शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

पराजयका वावजुद रियल च्याम्पियन्स लिगको फाइनलमा

बिहीबार, २८ वैशाख २०७४, ०९ : २७
बिहीबार, २८ वैशाख २०७४

म्याड्रिड, वैशाख २८ – चिरप्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडसँग दोस्रो लेगमा पराजित भएपनि डिफेन्डिङ च्याम्पियन समग्रमा जित निकाल्दै च्याम्पियन्स लिगको फाइलनमा प्रवेश गरेको छ ।

पहिलो लेगमा ३–० को अग्रता बनाएको रियल एथ्लेटिकोको घरेलु मैदानमा भएको दोस्रो लेगमा २–१ ले पराजित भएपनि समग्रमा ४–२ को जीत निकाल्दै लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो ।

खेलमा एथ्लेटिकोले उत्कृष्ट शुरुवात गर्दै १६ मिनेट भित्र दुई गोल गरेको थियो । साउन नुयेजले हेड मार्फत र एन्टोनी ग्रिजमानले पेनाल्टीबाट गोल गर्दै एथ्लेटिकोलाई खेलमा फर्कने आशा दिलाएका थिए ।

तर, खेलको पहिलो हाफ सकिन लाग्दा टोनी क्रुसको प्रहारको रिबाउन्डमा इस्कोले गोल गरेपछि एथ्लेटिकोको आशा लगभग समाप्त भएको थियो ।

इस्कोको गोलपछि एथ्लेटिकोलाई थप तीन गोलको आवश्यकता परेको थियो ।

खेलको दोस्रो हाफमा रियलका गोल किपर केलर नाभासले एथ्लेटिकोका धेरै प्रयास विफल बनाएका थिए । केभिन गामेरियोले दुईवटा सुन्दर अवसर पनि गुमाए ।

जुन ३ मा कार्डिफमा हुने फाइनलमा जिनेदिन जिदानको टोली लगातार च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो टोली बन्ने प्रयास गर्नेछ ।

रियल म्याड्रिड युरोपियन कपको फाइनलमा पुगेको यो किर्तिमानी १५ औँ पटक हो ।

पछिल्ला १४ युरोपिन फाइनलमध्ये रियलले ११ वटा जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप