शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

६ तस्बीरमा हेर्नुहोस, चुनाव प्रचारमा प्रधानमन्त्री

बिहीबार, २८ वैशाख २०७४, १० : २८
बिहीबार, २८ वैशाख २०७४
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन नेपालको निर्वाचनको इतिहासमा पहिलो ऐतिहासिक घटना भएको बताएका छन्  । नेकपा (माओवादी केन्द्र) शङ्खरापुर नगर समितिले साँखुमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन २० वर्षपछि हुन लागेको भनी भइरहेको प्रचारप्रसार गलत भएको बताए । ‘यसअघि विसं २०५४ मा भएको निर्वाचन स्थानीय निकायको हो, अहिले हुन लागेको चुनाव सिंहदरबारको अधिकार गाउँपालिका र नगरपालिकामा पुर्याउने एक युगमा एकपटक हुने घटना हो’ – उनले भने । माओवादीका नगर प्रमुख उम्मेदवार कृष्णराज सुवेदीले शङ्खरापुर नगरपालिकाको विकास र समृद्धिको मुद्दा लिएर आफूले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप