको तुलनामा ५३. १४ प्रतिशतले वढेको छ । बै.कको ब्याज आम्दानीमा भएको वृद्धिका कारण यो वर्ष नाफा वढेको हो । बैंकले यो अवधीमा ४ अर्ब ७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधीमा २ अर्ब ९० करोड व्याज आम्दानी थियो ।
यो अवधीमा बैंकले ८३ अर्ब ९५ करोड निक्षेप संकलन गरेको छ भने ७४ अर्ब २० करोड कर्जा लगानी गरेको छ । बैंकको खराव कर्जा २.८५ प्रतिशत छ । गत आवमा भने खराव कर्जा ३.६७ प्रतिशत थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण