साउथह्याम्पटनलाई हराउँदै शीर्ष चारमा रहने आर्सनलका आशा जिवितै
बिहीबार, २८ वैशाख २०७४, ०९ : ४२
लण्डन, वैशाख २८ – साउथ ह्याम्पटनलाई पराजित गर्दै आर्सनलले शीर्ष चारमा रहने आशा जिवितै राखेको छ ।
खेलको दोस्रो हाफमा एलेक्सिस सान्चेज र ओलिभर जिरुले गोल गरेपछि आर्सनल २–० ले विजयी बनेको हो ।
निरिह पहिलो हाफ पछि चिलियन खेलाडी सान्चेजले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई जना डिफेन्डरलाई छलाएर गोल गरे ।
त्यसपछि सब्सटिच्युड जिरुले अर्को गोल गर्दै आर्सनलको जित सहज बनाए ।
खेल अवधिभर साउथह्याम्पटनले विरलै आर्सनलको पोष्टमा आक्रमण गरेको थियो ।
जितसँगै आर्सनल म्यान्चेस्टर युनाइटेडलाई उछिन्दै पाँचौ स्थानमा पुगेको छ । चौँथो स्थानमा रहेको म्यान्चेस्टर सिटीभन्दा ३ अंकले पछि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण