शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

व्यापार घाटा बढ्योः ७ खर्व २६ अर्बको आयात, ५५ अर्व २६ करोडको निर्यात

बुधबार, २७ वैशाख २०७४, १६ : १६
बुधबार, २७ वैशाख २०७४

काठमाडौं, वैशाख २७–चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधी सम्म आइपुग्दा नेपालको व्यापार घाटा उच्च अंकले वढेको छ । चालु आवको चैत मसान्तसम्म नेपालको व्यापार घाटा ४१ दशमलव ४ प्रतिशतले बढेको हो । आयात र निर्यातविचको अन्तर ठूलो रहँदा मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा खवौं घाटा देखिएको छ ।

आयातलाई प्रतिश्थापन गर्न सक्नेगरि निर्यात व्यापार वढाउन नसक्दा हरेक वर्ष नेपालले ठूलो व्यापार घाटा सहदै आएको छ । चालु आवको ९ महिना अवधीमा पनि नेपालवाट कूल निर्यातमा ९ दशमलव ९ प्रतिशतको वृद्धि देखिएको छ भने आयातमा ३८ दशमलव ४ प्रतिशतको वृद्धि छ । यसले गर्दा व्यापार घाटा अझ थपिएको छ ।

९ महिना अवधीमा नेपालले जम्मा ५५ अर्ब २६ करोड रुपैयाँको वस्तु तथा उत्पादनको निर्यात गरको छ भने आयात भने यो अवधीमा ७ खर्ब २६ अर्व २ करोडको छ । कुल व्यापारमा निर्यातको योगदान ७ दशमलव १ प्रतिशत छ भने आयातको योगदान ९२ दशमलव ९ प्रतिशतको छ ।

नेपालले भारत, अमेरिका, टर्की, जर्मनी, युके, चीन लगायतका मुलुकमा आफ्ना उत्पादनको निर्यात गर्ने गरेको छ । यो अवधीमा ती मुलुकमा उनी, गलैचा, तयारी पोसाक, मुसुरोको दाल, चाउचाउ, हस्तकलाका सामाग्री, अलैची लगायत निर्यात भएका छन् । यस्तै, यो अवधीमा अर्बौ रुपैयाँको फलाम तथा स्टील, पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टस, इलेक्ट्रोनिक्स सामानसुन, चाँदी, रसायनिक मल, हवाइजहाज तथा तनिका पार्टस, सिमेन्टको क्लिन्कर, तयारी पोसाक र अन्न तथा खाद्यन्य आयात भएको छ ।

यो अवधीमा नेपालले ७६ अर्ब ९० करोडको फलाम तथा स्टील्स, ८७ अर्ब ३१ करोडको पेट्रोलियम पदार्थ, ६३ अर्ब ३० करोड वरावरको यातायातका साधन तथा पार्टस र २९ अर्ब ४७ करोड रुपैयाँको इलेक्ट्रोनिक्स सामान आयात भएको छ । यस्तै, यो अवधीमा १९ अर्ब २५ करोडको सुन, ६ अर्ब ७० करोडको चाँदी, ६ अर्ब ५२ करोडको रसायनिक मल, १७ अर्ब ७० करोडको हवाइजहाज तथा तीनका पार्टसको आयात भएको छ ।

यस्तै, यो अवधीमा २९ अर्ब ४२ करोडको अन्न, १४ अर्ब ६१ करोडको सिमेन्टको क्लिन्कर,,९ अर्ब ८७ करोडको तयारी पोसाक आयात भएको छ । भारत, चीन, अमेरिका, फ्रान्स, इन्डोनेसिया, थाइल्याण्ड लगायतका मुलुकवाट नेपालले यी वस्तु तथा सेवाको आयात गर्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप