सेञ्चुरी बैंकको नाफा ३१ करोड
बिहीबार, २८ वैशाख २०७४, १३ : ३५
काठमाडौं, वैशाख २८–चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधीमा सेञ्चुरी बैंकले ३१ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधीको तुलनामा करिव ८ करोड वढी हो ।
बैंकले गत आवको चैतसम्म २३ करोड २४ लाख रुपैयाँ नाफा गरेको थियो । खुद व्याज आम्दानीमा भएको वृद्धिले नाफा वढेको बैंकले जनाएको छ । यो अवधीमा बैंकले ७७ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको चेत सम्म यस्तो आम्दानी ६१ करोड ८५ लाख रुपैयाँ थियो ।
बैंकले यो अवधीमा आइपुग्दा ३३ अर्ब १४ करोड निक्षेप परिचालन तथा ३० अर्ब ६ करोड ऋण लगानी गरेको छ । बैंकको चुक्ता पुँजी तीन अर्ब ६८ करोड छ । यो बैंक सवैभन्दा कान्छो वाणिज्य बैंक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण