स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा उच्च सुरक्षा सतर्कता
बनेपा, २८ वैशाख । स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, म्यादी प्रहरी परिचालन गरेर तीन तहको सुरक्षा घेरा निर्माण भएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद शिङ्खडाले जानकारी दिए ।
उनका अनुसार अग्रभागमा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा निर्वाचनस्थलबाट अलि टाढाको दूरीमा नेपाली सेना रहनेछ । “सबै क्षेत्र नै संवेदनशील छन्, खासगरी विप्लव समूहको निर्वाचन विरोधी गतिविधिलाई कडा निगरानी गरेका छौँ”, प्रजिअ शिङखडाले भने ।
उहाँले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आशङ्कामा विप्लव नेतृत्वका पाँचजनालाई पक्राउ गरिएको उल्लेख गर्दै अन्य कार्यकर्तामाथि पनि निगरानी भइरहेको बताए । जिल्लामा नेपाल प्रहरीको एक हजार १००, सशस्त्र प्रहरीको करिब ५५०, म्यादी प्रहरी करिब एक हजार ७६, नेपाली सेनालगायत सुरक्षा निकायलाई परिचालन गरिएको छ । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र निर्वाचनमा सहभागी भएका सबै कर्मचारीको सुरक्षाका लागि पनि सोही अनुसारको सुरक्षा व्यवस्था अवलम्बन गरिएको छ ।
सरकारले पहिलो चरणअन्तर्गत आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्दै छ
। रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण