शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

निर्वाचनमा खटिने सबैलाई सुरक्षाको प्रत्याभूति हुनुपर्छ – आयोगका सदस्य पाठक

बिहीबार, २८ वैशाख २०७४, १० : ४२
बिहीबार, २८ वैशाख २०७४

पोखरा, २८ वैशाख । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले निर्वाचनमा खटिने मतदान अधिकृत, मतदाता तथा स्वयम् उम्मेदवारहरुले सुरक्षाको प्रत्याभूति पाउनुपर्नेमा जोड दिएका छन् ।

स्थानीय तह निर्वाचनका लागि पश्चिमाञ्चलका जिल्लामा आयोगबाट पर्यवेक्षकका रुपमा खटिभएका पाठकले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासनसँग आग्रह गरे।

विभिन्न जिल्लाको निरीक्षणका क्रममा मतदाता शिक्षा प्रभावकारी हुन नसकेको आपूmले जानकारी पाएको उल्लेख गर्दै उनले मतदानकै दिन पनि मतदान केन्द्रमा वडामा रहेका महिला स्वयंसेविकालाई परिचालन गरी बदर मतको सङ्ख्या कम गर्न मतदाता शिक्षा सञ्चालन गर्न निर्वाचन आयोगले विशेष पहिल गरिनुपर्नेमा जोड दिए ।

उनले मतदाता शिक्षा कार्यक्रमलाई आयोगले नियमित कार्यक्रमअन्तर्गत राखी वर्षैभरि सञ्चालन गरिनुपर्ने धारणा राखे । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप