शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग

शुक्रबार, ०८ साउन २०८३, १६ : ०८
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
  • आत्मदाह प्रयासपछि वीर अस्पतालमा उपचारका क्रममा गणेश नेपालीको मृत्यु भएको थियो ।
  • सभापति थापाले स्वर्गीय नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग गरेका छन्। सभापति थापाले शुक्रबार नेपालीको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेका हुन्।

सभापति थापाले स्वर्गीय नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर शान्तिको कामना गरेका छन्। साथै उनले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। 

मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा गत असारमा वीर अस्पतालमा मृत्यु भएको थियो।

काठमाडाैँ महानगर प्रहरीसँगकाे विवादपछि उनले आत्दाह प्रयास गरेका थिए।

 

753204385_1571219837846177_135281667502930926_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप