शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

सकियो प्रियंकाको ‘कथा काठमाण्डु’

बिहीबार, २८ वैशाख २०७४, ११ : ३२
बिहीबार, २८ वैशाख २०७४
काठमाडौं, बैशाख २८ – चलचित्र ‘कथा काठमाण्डु’को छायाँकन सकिएको छ । भीजे संगीता श्रेष्ठ चलचित्र ‘कथा काठमाण्डु’ मार्फत निर्देशनमा डेब्यु गरेकी छन् । २३ दिनमै चलचित्रको छायाँकन सकिएको हो । मंगलबारबाट चलचित्रको सम्पूर्ण छायांकन सकिएको निर्देशक श्रेष्ठले बताइन् । प्रियंका कार्की, आयुष्मान देसराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरी लगायत कलाकारको अभिनय रहेको चलचित्र आहाना फिल्मस्को ब्यानरमा विजय राइको लगानीमा निर्माण भएको हो । तीन पाँच बिच तीन कनेक्सको बिषयलाई लिएर चलचित्र बनाएको छ । गायिका इन्दिरा जोशीले समेत चलचित्रमा बिषेश भुमिका निर्बाह गरेकी छन् । प्रदर्शन मिति तय गर्न बाँकी रहेको चलचित्र छिट्टै सम्पादन सकिने बताइएको छ । चलचित्र भित्र ३ वटा कथा छ । तर, तिनै वटा कथाका पात्रको कनेक्शन एक अर्कासँग रहेको निर्देशक श्रेष्ठले बताइन् । नेपाली चलचित्रमा पहिलो पटक यस्तो कथा बुनिएको निर्देशक श्रेष्ठको भनाई रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप