उम्मेदवारी फिर्ता नलिएपछि बस्यालको घरमा बम !
बिहीबार, २८ वैशाख २०७४, ११ : २८
हुसेन अन्सारी
परासी, बैशाख २८ – नवलपरासीको कावासोती नगरपालिकास्थित माओबादी केन्द्रका मेयर पदका उम्मेदवार डासीराम बस्याललाई ५ दिन अगाडी विप्लव समुहद्धारा उम्मेदवारी फिर्ता लिन चेतावनीयुक्त पत्र आएको थियो । तर, उम्मेदवार बस्यालले आफनो उम्मेदवारी कायम राखेपछि अचानक आज उनको घरमा सकेट बम फेला पर्यो ।
आज विहान ६ घरका एक सदस्यले घरको आँगनमा बिस्फोटक पदार्थ देखेपछि तुरुन्त प्रहरीलाई खबर गरेका थिए । उम्मेदवार बस्यालको घरमा गएराती आज्ञात समुहद्धारा राखिएको उक्त विष्फोटक पदार्थ सकेट बम रहेको प्रहरीले प्रमाणित गर्दै नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरायो ।
उम्मेदवार बस्यालसहित जिल्लाका विभिन्न माओबादी केन्द्र र अन्य राजनतिक दलका उम्मेदवाहरुलाई ५ दिन अगाडी नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समुहद्धारा उम्मेदवारी फिर्ता लिने भन्ने विषयमा एकपत्र आएको थियो । तर, कुनै उम्मेदवारले पनि आफनो उम्मेदवारी फिर्ता लिएनन् । घरमा बम फेला परेपछि बस्यालले त्रसित हुनु स्वभाविक भएको भन्दै यो अपराधिक क्रियाक्लाप विप्लव समुहकै हुनुपर्ने शंका गरेका छन् ।
उनले आफनो र घरपरिवार समेतको सुरक्षाका लागि प्रशासनसंग सुरक्षा व्यवस्था माग समेत गरेका छन् । यसअघि मंगलवार राती मध्यविन्दु नगरपालिकाका एमाले मेयर उम्मदेवार भिमलाल अधिकारीको घरबाहिर गेटमा विष्फोटक पदार्थ भेटीएको थियो ।
चुनावलाई धाँधली र विथोल्न प्रयासमा जुटेको विप्ववका ४ जना कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिईसकेको जनाएको छ । अझैपनि जिल्लामा संकास्पद तथा अपराधिक व्यक्तिहरुको खोजी कार्य जारीरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण