शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

चुनावी चटारोः एकै जहाजमा चितवन गए प्रचण्ड र देउवा

बिहीबार, २८ वैशाख २०७४, १२ : १९
बिहीबार, २८ वैशाख २०७४
काठमाडौं, बैशाख २८– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा एउटै जहाज चढेर चितवनको चुनावीसभामा गएका छन् । चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ र सोहि कार्यक्रममा सहभागि हुन प्रचण्ड र देउवा एकै जहाजमा चितवन पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले आज कांग्रेस–माओवादीले संयुक्र रुपमा भरतपुरमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्नेछन् । त्यस्तै एमाले अध्यक्ष केपी ओली पनि आज चितवनमा हुने कार्यक्रमका लागि त्यसतर्फ जादैछन् । एमाले चितवनले भरतपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन ओली केही बेरमा त्यसतर्फ लाग्ने ओली निकट नेताहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप