वीरगञ्जमा दुई दिने भारतीय शैक्षिक मेला आयोजना
बुधबार, २७ वैशाख २०७४, १७ : १५
वीरगंज,वैशाख २७– नेपाली विद्यार्थीलाई भारतीय कलेजहरुमा अध्ययन अध्यापनबारे जानकारी दिन बीरगञ्जमा बृहत भारतीय शैक्षिक मेला आयोजना हुने भएको छ ।
आर्यन एजुकेशन फाउण्डेशनको आयोजनामा वीरगंजको होटल भिषुवामा वैशाख २८ र २९ गते दुई दिने शैक्षिक मेला आयोजना गरीने फाउण्डेशनका निर्देशक सुदिप कुमार नायकले बताए ।
भारतीय दुतावासले नेपाली विद्यार्थीलाई प्रदान गर्ने छात्रबृत्ति, अध्ययन गर्ने विषय, उत्कृष्ट भारतीय कलेज तथा विश्वविद्यालयहरुको बारेमा २० ओटा भारतीय सरकारी तथा निजी विश्वविद्यालय र कलेजहरुले अभिभावक तथा विद्यार्थीलाई मेलामा सुचना प्रदान गर्ने बताईएको छ ।
मेलामा भारतका उत्कृष्ट मानिएका आदित्य ग्रुप अफ इन्स्टीच्युसन, अमृतसर ग्रुप अफ इन्स्टीच्युसन, जैन युनिभर्सिटी, सोना कलेज अफ टेक्नोलोजि लगाएतका २० वटा सरकारी तथा निजी कलेज र विश्वविद्यालयको सहभागिता हुने छ ।
काठमाडौ सहित नेपालका प्रमुख शहरहरुमा मेलाको आयोजना गर्ने क्रममा पर्सा, बारा र रौतहटका विद्यार्थी तथा अभिभावकलाई केन्द्रित गरेर वीरगंजमा मेला आयोजना गर्न लागिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण