शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

आँधीले पर्खाल खस्दा विवाह समारोहमा २५ जनाको मृत्यु

बिहीबार, २८ वैशाख २०७४, १० : ०६
बिहीबार, २८ वैशाख २०७४

भरतपुर, वैशाख २८ – राजस्थानको भरतपुरमा बुधबार राती १० बजे आँधीका कारण एक विवाह समारोहमा पर्खाल खस्दा २५ जनाको मृत्यु भएको छ ।

घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् । खाना खाइरहेको बेला पर्खाल ढलेको बताइएको छ ।

मृतकमा आठ महिला, पाँच बालबालिका रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । विवाह समारोहमा ८ सयभन्दा बढी उपस्थित थिए ।

हतहातीको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

करोडीलला सैनीकी छोरी अन्जुको विवाह गर्न धमेन्द्र सैनी भरतपुर पुगेका थिए ।

राती करिब १० बजे भिष्ण आँधी र पानी पर्न थाल्यो ।  त्यति बेला पाहुनाहरु अन्नपूर्ण विवाह गृहमा खाना खाइरहेका थिए ।

खानाको स्टल लागेको ठाउँको पर्खाल खसेर उनीहरुको मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार पर्खालमा अडेस लागेर बसिरहेका धेरै जना पुरिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप