सामसुङ ‘८’ र ‘८ प्लस’ पोखरामा
काठमाडौं, वैशाख २८–सामसुङ मोबाइलको बहुप्रतिक्षित मोडल ‘सामसुङ ८’ र सामसुङ ‘८ प्लस’ पोखरामा सार्वजनिक भएको छ । आकारिक बिक्रेता वल्र्ड वाइल्ड कनेक्सनले वल्र्ड भिजन मोबाइल हव चिप्लेढुंगा ओपन हाउस कम्प्लेसमा उक्त मोबाइल सार्वजनिक गरिएको हो ।
पहिलो ग्राहक विष्णुबहादुर थापालाई वल्ड वाइड कनेक्सनका प्रवन्ध निर्देशक सुशिल कुमार गुरुङले मोबाइल हस्तान्तरण गरी सामसुङ ८ र सामसुङ ८ प्लसको बिक्री शुभारम्भ गरेका हुन् । सामसुङ ८ को मूल्य ८८ हजार ९ सय रुपैयाँ र सामसुङ ८ प्लसको मूल्य ९८ हजार ९ सय रुपैयाँ छ । सामसुङको सबैभन्दा महंगो र सबैभन्दा उत्कृष्ट ब्राण्डका रुपमा यो मोबाइल नेपालमा भित्रिएको हो । पोखरामा बिक्री शुभारम्भ हुनुभन्दा पहिले नै उक्त मोबाइल ७५ वटा बुकिङ भइसकेको गुरुङले जानकारी दिए ।
एस ८ को स्क्रिन ५.८ इन्च र एस ८ प्लसको स्क्रिन ६.२ इन्च छ । ‘दुवैमा सामसुङले इन्फिनिटी डिस्प्ले प्रयोग गरेको छ,’ उनले भने, ‘गोरिला ग्लास ५ को प्रयोगले दुवै स्मार्ट फोनको डिस्प्ले आकर्षक बनाएको छ ।’ पानी र धुलो नछिर्ने गरी तयार पारिएको उक्त मोबाइल यस क्षेत्रमा धेरैको रोजाइमा पर्ने गुरुङको विश्वास छ । एस ८ मा ३ हजार एमएएच र एस ८ प्लसमा ३ हजार ५ सय एमएएच व्याट्री प्रयोग गरिएको उनले बताए ।
अगाडिको क्यामरा ८ मेगापिक्सल र पछाडिको क्यामरा १२ मेगापिक्सलको रहेको कम्पनी सुपरभाइजर पूजा ज्वालाले जानकारी दिइन् । ४ जिवी ¥याम रहेको यो मोबाइलमा आन्तरिक मेमोरी ६४ जिबी छ । ‘दुवै फोनले हाइ डाइनामिक रेन्ड (एचडीआर) लाई सपोर्ट गर्छ,’ उनले भनिन्, ‘यसमा फोटो र भिडियोको गुणस्तर पनि धेरै राम्रो छ ।’ फिङगर प्रिन्टका साथै दुवै स्मार्टफोनलाई आँखा र अनुहारको माध्यमबाट लक अनलक गर्न सकिन्छ । यसमा एण्ड्रोइडको नयाँ भर्सन नगट प्रयोग गरिएको छ ।
नयाँ मोडलको यो मोबाइलको खरिदमा ८ महिनासम्मका लागि हरेक महिला एकएक जिवी एनसेलको डाटा प्याक निःशुल्क उपलब्ध गराइएको छ । खरिद गरेको मितिबाट ८ महिनासम्मका लागि बिमाको सुविधा उपलब्ध गराइएको छ । बिमाका लागि सामसुङले शिखर इन्स्योरेन्स कम्पनीसँग साझेदारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण