खानेकुरा दिएर बालिकालाई जबर्जस्ती गर्ने दुई वृद्ध पक्राउ
नुवाकोट, २८ वैशाख । सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा नुवाकोट प्रहरीले दुई वृद्धलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विदुर नगरपालिका वडा नं ४ बट्टार बजारका ६० वर्षका ढलकबहादुर डङ्गोल र ६५ वर्षका रामबहादुर खतिवडा रहेका छन् ।
उनीहरुले २०७२ सालदेखि बालिकालाई यौन शोषण र यौन दुव्र्यवहार गर्दै आएको भनी पीडित परिवारले दिएको उजुरीका आधारमा पक्राउ गरी जिल्ला अदालत, नुवाकोटमा जबर्जस्ती करणी अभियोगमा आज मुद्दा दर्ता गरी कारबाहीका लागि अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
पक्राउ परेका दुई वृद्धले बालिकालाई पैसा र खानेकुरा दिएर यौन दुव्र्यवहार गर्दै आएको र उक्त कुरा कसैलाई भनेमा ज्यान लिने धम्की दिएकाले लामो समयदेखि हुँदै आएको घटनाको तथ्य बाहिर आउन नसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । पीडित बालिका मानसिक रुपमासमेत कमजोर बन्दै गएको अभिभावकले बताएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण