डिआइजी नवराज सिलवालको मुद्दा आज पनि सुनुवाई भएन
काठमाडौं, बैशाख– डिआईजी नवराज सिलवालले प्रकाश अर्याललाई आईजिपी बनाउने सरकारको निर्णय बदर गरेर आफूलाई आईजिपी बनाउन माग गर्दै दायर गरेको टिर उपर आज पनि सुनुवाई नहुने भएको छ ।
२०७३ चैत २८ गते सरकारले प्रकाश आर्याललाई आईजिपी नियुक्त गरेसँगै सिलवालले दायर गरेको रिटको साप्ताहिक पेशी बिहीबार तोकिएको भएपनि सर्वोच्च अदालत आफैंले स्थगित गरेको हो ।
यसअघि जयबहादुर चन्दलाई सरकारले प्रहरी महानिरीक्षक नियुक्त गर्दा पनि अदालत पुगेका सिलवाल लाई नै आईजिपी बनाउन सर्वोच्च अदातलको वृहत पुर्ण ईजलाशले परमादेश दिएको थियो ।
सर्वोच्चले त्यस्तो परमादेश दिएपनि कार्य सम्पादन मुल्यांकनको आधारमा प्रकाश अर्याल अगाडी देखिएको भन्दै सरकारले अर्याललाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।
अदालतमा मुद्दा विचाराधिन रहेकै बेला डिआईजी सिलवाल पक्राउ पर्नेदेखि प्रधान न्यायाधिश विरुद्ध महाअभियोग दर्ता हुनेसम्मको घटना विकसित भएसँगै सिलवालको मुद्दा करिव ओझेलमा परेको छ ।
महाभियोग दर्ता भएपनि अदालतको आदेशले पुन पदमा फर्किएकी प्रधान न्यायाधिश कार्कीले बिहीबार सिलवाल मुद्धा अगाडी बढाउने अनुमान गरिएपनि पेशी स्थगीत भएसँगै यो मुद्धा ओझेलमा परेको बताईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण