शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

चितवन पुगेर देउवाले मागे माओवादीलाई भोट !

बिहीबार, २८ वैशाख २०७४, १४ : ४७
बिहीबार, २८ वैशाख २०७४
चितवन, बैशाख २८– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकर्ताहरुलाई कसैको भड्काउमा नलाग्न निर्देशन दिएका छन् । चितवनको भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा कांग्रेस र माओवादीको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले पोखरामा माओवादीले कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने भएकाले भरतपुर महानगरपालिकामा कांग्रेसले माओवादी उम्मेदवारलाई सहयोग गर्नुपर्ने बताए । सभालाई सम्बोधन गर्दै देउवाले भने ‘ सहयोग दोहोरो हुन्छ, कही हामी सहयोग गर्छौ, कहि हामीलाई सहयोग हुन्छ, त्यसकारण तपाइँहरु कसैको भड्काउमा नलाग्नुस् ।’ भरतपुर महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति देउवा एउटै जहाज चढेर भरतपुर पुगेका थिए । चितवनको भरतपुर  महानगरपालिकामा  कांग्रेस माओवादी गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाल मेयरको उम्मेद्वार रहेकी छन् ।  यस्तै उपमेयरमा  कांग्रेसकी पार्वती शाह रहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप