दृष्टिविहीन गोप्य मतदान गर्नबाट वञ्चित हुनुपर्ने
म्याग्दी, २७ वैशाख । स्थानीय तहको निर्वाचनमा गोप्य मतदानबाट वञ्चित हुनुपर्ने अवस्था आएकोमा म्याग्दीका दृष्टिविहीनले गुनासो गरेका छन् । दृष्टिविहीनका लागि मतदाता शिक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्न मङ्गलबार बेनीमा आयोजित एक कार्यक्रममा उनीहरुले निर्वाचनमा मतपत्रमा रहेका चुनाव चिह्नमा छाप लगाएर मतदान गर्ने निर्वाचन प्रक्रिया दृष्टिविहीनमैत्री नभएको बताए । नेपाल नेत्रहीन सङ्घका केन्द्रीय सदस्य खोमराज शर्माले स्थानीय तहमा निर्वाचन आयोगले अवलम्बन गरेको मतपत्रमा छाप लगाएर मतदान गर्ने निर्वाचनको विधिका कारण दृष्टिविहीनले आफ्नो मत आफँैले गोप्य रुपमा हाल्ने अवस्था नगरेको बताए । “विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गर्ने व्यवस्था भए दृष्टिविहीनले समेत आफ्नो मत आफैँ हाल्न सक्थे, अहिले नजिकको आफन्त वा मतदान अधिकृतमार्फत आफ्नो मत जाहेर गर्नुपर्छ, अरुमार्फत मत हाल्दा गोप्य भनिएको मतदान दृष्टिविहीनका लागि पहुँच बाहिर जस्तै भएको छ,”–उनले भने । अन्य व्यक्तिले निर्वाचनमा भोट हाल्दा गोप्य हुने भए पनि दृष्टिविहीनको मतदान भने नजिकको आफन्त वा मतदान अधिकृतले थाहा पाउने भएकाले त्यस्तो किसिमको मतदानले दृष्टिविहीनलाई गोप्य मतदान गर्ने अधिकारबाट वञ्चितमा पारेको दृष्टिविहीन सन्ध्या छन्त्यालले बताउँछिन् । छन्त्यालले अहिले विद्युतीय भोटिङ मेसिनको निर्वाचन विधि नभए पनि दृष्टिविहीन भएका व्यक्तिले सक्रियरुपमा स्थानीय निर्वाचनमा मतदान गर्ने जानकारी दिए । कार्यक्रममा निर्वाचन आयोगमार्फत दृष्टिविहीनका लागि मतदाता शिक्षासम्बन्धी तालिम लिएर फर्कनुभएका नेपाल नेत्रहीन सङ्घका केन्द्रीय सदस्य खोमराज शर्मा, दृष्टिविहीन सन्ध्या छन्त्यालसहित अपाङ्ग सङ्घ म्याग्दीका अध्यक्ष गोपाल केसीले दृष्टिविहीन भएका व्यक्तिलाई स्थानीय तह निर्वाचनमा योग्य उम्मेदवारलाई आफ्नो भोट दिएर मतदान गर्न उत्प्रेरित गरेका थिए । घरपरिवारको बेवास्ता र मतदाता परिचयपत्र बनाउने सूचनाको अभावका कारण जिल्लाका कतिपय दृष्टिविहीन व्यक्ति मतदाता परिचयपत्र बनाउन नसकेकाले मतदान गर्नबाट वञ्चितमा परेको भन्दै आगामी दिनमा सम्बन्धित सरोकारवालालाई सो सवालमा ध्यानकर्षण गराउनेमा समेत सहभागीले जोड दिएका छन् ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण