अस्ट्रेलियामा रहेका नेपालीले गरे मिर्गौला पीडितलाई आर्थिक सहयोग
बिहीबार, २८ वैशाख २०७४, ०९ : २७
सुरुङ्गा झापा - दुवै मिर्गौलाले काम गर्न छाडेर थलिएका झापाको भद्रपुर नगरपालिका–८ निवासी प्रमिन कोइरालालाई अस्ट्रेलियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् ।
कोइरालाको उपचारका लागि भद्रपुर घर भई हाल अस्ट्रेलिया बस्दै आएका नेपालीले रु एक लाख ३७ हजार आर्थिक सहयोग गरेका हुन् । विगत १० वर्षयता मिर्गौला रोगबाट पीडित बनेका ३३ वर्षीय कोइरालालाई रमेश पोखरेलको अगुवाइमा रकम सङ्कलन गरेर उनको परिवारलाई बुधबार हस्तान्तरण गरिएको छ ।
पत्रकार उपचार कोषलाई सहयोग :
यसैगरी, समाजसेवी डिल्ली प्रसाईंले पत्रकार सहारा उपचार कोषका लागि रु २५ हजार १६५ रुपैयाँ सहयोग गरका छन् । बिर्तामोड नगरपालिका–५ महानन्द चौक निवासी प्रसाईंले बुधबार उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे ।
नेपाल पत्रकार महासङ्घ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष रु एक करोडको बनाउने लक्ष्य लिएको छ ।
कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको महासङ्घका सहसचिव एवम् कोषका सचिव केशव भट्टराईले बताए । प्रसाईंले आफ्नो तर्फबाट केही समयभित्रै कोषमा थप रकम प्रदान गरेर रु ५१ हजार पुर्याईदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण