शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौंबाट दोलखा जाँदै गरेका ५१ युवा प्रहरी नियन्त्रणमा

बिहीबार, २८ वैशाख २०७४, १२ : ४५
बिहीबार, २८ वैशाख २०७४

दोलखा, बैशाख २८ – स्थानीय निर्वाचनमा असर गर्नेगरी काठमाडौंबाट दोलखा जाँदै गरेका ५१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वुधवार राती करिब १० बजे ठुलो संख्यामा दोलखा जाँदै गरेको समुहलाई लामोसाँघु–जिरी सड्क खण्डबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

पक्राउ परेका युबाहरु एउटा यात्रुवाहक बस, एक स्कारपियो र ९ वटा मोटरसाईल लिएर दोलाखा जाँदै थिए । प्रहरीले उनिहरुले प्रयोग गरेको सवारी साधान समेत नियन्त्रणमा लिएको छ । बाहिरी जिल्लाका मान्छेलाई निर्वाचन प्रभावित पार्नेगरी दोलखा छिर्न नदिने नीतिअनुसार उनिहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

गएको मंगलबार राती गौरिशंकर गाउपालिका–२ जुगुमा माओवादी कार्यकर्ताको आक्रमणमा परेर एमाले कार्यकर्ता कुल बहादुर तामाङको मृत्यु भएसँगै प्रहरीले दोलखामा उच्च शुरक्षा सतर्कता अपनाएको छ । बुधवार प्रहरी कार्यलयले अञ्चल प्रहरी कार्यालय, केन्द्रिय अनुसन्धान ब्युरो र प्रहरी प्रधान कार्यालयबाट दुई एसएसपी सहितको छुट्टाछुट्टै टोली घटनास्थलमा पठाएको थियो । पक्राउ परेका हरु कुन दलसँग आवद्ध छन् भन्नेबारे खुल्न नसेकेको र थप अनुुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप