करेन्ट लागेर युवतीको मृत्यु
शुक्रबार, २९ वैशाख २०७४, १७ : ४२
सप्तरी, २९ वैशाख । सप्तरीको रुपनी गाउँपालिका– ८ मा आज करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।
आफ्नै घरको स्वीच बोर्डमा तार लगाउने क्रममा सोही ठाउँकी १८ वर्षीय गोमा कटुवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि सगरमाथा अञ्चल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।
राजपा नेपाल सप्तरीको अध्यक्ष मण्डलको संयोजकमा झा
यसैगरी राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीको अध्यक्ष मण्डलले सर्वसम्मतिबाट सुनिल झालाई चक्रिय प्रणालीद्वारा संयोजकमा चयन गरिएको छ ।
यहाँ सम्पन्न संयुक्त बैठकबाट झालाई चक्रिय प्रणालीको आधारमा संयोजकको जिम्मेवारी दिएको ६ वटा पार्टीको अध्यक्ष रामप्रित यादव, सुनिल झा, सतीश सिंह, जिवछ यादव, अमरनाथ मण्डल, हरेराम यादवद्वारा जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ । रासस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण