आज चुनावी प्रचार अन्तिम : प्रचण्ड, देउवा र ओली चितवनका सभामा
काठमाडौ, बैशाख २८– चुनावी मिति नजिकिएसँगै प्रमुख दलका शीर्ष नेताको व्यस्तता पनि त्यतिकै बढेको छ । पहिलो चरण बैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारहरुले सार्वजनिक रुपमा प्रचार प्रसार र मत माग्ने अन्तिम दिनपनि आजै भएकाले मुलकुका अधिकांश क्षेत्रमा सवैजसो राजनीतिक दलहरुले चुनावी कार्यक्रम राखेका छन् । ति कार्यक्रमहरुमा सकेसम्म र भ्याएसम्म शीर्ष नेताहरु समेत सहभागि भएर मतदातालाई सम्बोधन गर्ने तयारी दलहरुले गरेका छन् । यसैक्रममा आज एकै दिन प्रमुख दलका शीर्ष नेता चितवनमा हुने कार्यक्रममा सहभागि हुने भएका छन् । बिहीबार ११ बजेपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली आ–आफ्ना पार्टीले आयोजना गरेका चुनावी सभालाई सम्बोधन गर्न चितवन जाने भएका हुन् । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले बिहीबार कांग्रेस–माओवादीले भरतपुरमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्नेछन् । त्यसका लागि देउवा र प्रचण्ड ११ बजे चितवन जाने कार्यक्रम रहेको छ । चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीको चुनावी समिकरण छ । चितवनको कार्यक्रमपछि प्रचण्डले काठमाडौका दुइ सभालाई पनि आजै सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै देउवा भरतपुरको कार्यक्रम सकेर लमजुङको सुन्दर बजार र काठमाडौको असन, बुढानिलकण्ठ लगायतका स्थानमा हुने चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै एमाले अध्यक्ष केपी ओली पनि आज चितवनमा हुने कार्यक्रमका लागि त्यसतर्फ जादैछन् । एमाले चितवनले भरतपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन ओली केही बेरमा त्यसतर्फ लाग्ने ओली निकट नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण