सिन्धुपाल्चोक : जिप दुर्घटनामा १२ घाइते
बिहीबार, २८ वैशाख २०७४, १० : ४६
चौतारा, २८ वैशाख । चुनाव प्रचारमा गएको राप्रपा कार्यकर्ता सवार बा १६ च ५२७१ नंको जिप सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बुधबार बेलुका भएको सो दुर्घटनामा ६ जनालाई उपचारका लागि राजधानी लगिएकोमा चारजना डिस्चार्ज भएको र अन्य दुईजना त्रिविवि शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले बताए । दुर्घटनामा पाँचपोखरी थाङपाल गाउँपालिका–८ निवासी दलित महिला सदस्य उम्मेदवार अम्बिका परियार र ७० वर्षीय नर्वे तामाङ पनि घाइते भएको प्रहरीले जनाएको छ ।
रासस –––––––
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण