शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

रुकुममा प्रहरीको लाठीचार्ज

बुधबार, २७ वैशाख २०७४, १७ : १७
बुधबार, २७ वैशाख २०७४
रकुम, बैशाख २७ – रुकुममा नेपाली कांग्रेसको चुनावीसभा विथोल्ने वाइसीएलको प्रयास असफल भएको छ । वाइसीएलले जिल्लाका दुई ठाउँमा भइरहेका कांग्रेसका चुनावी सभामा आक्रमणको प्रयास गरेको कांग्रेसले जनाएको छ । सानोभेरी गाउँपालिका १ बलिबाङ र बाँफिकोट गाउँपालिकाको नेटाबजारमा नेपाली कांग्रेसको चुनावी सभालाई बिथोल्न माओवादी केन्द्रको भातृसंगठन वाइसीएलका कार्यकर्ताले आक्रमणको प्रयास गरेको जिल्लाका प्रहरी प्रमुख अंगुर जिसीले जानकारी दिए । ‘चुनावीसभामा वाइसीएले ढुङ्गामुढा गर्न खोजेपछि लाठीचार्ज गरेर वाइसीएललाई धपायौं, प्रनाउ जिसीले भने अप्रिय घटना हुनपाएन ।’ चुनावी सभामा ढुङगामुढा गर्नथालेपछि सम्झाउन गएको प्रहरीको लाठिसमेत वाइसीएलले खोस्न थालेपछि लाठीचार्ज गर्नुपरेको प्रहरीले जनाएको छ । कांग्रेस कार्यकर्ताले माओवादी केन्द्रको चुनावीसभा विथोल्ने प्रयास गरेपछि वाइसीएलले त्यसको बदलामा बुधबार आक्रमणको प्रयास गरेको प्रहरीले बताएको छ । सानोभेरी गाउँपालिका १ पूर्तिमकाडाँमा माओवादी केन्द्रको चुनावीसभा भइरहेकोबेला सयौ संख्यामा रहेका कांग्रेस कार्यकर्ताले मार्चपास गरेपछि झडप सुरु भएको थियो । दुवैपक्ष विच भएको झडप नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै दुई राउण्ड हवाईफायर समेत गरेको थियो । केहिदिन यता कांग्रेस र माओवादी केन्द्रविच विभिन्न स्थानमा झडप हुन थालेपछि प्रहरीले उच्चसर्तकता अपनाएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप