रुपन्देहीमा चाउचाउ उद्योग सञ्चालनमा
रुपन्देही, २७ वैशाख । रुपन्देही तिलोत्तमा नगरपालिकास्थित मधौलियमा यशोदा फुड्स प्रालि उद्योगले चाउचाउ र चिजबल्स उत्पादन सुरु गरेको छ ।
दक्षिण एसीयाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य राष्ट्रमा व्यापार विस्तार गर्ने योजनासहित अगाडी बढेको सो उद्योगबाट लाली, करेन्ट, जुप्पी नामक चाउचाउ उत्पादन भइरहेको जनाएको छ । रु एक अर्ब लगानीमा सञ्चालित उक्त उद्योगबाट आठ घन्टामा १० टन चाउचाउ उत्पादन हुने गरेको दाबी उद्योग सञ्चालक चुन्नुप्रसाद पोडेलले जानकारी दिए ।
सोे उद्योगमा प्रत्यक्ष रुपमा ३५० जना र अप्रत्यक्ष रुपमा एक हजार २२५ जनाले रोजगारी पाएका छन् । स्वदेशी तथा भारत, चीन र सिङ्गापुरबाट कच्चा पदार्थ मगाएर चाउचाउ उत्पादन थालिएको सो उद्योगले जनाएको छ ।
सोना प्योकिजन इन्डस्ट्रिज, सोना पोलिमर्स, श्रीराम टोबाको उद्योग प्रालि र त्रिमुर्ती इन्डस्ट्रिज प्रालि (करेन्ट मसला) स्थापना गरिसकेको सो प्रतिष्ठानबाट उत्पादित चाउचाउ सार्क राष्ट्रसहित खाडीमुलुकमा समेत निर्यात गर्ने जनाएको छ । उद्योगी चुन्न पौडेल, कमल पालपानी र ऋषि भण्डारीको संयुक्त लगानीमा सो उद्योग स्थापना भएका हुन् ।
नेपालमा अहिलेसम्म १४ वटा चाउचाउ उद्योग स्थापना भएका छन् । तीमध्ये सात वटा उद्योग मात्र सञ्चालनमा छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण