मोरङ व्यापार संघको अध्यक्षमा पवनकुमार सारडा
बिहीबार, २८ वैशाख २०७४, १७ : ३७
काठमाडौं, वैशाख २८–मोरङ व्यापार संघको बिहीबार सम्पन्न ३१ औं साधारणसभावाट पवनकुमार सारडा अध्यक्षमा चयन भएका छन् । सांसद समेत रहेका उनको अयक्षतामा निर्विरोध कार्यसमिति चयन भएको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश मुन्दडा, वाणिज्य क्षेत्रको उपाध्यक्षमा सुशीलकुमार जोशी, उद्योग क्षेत्रको उपाध्यक्षमा सुनिल टिवडेवाला, महासचिवमा नविन रिजाल, सचिवमा अनिलकुमार साह चयन भएका छन् । यस्तै, प्रवक्तामा विकास कुमार बेगवानी, कार्यसमिति सदस्यहरुमा अनुप राठी, अनिल सारडा, दिपेश सुवेदी, पवन राठी चयन भएको संघले जनाएको छ ।
यस्तै, सदस्यमा देवाशिष गोल्छा, ललित बोहरा, मुकेशकुमार राठी, पियुष तोदी, मनिष कुमार मारु, राजन श्रेष्ठ, सुनिलकुमार विड्ला र ओमप्रकाश श्रेष्ठ चयन भएका छन् । यस्तै, संघको सल्लाहकारमा निर्वतमान अध्यक्ष अविनाश बोहरा चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण