वैशाख ३१ गते सम्पन्न स्थानीय तह पहिलो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ ।
प्राप्त भएका नतिजाहरुको सूची:
मकवानपुरमा मिश्रित परिणाम
मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका सर्केस घलान तीन हजार २२१ मत ल्याई विजयी हुनुभएको छ ।
उपाध्यक्षमा नेकपा (एमाले)का धनमाया स्याङतान विजयी हुनुभएको छ ।
त्यसैगरी, बकैया गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका दामोदर खनाल चार हजार ५४४ मत तथा उपाध्यक्षमा एमालेकी सरला बोहोराले चार हजार ६६३ मतसहित विजयी हुनुभएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नंं २ मा नेकपा एमालेका हरिबहादुर रावत एक हजार ९७ मत ल्याई अध्यक्षमा विजयी हुनुभएको छ ।
दूधपोखरीमा छुपीमाया विजयी
लमजुङको दूधपोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसकी छुपीमाया गुरुङ निर्वाचित हुनुभएको छ ।
नेकपा (माओवादी केन्द्र)की सतीमाया तामाङलाई ६५७ मतले पछि पार्दै दुई हजार ४१३ मत ल्याएर गुरुङले जित हात पार्नुभएको हो । तामाङले एक हजार ७५६ मत ल्याउनुभएको थियो ।
यसैगरी उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै कमलप्रसाद धिताल विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेका धनबहादुर गुरुङलाई ४५० मत अन्तरले पराजित गर्दै धिताल विजयी हुनुभएको हो । धितालले दुई हजार ३७३ र गुरुङले एक हजार ९२३ मत ल्याउनुभएको थियो ।
दूधपोखरी गाउँपालिकाको वडा नं १ को अध्यक्षमा काँग्रेसका मानसिंह गुरुङ, २ मा काँग्रेसका गोविन्द दवाडी, ३ मा एमालेका तिलबहादुर गुरुङ र ४ मा काँग्रेसका धनप्रसाद गुरुङ, ५ मा काँग्रेसका सुरज गुरुङ र छ मा नेपाली काँग्रेसकै सीताराम गुरुङ विजयी भएका छन् ।
फलेवास नगरपालिकामा शर्मा विजयी
पर्वतको फलेवास नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का पदमपाणि शर्मा विजयी हुनुभएको छ ।
केहीबेरअघि सम्पन्न मतपरिणाम अनुसार शर्माले नेपाली काँग्रेसका उम्मेदवार गङ्गाधर तिवारीलाई ३४८ मतले पछि पार्दै विजयी हुनुभएको हो । शर्माले छ हजार १०३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गङ्गाधर तिवारीले पाँच हजार ७५५ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, उपप्रमुखमा एमालेकै मञ्जु अधिकारी विजयी हुनुभएको छ । उहाँले पाँच हजार ९५४ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रेखा गुरुङले पाँच हजार ६४९ मत प्राप्त गर्नुभएको छ ।
सल्यानमा तीन गाउँपालिका र ५७ वडाकोे नतिजा सार्वजनिक
सल्यानमा आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।
यो समाचार तयार पार्दासम्म तीन गाउँपालिका र ५३ वडाको मत परिणाम सार्वजनिक गरिएको छ ।
दार्मा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निमबहादुर केसी र उपाध्यक्षमा टीका वली शर्मा निर्वाचित हुनुभएको छ । केसीले अध्यक्षमा तीन हजार ६९४ मत र वलीले उपाध्यक्षमा ती हजार ६९५ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
यसैगरी, दार्मा गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका कविकुमार चन्द, २ मा माओवादी केन्द्रका डिल्ली केसी, ३ मा माओवादी केन्द्रका सेतीराम रोका, ४ मा माओवादी केन्द्रका चन्द्रबहादुर रावत, ५ मा माओवादी केन्द्रका दुर्गा मल्ल र ६ मा माओवादी केन्द्रका रामबहादुर केसी विजयी हुनुभएको छ ।
यसैगरी, ढोरचौर गाउँपालिका अध्यक्षमा एमालेका चित्रबहादुर चलाउने विजयी हुनुभएको छ । उहाँले एक हजार ९२५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरवीर चलाउनेले एक हजार ५४८ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेका पुष्पा बोहराले एक हजार ९४६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
ढोरचौर गाउँपालिका १ मा माओवादी केन्द्रका रामबहादुर बस्नेत, २ मा माओवादी केन्द्रकै रुद्रबहादुर वुढथोकी, ३ मा नेकपा ९एमाले०का शालिकराम बुढाथोकी र ५ मा नन्दलाल बोहरा विजयी हुनु भएको छ । वडा नं। ४ मा भने काँग्रेसका दिनेश बिएम र एमालेका देवेन्द्र रोकाले बराबरी मत प्राप्त गरेपछि गोलाप्रथा गरिएको हो र त्यसबाट काँग्रेसका दिनेश बिएम विजयी हुनुभएको छ ।
यसैगरी, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका मानबहादुर डाँगी दुई हजार ७६५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उपाध्यक्षमा काँग्रेसका करुणा खड्काले दुई हजार ६४५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
त्रिवेणी गाउँपालिका–१ मा नेकपा एमालेका छवि खत्री, २ मा नेपाली काँग्रेसका मेघराज खड्का, ३ मा काँग्रेसकै हुकमप्रसाद महतरा, ४ मा काँग्रेसकै छविराज शर्मा, ५ मा एमालेका डिल्लीबहादुर बोहरा र ६ मा काँग्रेसका मानबहादुर वली विजयी हुनुभएको छ ।
काठेखोला गाउँपालिकामा एमाले विजयी
जिल्लाको काठेखोला गाउँपालिकामा नेकपा (एमाले) विजयी बनेको छ ।
एमालेका तर्फबाट अम्मरबहादुर थापा छ हजार ६९८ मतसहित अध्यक्षमा र राष्ट्रिय जनमोर्चाका अर्जुन खत्री छ हजार ५३ मतसहित उपाध्यक्षमा विजयी बन्नुभएको हो ।
उक्त गाउँपालिकामा एमाले–राजमो संयुक्त गठबन्धन बनाएर चुनावमा होमिएका थिए । अध्यक्ष पदमा विजयी थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका होमबहादुर हमालले पाँच हजार २२१ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, उपाध्यक्षमा विजयी खत्रीका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका ज्ञानु शर्मा श्रीसले चार हजार ८३५ मत प्राप्त गर्नुभएको छ । आठवटा वडा रहेको यस गाउँपालिकाअन्तर्गत वडा १ मा काँग्रेसका खड्क थापा, २ मा एमालेका विद्यापति शर्मा, ३ मा एमालेकै याम श्रीस, ४ मा काँग्रेसका केशर थापा, ५ मा काँग्रेसका शिवप्रसाद कँडेल, ६ मा एमालेका युक्तप्रसाद कँडेल, ७ मा एमालेका प्रेम लामिछाने र ८ मा एमालेकै चित्रकला छन्त्याल अध्यक्ष पदमा विजयी हुनुभएको छ ।
खनियाबासमा काँग्रेस विजयी
धादिङको खनियाबास गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
प्राप्त मत परिणामअनुसार खनियाबास गाउँपालिकामा एक हजार ६४६ मतसहित काँग्रेसका रणबहादुर तामाङ अध्यक्षमा र एक हजार ६५५ मतसहित माया तामाङ उपाध्यक्षमा विजयी हुनुभएको हो ।
तामाङको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रदीप फ्युवाले ९७१ मत ल्याउनुभएको थियो भने उपाध्यक्षमा एमालेकै सुषमा तामाङले ९१७ मत ल्याउनुभएको थियो ।
छवटा वडा रहेको खनियाबासमा वडा नं १, २, ३ र ५ मा काँग्रेसका उम्मेदवार क्रमशः बुद्धि तामाङ, गणेश तामाङ, टेकबहादुर तामाङ र बुधराम तामाङ विजयी हुनुभएको छ भने वडा नं ४ मा एमालेका उम्मेदवार हरिसिंह गुरुङ विजयी हुनुभएको छ । रासस
सिमिकोटमा काँग्रेस, चोखेली र नाम्खामा माओवादी केन्द्र विजयी
हुम्लाको सिमिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका पदमबहादुर लामा एक हजार ३६५ मत ल्याएर विजयी भएका छन् ।
त्यसैगरी, उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार बली रावत एक हजार ३७५ मत ल्याएर निर्वाचित भएका छन् ।
चौखेली गाउँपालिकामा नेकपा माओवादी केन्द्रका धनलाल चौलागाईं एक हजार २२४ मतसहित अध्यक्षमा विजयी भएका छन् । उपाध्यक्षमा नेकपा (एमाले)का विमलाकुमारी शाही एक हजार २३ मतसहित विजयी भएकी छिन् ।
यसैगरी, नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर तामाङ ८३३ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार पोमा तामाङ ७०४ मतका साथ विजयी भएका छन् ।
पार्वतीकुण्डमा नयाँ शक्ति विजयी
पार्वतीकुण्ड गाउँपालिकाको अध्यक्षमा नयाँ शक्ति पार्टी नेपालका भुजुङ तामाङ विजयी हुनुभएको छ ।
उहाँले ९६४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार ल्हाक्पा गोम्बु तामाङले ६४३ मत प्राप्त गर्नुभयो ।
यस्तै उपाध्यक्षमा ६६५ मत प्राप्त गरी एमालेकी नवीना तामाङ विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नयाँ शक्तिका सङ्गीता तामाङले ६६३ मत प्राप्त गर्नुभयो ।
रसुवाको पाँच गाउँपालिकाको सबै मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ताराखोलामा माओवादी विजयी
ताराखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसहित सबै पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार ठूलो मतअन्तरका साथ विजयी भएका छन् ।
माओवादी केन्द्रका प्रकाश घर्तीमगर तीन हजार ३५० मतसहित अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डण्डपाणी कँडेलले ९५६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपाध्यक्षमा पनि तीन हजार ३१५ मत ल्याएर माओवादीकै दीलकुमारी रोका विजयी हुनुभयो । उहाँकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी चन्द्रकला पुनले ८४४ मत प्राप्त गर्नुभयो ।
ताराखोला गाउँपालिकाका पाँच वटै वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन् । वडा नं १ को अध्यक्षमा यामबहादुर श्रीस, २ मा भद्र घर्ती, ३ मा दिलबहादुर बस्नेत, ४ मा जितबहादुर खत्री र ५ मा रामबहादुर रोकासहित माओवादी केन्द्रको प्यानलनै विजयी बनेको हो ।
पनौती– ४ र ५ मा एमाले विजयी
पनौती नगरपालिका– ४ र ५ मा नेकपा (एमाले) विजयी भएको छ ।
सो नगरपालिका– ४ को वडाध्यक्षमा एमालेका बुद्धिसिंह थापा ९९४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कुमार हुमागाईंले ९६५ मत प्राप्त गर्नुभयो ।
सोही नगरपालिका– ५ को वडाध्यक्षमा एमालेकै श्रीधर पाध्य कुँइकेल ७९५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका श्रीराम थापाले ६३३ मत प्राप्त गर्नुभयो ।
यस्तै पनौती– ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका सुधीर सापकोटा ४६७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमप्रसाद आचार्यले ३५१ मत प्राप्त गर्नुभयो ।
पाँचखाल नगरपालिका– ७ को वडाध्यक्षमा एमालेका कृष्ण ढकाल ४१२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रामकृष्ण दङ्गालले ४०५ मत प्राप्त गर्नुभयो ।
यसैगरी मण्डन देउपुर नगरपालिका– ३ को वडाध्यक्षमा एमालेका दिलबहादुर तामाङ ६५१ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पुरुषोत्तम बजगाईंले ५३५ मत प्राप्त गर्नुभयो ।
सोही नगरपालिका– ४ को वडाध्यक्षमा एमालेकै भुवनप्रसाद बजगाईं ५३० मत ल्याई विजयी हुनभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रेवतीप्रसाद तिमल्सिना ले१९३ मत प्राप्त गर्नुभयो ।
लिसङ्खु पाखरमा एमाले विजयी
सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का कमलप्रसाद नेपाल दुई हजार ७६१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का राजु लामा तामाङले दुई हजार ७३१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेका हेमगङ्गा मोक्तानले दुई हजार ८५२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्व माओवादी केन्द्रका फुलम लामाले दुई हजार ४१७ मत प्राप्त गर्नुभयो ।
सो गाउँपालिकाको वडा नं १, ३, ४ र ७ मा माओवादी केन्द्रको पुरै समूह विजयी भएको छ । वडा नं २ र ६ मा एमाले तथा वडा नं ५ मा काँग्रेस पुरै समूहसहित विजयी भएको छ ।
बुलिङटारमा काँग्रेस विजयी
बुलिङटार गाउँपालिकाको अध्यक्षमा चार हजार ७०८ मत ल्याई काँग्रेसका शशीकरण बस्ताकोटी विजयी हुनुुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विद्रोही गरीले दुई हजार ५५० मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा काँग्रेसका मैना विक चार हजार ६५३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पार्वती थापाले दुई हजार ६१३ मत प्राप्त गर्नुभयो ।
यसअघि जिल्लाको हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकाको अध्यक्ष पदमा काँग्रेस विजयी भइससेको छ । एउटा गाउँपालिकाको उपाध्यक्षमा एमाले र तीनवटा गाउँपालिकाको उपाध्यक्ष पदमा काँग्रेस विजयी भएको छ ।
मेलम्ची– १० मा काँग्रेस विजयी
मेलम्ची नगरपालिका– १० मा नेपाली काँग्रेस विजयी भएको छ ।
नगरपालिकाको सो वडाको अध्यक्षमा काँग्रेसका भक्तबहादुर खड्काले ६५९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका टेकबहादुर तामाङले ५४५ मत प्राप्त गर्नुभएको छ । सो वडामा काँग्रेसका तीन जना र राप्रपाका एक जना वडा सदस्यमा विजयी भएका छन् ।
यसैगरी मेलम्ची नगरपालिकाको पछिल्लो मत परिणामअनुसार नगर प्रमुखमा नेकपा (एमाले)का डम्वर अर्यालले पाँच हजार ९९५ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका आइतमान तामाङले पाँच हजार ५०० मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का श्याम खड्काले दुई हजार ६०४ र राप्रपाका फणिन्द्र दाहालले दुई हजार ५७९ मत प्राप्त गर्नुभएको छ ।
यस्तै सो नगरपालिकाको नगर उपप्रमुखमा एमालेका भगवती नेपालले ६ हजार २३३, काँग्रेसका सविता गुरुङले पाँच हजार ३३२, राप्रपाका कुमारी तामाङले दुई हजार ७१२ र नेकपा (माओवादी केन्द्र)का मुनादेवी ढकालले दुई हजार १९० मत प्राप्त गर्नुभएको छ ।
बेनपाको प्रमुखमा काँग्रेसका श्रेष्ठ विजयी
म्याग्दीको बेनी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठले पाँच हजार ६७९ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रमोद श्रेष्ठले पाँच हजार ६३४ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा तीन हजार ९९५ मत प्राप्त गरेर राप्रपाकी सञ्जु बरुवाल विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपप्रमुखमा (माओवादी केन्द्र)की ज्योति लामिछाने पौडेलले तीन हजार ९६१ मत प्राप्त गर्नु भएको छ । १८ हजार ३४५ मतदाता रहेको बेनी नगरपालिकामा १३ हजार १२८ मत खसेको थियो । बेनपाको १० वटा वडामध्ये आठवटाको अध्यक्षमा एमाले, एउटामा काँग्रेस र एउटामा स्वतन्त्र उम्मेदवार निर्वाचित हनुभएको छ ।
एमालेका टेकबहादुर रावल वडा नं १ मा, हिराबहादुर थापा वडा नं २, गोविन्द पौडेल वडा नं ४, लक्ष्मण बानिया वडा नं ५ मा, कृष्णबहादुर बानिया वडा नं ६ मा, राजेन्द्र श्रेष्ठ वडा नं ७ मा, रामकृष्ण बराइली–८ मा, बेलबहादुर चोखाल ९ मा निर्वाचित हुनुभएको छ । बेनपा १० मा काँग्रेसका रिम रोका र ३ मा स्वतन्त्र उमेदवार पदम पुन वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
मेलम्ची नगरपालिका– १० मा नेपाली काँग्रेस विजयी भएको छ ।
नगरपालिकाको सो वडाको अध्यक्षमा काँग्रेसका भक्तबहादुर खड्काले ६५९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका टेकबहादुर तामाङले ५४५ मत प्राप्त गर्नुभएको छ । सो वडामा काँग्रेसका तीन जना र राप्रपाका एक जना वडा सदस्यमा विजयी भएका छन् ।
यसैगरी मेलम्ची नगरपालिकाको पछिल्लो मत परिणामअनुसार नगर प्रमुखमा नेकपा (एमाले)का डम्वर अर्यालले पाँच हजार ९९५ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका आइतमान तामाङले पाँच हजार ५०० मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का श्याम खड्काले दुई हजार ६०४ र राप्रपाका फणिन्द्र दाहालले दुई हजार ५७९ मत प्राप्त गर्नुभएको छ ।
यस्तै सो नगरपालिकाको नगर उपप्रमुखमा एमालेका भगवती नेपालले ६ हजार २३३, काँग्रेसका सविता गुरुङले पाँच हजार ३३२, राप्रपाका कुमारी तामाङले दुई हजार ७१२ र नेकपा (माओवादी केन्द्र)का मुनादेवी ढकालले दुई हजार १९० मत प्राप्त गर्नुभएको छ ।
काभ्रेपलाञ्चोकको खानीखोलामा एमाले विजयी
काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाको अध्यक्षमा कृष्णबहादुर खुलाल र उपाध्यक्षमा सोहि पार्टीका रुकमणी गुरुङ विजयी भएका छन् ।
खुलालले दुई हजार २३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटत्म प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ (छिन्ताङ) ले एक हजार ६४४ मत प्राप्त गरेका छन् ।
त्यस्तै गुरुङले दुई हजार १३० मत प्राप्त गरी उपाध्यक्षमा विजयी भएका हुन् । उहाँको निकटत्म प्रतिद्वन्दी नेपाली कांग्रेसकी तारादेवी आचार्यले एक हजार ५९६ मत प्राप्त गरेकी छन् ।
त्यस्तै सो गाउँपालिकाको वडाध्यक्षहरुमा वडा नं १ र ४ मा माओवादी केन्द्र, वडा नं. २, ३, ५ र ६ मा एमाले र वडा नं. ७ मा नेपाली काँग्रेसले विजयी भएका छन् ।
मालिका गाउँपालिकामा काँग्रेस विजयी
म्याग्दीको मालिका गाउँपालिकामा नेपाली काँग्रेसका श्रीप्रसाद रोका विजयी भएका छन् । एमालेका बेगप्रसाद गर्बुजालाई ८४ मत अन्तरले पराजित गर्दै रोका गाउँपालिका प्रमुखमा विजयी भएका हुन् । विजयी रोकाले २ हजार ७०६ मत ल्याएका थिए भने एमालेका गर्बूजाले २ हजार ६२२ मत प्राप्त गरे ।
नेपाल तरुण दल म्याग्दीका उपाध्यक्ष र मालिका गाउँपालिकाको अध्यक्ष समेत रहेका रोकाले विजयपछि संक्षिप्त प्रतिक्रिया दिदै गाउँपालिकालाई समृद्ध बनाउन चुनाबी प्रतिबद्धता पूरा गर्ने प्रतिबद्धता दिएका थिए ।
गाउँपालिकाको उपप्रमुखमा भने एमालेका खरमायाँ विटालुले २ हजार ६९१ मत ल्याएर विजयी हुएकी छन् । उनकी निकटम प्रतिद्धन्द्धी काँग्रेसका विमला रोकाले २ हजार ६६४ मत ल्याइन् । दोश्रो व्यापारिक केन्द्रको रुपमा परिचित दरबाङबजारमा केन्द्र रहेको मालिकामा १० हजार ६४४ मतदाता रहेको मालिका गाउँपालिकामा ७ हजार १३ मत खसेको थियो ।
७ वटा वडा रहेको मालिका गाउँपालिकामा एमाले तीन, काँगेस दुई तथा नेकपा माओवादी केन्द्र र स्वतन्त्र प्यानलले एक÷एक वटा वडाको अध्यक्षमा बिजयी भएका छन् ।
मालिका वडा नम्बर १ निस्कोटको अध्यक्षमा काँग्रेसका टंक पुन , वडा २ रुमको अध्यक्षमा एमालेका नरबहादुर पुन, वडा नम्बर ३ डाँडागाउको अध्यक्षमा एमालेका होमबहादुर पुन, वडा ४ ओखरबोटको वडा अध्यक्षमा माओवादी केन्द्रका दिलिप शेरचन, वडा नम्बर ५ देविस्थानको वडा अध्यक्षमा काँग्रेसकी पिपला बुढाथोकी, वडा ६ दरबाङको वडा अध्यक्षमा एमालेका सन्तनाथ जैसी र वडा नम्बर ७ बिमको वडा अध्यक्षमा स्वतन्त्र प्यानलका सुविन जुग्जाली बिजयी भएका छन् ।
दैलखको महबु गाउँपालिकामा एमाले
दैलखको महबु गाउँपालिकामा अध्यक्षमा जङ्गबहादुर शाही र उपाध्यक्षमा सोहि पार्टीका प्रेमकुमारी बुढा विजयी भएका छन् ।्
शाहीले दुई हजार ९२२ मत प्राप्त गरेका छन् भने शाहीका निकटत्म प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कर्णबहादुर शाहीले दुई हजार ९०० मत प्राप्त गरेका थिए ।
यसैगरी बुढाले तीन हजार ५०८ मत प्राप्त गरी उपाध्यक्ष विजय भएको छ । बुढाको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै मञ्जु पाण्डेले दुई हजार ८२७ मत प्राप्त गरें ।
काभ्रेपलाञ्चोकको खानीखोलामा एमाले विजयी
काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाको अध्यक्षमा कृष्णबहादुर खुलाल र उपाध्यक्षमा सोहि पार्टीका रुकमणी गुरुङ विजयी भएका छन् ।
खुलालले दुई हजार २३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटत्म प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ (छिन्ताङ) ले एक हजार ६४४ मत प्राप्त गरेका छन् ।
त्यस्तै गुरुङले दुई हजार १३० मत प्राप्त गरी उपाध्यक्षमा विजयी भएका हुन् । उहाँको निकटत्म प्रतिद्वन्दी नेपाली कांग्रेसकी तारादेवी आचार्यले एक हजार ५९६ मत प्राप्त गरेकी छन् ।
त्यस्तै सो गाउँपालिकाको वडाध्यक्षहरुमा वडा नं १ र ४ मा माओवादी केन्द्र, वडा नं. २, ३, ५ र ६ मा एमाले र वडा नं. ७ मा नेपाली काँग्रेसले विजयी भएका छन् ।
मालिका गाउँपालिकामा काँग्रेस निर्वाचित
म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका श्रीप्रसाद रोका निर्वाचित हुनुभएको छ ।
दुई हजार ७०६ मत ल्याएर रोका अध्यक्षमा निर्वाचित हुनुभएको हो । रोकाका प्रतिस्पर्धी नेकपा (एमाले)का बेगप्रसाद गर्बुजाले दुई हजार ६२२ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेकी खरमाया बिटालुले दुई हजार ६९१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
बिटालुकी प्रतिस्पर्धी नेपाली काँग्रेसकी विमला रोकाले दुई हजार ६६४ मत प्राप्त गर्नुभयो । वडा नं ७ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार रेशम जुक्जालीले ३६५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
जुक्जालीका प्रतिस्पर्धी एमालेका टुकलाल पुनले २९२ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यमा स्वतन्त्र प्यानलका चनदेवी पुन (३४५), सरु श्रीपाली (३४६), वुद्धिबहादुर जुक्जाली (३३७) र गोरखबहादुर जुक्जाली (३२३) मत ल्याएर निर्वाचित हुनुभएको छ । एक हजार १५२ मतदाता रहेको सो वडामा ७९७ मत खसेको थियो ।
मालिकाको वडा नं १ मा नेपाली काँग्रेसका टङ्क पुन, २ मा एमालेका नरबहादुर पुन, ३ नं मा एमालेका हेमबहादुर पुन, ४ नं मा (माओवादी केन्द्र)का दिलीप शेरचन, ५ नं मा काँग्रेसकी पिपला बुढाथोकी, ६ नं मा एमालेका सन्तनाथ जैसी निर्वाचित हुनुभएको छ ।
दश हजार ६४४ जना मतदाता रहेको मालिका गाउँपालिकामा सात हजार १४ मत खसेको थियो ।
नेमकिपाको तेस्रो जित भक्तपुरमा
भक्तपुर नगरपालिका–३ मा नेपाल मजदुर किसान पार्टीले वडा अध्यक्षसहित विजय हासिल गरेको छ । वडा अध्यक्षका उम्मेदवार राजकृष्ण गोरा एक हजार ६६९ मतसहित विजयी हुनुभएको हो ।
उहाँका प्रतिद्वन्दी नेपाली काँग्रेसका ओमप्रकाश भुजुले एक हजार १४० मत पाउनु भएको छ । यस्तै एमालेका रामरत्न सिलाकारले ५५८ मत प्राप्त गर्नुभएको छ ।
महिला सदस्य सुनिता प्रजापति, सदस्यमा कृष्णगोपाल चगुठी र राजकुमार शिल्पकार विजयी हुनुभएको छ ।
मकवानपुर तीनवटा गाउँपालिकामा मतगणना सम्पन्न
मकवानपुरको आठ गाउँपालिकामध्ये हालसम्म तीनवटामा मतगणना कार्य सम्पन्न भएको छ ।
कैलाश गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का टङ्कबहादुर मोक्तान दुई हजार ८०२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका लोकबहादुर मोक्तानले दुई हजार ३५९ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा एमालेकै शुकुमाया थिङले दुई हजार ८०० मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका मीरा राउतले दुई हजार ४२५ मत प्राप्त गर्नुभयो ।
यसैगरी इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा एमालेका जीवन गोलेले तीन हजार २०४ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विश्व लामाले दुई हजार २७३ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा एमालेका उमाकुमारी लामाले तीन हजार १९० मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका लक्ष्मी डङ्गोलले दुई हजार ८१ मत प्राप्त गर्नुभयो । । इन्द्रसरोवर–१ मा काँग्रेस तथा बाँकी चारवटै वडामा एमाले पुरै समूहसहित विजयी भएको छ ।
इन्द्रसरोवर–१ को वडाध्यक्षमा काँग्रेसका जमानसिंह वाइवा ७६४ मत ल्याई विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका झमकलाल बलामीले ३६२ मत प्राप्त गर्नुभयो । वडा नं २ को वडाध्यक्षमा एमालेका राजुमान महर्जन ५५१ मत ल्याई विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुमन श्रेष्ठले ४५४ मत प्राप्त गर्नुभयो ।
यस्तै वडा नं ३ को वडाध्यक्षमा एमालेका चिरञ्जीवी पौडेल ९७९ मत ल्याई विजयी हुनुभयो । उहााँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजकुमार भ्लोनले ६४९ मत प्राप्त गर्नुभयो । वडा नं ४ को वडाध्यक्षमा एमालेका धनवीर स्यान्तानले ६९९ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हरिकुमार लामाले १६० मत प्राप्त गर्नुभयो ।
यस्तै वडा नं ५ को वडाध्यक्षमा एमालेका धनराज महर्जन ५२८ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजन लामाले ४२२ मत प्राप्त गर्नुभयो ।
यसैगरी मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा एमालेका विदुर हुमागाईं तीन हजार ८१४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दोर्जे लामाले तीन हजार ६५२ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा एमालेकै हर्कमाया रुम्बा तीन हजार ७१७ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका मन्दिरा केसीले तीन हजार ७०७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले जानकारी दिनुभयो ।
तातोपानीमा माओवादी, कनकासुन्दरी र पातारासीमा काँग्रेस विजयी
तातोपानी गाउँपालिकाको अध्यक्षमा नेकपा ९माओवादी केन्द्र०का नवराज न्यौपाने र उपाध्यक्षमा सोही पार्टीकै गङ्गादेवी उपाध्याय विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृत नोखबहादुर बस्यालकाअनुसार न्यौपानेले दुई हजार ३९१ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का सुरतबहादुर शाहीले दुई हजार २५ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा माओवादी केन्द्रका उपाध्यायले एक हजार ९६२ मत ल्याई विजयी हुनुभयो । उहाँका प्रत्याशी एमालेका नारायणी चौलागाईंले एक हजार ९०६ मत प्राप्त गर्नुभयो ।
कनकासुन्दरी र पातारसीमा काँग्रेस विजयी
यसैगरी कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका नरवीर रावत र उपाध्यक्षमा काँग्रेसकै उर्मिला भण्डारी विजयी हुनुभएको छ ।
रावतले दुई हजार ११३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका राजजङ्ग हमालले एक हजार ८४४ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा भण्डारीले एक हजार ९४१ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका मिमसरा राना रावतले एक हजार ४३१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत तुमनाथ उप्रेतीले जानकारी दिनुभयो ।
यसैगरी पातारासी गाउँपालिका अध्यक्षमा काँग्रेसका लक्षिमन बोहोरा र उपाध्यक्षमा सोही पार्टीका पुन्नकली महतारा विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृत जगत बस्नेतकाअनुसार बोहोराले दुई हजार ३११ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गौरीशङ्कर बुढाले एक हजार ९३० मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा महताराले दुई हजार २५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जनमाया रोकायाले एक हजार ८५५ मत प्राप्त गर्नुभयो ।
तिलामा अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी
तिला गाउँपालिकाको अध्यक्षमा एमालेका रतननाथ योगी एक हजार ७६८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जङ्गबहादुर बस्नेतले एक हजार ७४४ मत प्राप्त गर्नुभयो ।
निर्वाचन अधिकृत माधवप्रसाद पौडेलकाअनुसार उपाध्यक्षमा माओवादी केन्द्रका विष्णु बुढाले एक हजार ७७४ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णुकली रावतले एक हजार ६१६ मत प्राप्त गर्नुभयो ।
अहिलेसम्म जुम्लामा मतपरिणाम सार्वजनिक भएका सात स्थानीय तहमा अध्यक्ष पदमा काँग्रेस र माओवादी केन्द्र तीन÷तीन वटामा तथा एमाले एउटामा विजयी भएको छ भने उपाध्यक्ष पदमा माओवादी केन्द्र चार, काँग्रेस दुई र एमाले एउटामा विजयी भएको जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
बनेपा ५, ६, ७ मा एमाले विजयी
काभ्रेको बनेपा नगरपालिका वडा नं ५, ६ र ७ मा एमालेका उम्मेदवार विजयी भएका छन् ।
बनेपा नगरपालिका वडा नं– ५ को वडाध्यक्षमा एमालेका बलराम अधिकारी ११६० मत ल्याइ विजयी हुनुभएको छ भने वडा नं– ६ मा एमालेकै सतितानन्द केसीले ५७७ मतले विजयी भएको छ । यसैगरी वडा नं ७ मा एमालेकै वर्ण शाक्य ८४९ मत प्राप्त गरी विजयी हुनुभएको छ । रासस
काठमाडौँका नगरपालिकामा काँग्रेस र एमालेको अग्रता
काठमाडौको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेसले अग्रता लिएको छ ।
नगरपालिकाको वडा नं एकको मतगणना सकिँदा वडा अध्यक्ष र सदस्यमा नेकपा (एमाले) ले जितेको छ । वडाको पदाधिकारी एमाले जित्दा पनि प्रमुख र उपप्रमुखमा काँग्रेस अगाडि रहेको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काँग्रेसका प्रमुख उम्मेदवार उपेन्द्र कार्कीले एक हजार २८४, एमालेका कृष्णहरि थापाले एक हजार ९४, नेकपा (माओवादी केन्द्र) का महेश्वर फुयाँलले ६९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले ७६ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपप्रमुखमा काँग्रेसकी अनिता अधिकारीले एक हजार ३४६, एमालेकी विन्दु सिम्खडाले एक हजार १८५, माओवादीकी रुकु रणपालले ५१९ र राप्रपाकी कुस्मा नगरकोटीले ८८ मत पाउनुभएको छ ।
वडा नं एकका अध्यक्षमा एमालेका मुकुन्द गजुरेलले एक हजार सात मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका श्रीकृष्ण थापाले ९६७ मत ल्याउनुभयो । यसैगरी सदस्यमा पनि एमालेको समूहले जितेको छ । विजयी हुनुभएका सदस्यमा दलबहादुर तामाङ, बलराम खड्का, महिलामा रमा ढकाल र दलित महिलामा कविता सुनार हुनुहुन्छ ।
यसैगरी नागार्जुन नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले अग्रता कायम राख्नुभएको छ । बस्नेतले दुई हजार ४०३ मत प्राप्त गर्नुभएको छ भने नेकपा –एमालेका कृष्णहरि खत्रीले दुई हजार ६३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सुर्दशन लामिछानले जानकारी गराउनुभयो ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव थापाले एक हजार २२० मत, नेकपा (माओवादी केन्द्र)का कुमार तामाङले ७६७ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपप्रमुखमा काँग्रेसका कल्याणी खड्काले दुई हजार १३९, एमालेका सुशीला अधिकारीले दुई हजार ३१८ र (माओवादी केन्द्र)का उपप्रमुख कमार तामाङले ७३१ मत प्राप्त गर्नुभएको छ ।
कीर्तिपुर नगरपालिकामा कुल १० वटा वडा कायम गरिएको छ । सो नगरपालिका प्रमुख पदमा नेकपा एमालेका रमेश महर्जनले एक हजार ७५१ मतका प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ ।
सोही पदमा नेपाली काँग्रेसका उम्मेदवार राजकुमार नकर्मी एकहजार ५९३ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हिराबहादुर महर्जन ८०५ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।
उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार सरस्वती खडका एक हजार ७०१ मतका साथ पहिलो स्थानमा, नेपाली काँग्रेसका विमला विष्ट एक हजार ४२८ मतका साथ दोस्रो तथा नेकपा (माओवादी केन्द्र)का सुशीला बस्नेत ७४९ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।
कुल मतदाता २८ हजार १०३ रहेको कीर्तिपुर नगरपालिकामा २३ हजार ६३३ मत खसेको थियो । जम्मा ५२ पदका लागि भएको निर्वाचनमा २६४ जना उम्मेदवारको प्रतिस्पर्धा छ ।
चन्द्रागिरि नगरपालिका प्रमुखको मतगणनामा हालसम्म नेपाली काँग्रेसका घनश्याम गिरीले चार हजार ८५२ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रल्हाद कार्कीले दुई हजार ३७८ मत प्राप्त गर्नुभएको छ । हालसम्म उपप्रमुखमा काँग्रेसका इन्द्रावती श्रेष्ठले तीन हजार ७१८, एमालेका लीसा नकर्मीले दुई हजार ९२२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिनुभयो ।
कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो । नगरपालिकामा १५ वडा रहेकामा अहिले ४ र ५ वडाको मतगणना सम्पन्न भइसकेको छ ।
त्यस्तै दक्षिणकाली नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का शशी शर्माले ३४२२ मत प्राप्त गरी अग्रता लिइरहनुभएको छ भने उहाँलाई नेपाली काँग्रेसका मोहन बस्नेतले ३१५८ मत प्राप्त गरी पछ्याइरहनुभएको छ । नेकपा (माओवादी केन्द्र) का सञ्जीव लामा १५२४ मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभएको निर्वाचन अधिकृत प्रतिमा भट्टराई पोखरेलले जानकारी दिनुभयो ।
दक्षिणकाली नगरपालिकाको उपप्रमुखमा पनि एमालेका मीरा महर्जनले ३४७६, काँग्रेसका उम्मेदवार वसन्ती तामाङले ३२१६ र नेकपा (माओवादी केन्द्र)का कमला शर्माले ११६२ मत प्राप्त गर्नुभएको उहाँले बताउनुभयो ।
दक्षिणकाली नगरपालिकाको हालसम्मको सम्पन्न भएको वडाको मतगणनाअुनसार वडा नं– १ मा एमालेका जय थापामगर, दुईमा काँग्रेसका रामचन्द्र क्षेत्री, ३ मा एमालेको नानीबाबु महर्जन, वडा नं– ४ मा काँग्रेसका पुष्कर खड्का, ५ मा काँग्रेसका श्यामबहादुर खत्री र ६ मा एमालेका शङ्करमान महर्जन विजयी हुनुभएको छ ।
मेलम्ची– ६, ७ र ८ मा एमाले, ९ मा काँग्रेस विजयी
मेलम्ची नगरपालिका– ६, ७ र ८ मा नेकपा (एमाले) विजयी भएको छ भने सोही नगरपालिकाको वडा नं– ९ मा नेपाली काँग्रेस विजयी भएको छ ।
नगरपालिकाको वडा नं– ६ को वडाध्यक्षमा एमालेका जितराज थापाले ८०४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका प्रेम तामाङले ६२५ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी सोही नगरपालिकाको वडा नं ७ को वडाध्यक्षमा एमालेका ज्ञानु श्रेष्ठले एकम हजार ९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका ज्यानबहादुर तामाङले ७२२ मत प्राप्त गर्नुभयो ।
सो नगरपालिकाको वडा नं– ८ को वडाध्यक्षमा एमालेका छङ्कराज गिरीले ३६४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जितबहादुर दोङले ३२७ मत प्राप्त गर्नुभयो ।
यस्तै सो नगरपालिकाको वडा नं– ९ को वडाध्यक्षमा काँग्रेसका कमलबहादुर खड्काले ९२८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका ठाकुरप्रसाद कुँइकेलले ६५८ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी मेलम्ची नगरपालिकाको पछिल्लो मत परिणामअनुसार नगर प्रमुखमा नेकपा (एमाले)का डम्वर अर्यालले पाँच हजार ५५५ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका आइतमान तामाङले चार हजार ९४२ मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का श्याम खड्काले दुई हजार ३२२, राप्रपाका फणिन्द्र दाहालले दुई हजार एक मत प्राप्त प्राप्त गर्नुभएको छ ।
यस्तै सो नगरपालिकाको नगर उपप्रमुखमा एमालेका भगवती नेपालले पाँच हजार ७४७, काँग्रेसका सविता गुरुङले चार हजार ७१९, राप्रपाका कुमारी तामाङले दुई हजार १६५ र नेकपा (माओवादी केन्द्र)का मुनादेवी ढकालले एक हजार ९९८ मत प्राप्त गर्नुभएको छ ।
कास्कीको माछापुच्छ«े गाउँपालिकामा एमाले विजयी
कास्कीको माछापुच्छ«े गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का कर्णबहादुर गुरुङ पाँच हजार ८०७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्वन्दी नेपाली काँग्रेसका खुसीमान गुरुङले चार हजार ६०१ मत ल्याउनुभएको थियो ।
गाउँपालिकाको उपाध्यक्षमा एमालेकै कृष्णकुमारी पौडेल दवाडी पाँच हजार ४७९ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी टेकनसुब्बा गुरुङले चार हजार ४७३ मत प्राप्त गर्नुभएको थियो ।
गाउँपालिकाको वडा नं ३ देखि ९ सम्मको पूरै समूह एमालेले जितेको छ । जसमा वडा नं– ३,४,५,६,७,८ र ९ को वडाध्यक्षमा क्रमशः सूर्यप्रसाद लम्साल, पूर्णबहादुर शाही, जुमबहादुर गुरुङ, हरिश्चन्द्र ढुङ्गाना, सोमबहादुर गुरुङ, कृष्ण दवाडी र दुर्गाबहादुर क्षेत्री निर्वाचित हुनुभएको छ ।
वडा नं १ कौ पूरै समूह नेपाली काँग्रेसले जितेको छ । जसको वडाध्यक्षमा वीरेन्द्र गुरुङ विजयी हुनुुभएको छ । त्यस्तै वडा नं २ को वडाध्यक्षमा एमालेका विक्रम गुरुङ र महिला सदस्य र दलित सदस्यमा एमाले तथा दुई खुल्ला सदस्यमा नेपाली काँग्रेस विजयी भएको छ ।
नौ वडा रहेको यस गाउँपालिकामा १६ हजार ३०१ मतदाता रहेकामा १२ हजार ३१३ मत खसेको निर्वाचन अधिकृत गङ्गाप्रसाद पौडेलले जानकारी दिनुभयो ।
अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले विजयी
कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका युवराज कँुंवर चार हजार ६७२ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम् प्रतिद्धन्दी नेकपा (एमाले)का विष्णुबहादुर केसीले चार हजार ४०८ मत पाउनुभएको थियो ।
त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा एमालेकी सगुन गुरुङले चार हजार ५८६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी खिमकुमारी गुरुङले चार हजार ४६९ मत पाउनुभएको छ । एघार वडा भएको सो गाउँपालिकामा १५ हजार ५६९ मतदाता रहेकोमा ११ हजार ४५० मत खसेको थियो ।
शङ्करापुरको सातवटा वडाको मतपरिणाम सार्वजनिक
काठमाडौँको शङ्करापुर नगरपालिकाको सातवटा वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
शङ्करापुर– १, २ र ५ मा नेकपा (एमाले), वडा नं– ३ मा नेकपा (माओवादी केन्द्र), वडा नं– ४ मा नेपाली काँग्रेस तथा वडा नं– ६ र वडा नं– ७ मा राप्रपा विजयी भएको छ ।
निर्वाचन अधिकृत भुवनेश्वर पौडेलकाअनुसार शङ्करापुर– १ मा एमालेका श्याममणि ढुङ्गाना, २ मा जीवन लामा र वडा नं– ५ मा शेरगम्भीर थापा विजयी हुनुभएको छ ।
यस्तै वडा नं– ३ मा माओवादी केन्द्रका सन्तबहादुर तामाङ, वडा नं– ४ मा काँग्रेसका बुद्धिबहादुर लामा, वडा नं– ६ मा राप्रपाका राधाकृष्ण श्रेष्ठ र ७ मा राप्रपाकै विष्णुप्रसाद श्रेष्ठ वडाध्यक्षमा विजयी हुनुभएको छ ।
यसैगरी शङ्करापुर नगरप्रमुखमा एमालेका सुवर्ण श्रेष्ठले तीन हजार २८४, काँग्रेसका शङ्कर तिवारीले दुई हजार १५९, राप्रपाका मीजेन्द्रकाजी श्रेष्ठले दुई हजार १५३ र माओवादी केन्द्रका कृष्णराज सुवेदीले दुई हजार ३० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पौडेलले बताउनुभयो । कुल १७ हजार मतदाता रहेको शङ्खरापुरमा १४ हजार ७७६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
नौकुण्डमा काँग्रेस विजयी
नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नुर्पु साङ्वो दुई हजार ३०१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकप (एमाले)का म्लाङदुङ मोक्तानले एक हजार ७१७ मत प्राप्त गर्नुभयो । सो गाउँपालिकाको उपाध्यक्षमा एमालेका सिर्जना तामाङले एक हजार ६०९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नयाँ शक्ति पार्टी नेपालका युटी लमिनीले एक हजार ५२६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत अशोकराज रेग्मीले जानकारी दिनुभयो ।
रसुवाका पाँचवटा गाउँपालिकामध्ये पार्वतीकुण्डको मात्र मतपरिणाम आउन बाँकी छ ।
काठमाडौँ महानगर– १ मा एमाले विजयी
काठमाडौँ महानगरपालिका– १ को वडाध्यक्षमा नेकपा एमालेका भरतलाल श्रेष्ठ एक हजार ३५ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भोला थापाले ६३९ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा एमालेकी रसला तण्डुकारले ८९१, दलित महिला सदस्यमा एमालेकै मीना सुनुवारले ७९६ ल्याई विजयी हुनुभयो ।
यस्तै खुल्ला सदस्यमा एमालेका अशोक श्रेष्ठले ६५४ र काँग्रेसका राजकुमार श्रेष्ठले ६८१ मत ल्याई विजयी हुनुभयो । सो वडामा कुल दुई हजार ३३१ मत खसेको थियो भने ५९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा नेपाली काँग्रेस विजयी
काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका प्रेम तिमल्सिनाले ३८६८मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेम लामाले २७४१ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा काँग्रेसकै सरिता लामिछाने९लामा० ले ३८५२ मत प्राप्त गरी विजयी हासिल गर्नुभएको छ ।उहाँको निकटम प्रतिद्वन्द्वी एमालेका उन्नती केसीले २८४१ मत प्राप्त गर्नुभएको छ ।
डाँडापारिको खानीखोला गाउँपालिकाको मतगणना कार्य सम्पन्न भएको जनाए पनि सञ्चारको पहुँच नभएका कारण प्राप्त मत परिणाम आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
रोशी गाउँपालिकाको ५ नं– वडा सिसाखानीमा नेकपा (माओवादी केन्द्र)को समूह नै विजयी भएका छन् ।
माओवादीका तीर्थबहादुर लामाले २८४ मत प्राप्त गर्नुभएको छ भने निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका धावा लामाले २०९ मत प्राप्त गर्नुभएको छ ।
माओवादीकोे तर्फबाट महिला सदस्य निशा लामा, दलित महिला सदस्य मैया विक, सदस्य लालसिं लामा र सञ्च लमिनी विजयी भएका छन् ।
चिङगाड गाउँपालिकामा काँग्रेस विजयी
सुर्खेत, चिङगाड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवबहादुर चन्द दुई हजार ९४९ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का बखतबहादुर खत्रीले दुई हजार ३८५ र नेकपा (माओवादी केन्द्र)का बोधविक्रम जिसीले एक हजार ७२१ मत प्राप्त गर्नुभयो ।
सो गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकै मनमाया आचार्य दुई ८७७ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी एमालेकी दीपाकुमारी रानाले दुई हजार ४१४ तथा माओवादी केन्द्रकी तेजकुमारी रानाले एक हजार ५१९ मत प्राप्त गर्नुभयो ।
सल्यानमा तीन गाउँपालिका र ५३ वडाकोे नतिजा सार्वजनिक
सल्यान-स्थानीय तहको निर्वाचनमा आज बिहानसम्म तीन गाउँपालिका र ५३ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
प्राप्त मतपरिणाम अनुसार दार्मा गाउँपालिकाको अध्यक्षमा (नेकपा माओवादी केन्द्र)का निमबहादुर केसी र उपाध्यक्षमा टीका वली शर्मा निर्वाचित हुनुभएको छ । केसीले अध्यक्षमा तीन हजार ६९४ मत र वलीले उपाध्यक्षमा तीन हजार ६९५ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
नेकपा एमाले र नेपाली काँग्रेसबीच समिकरण गरिए पनि (माओवादी केन्द्र) विजयी भएको हो । यसैगरी दार्मा गाउँपालिका– १ को वडाअध्यक्षमा एमालेका कविकुमार चन्द विजयी हुनुभएको छ भने वडा नं– २,३,४,५ र ६मा क्रमशः माओवादीका डिल्ली केसी, सेतीराम रोका, चन्द्रबहादुर रावत, दुर्गा मल्ल र रामबहादुर केसी विजयी हुनुभएको छ ।
यसैगरी ढोरचौर गाउँपालिकाको अध्यक्षमा एमालेका चित्रबहादुर चलाउने विजयी हुनुभएको छ । उहाँले एक हजार ९२५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्धन्द्वी माओवादीका नरवीर चलाउनेले एक हजार ५४८ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपाध्यक्षमा एमालेका पुष्पा बोहराले एक हजार ९४६ मत प्राप्त गरी विजयी हुनुभएको छ । ढोरचौर गाउँपालिका– १ र २ को वडाध्यक्षमा माओवादीका क्रमशः रामबहादुर बस्नेत र रुद्रबहादुर बुढाथोकी वडा नं– ३ मा एमालेका शालिकराम बुढाथोकी र वडा नं– ५ मा नन्दलाल बोहरा विजयी हुनुभएको छ । वडा नं– ४ मा काँग्रेसका दिनेश बिएम र एमालेका देवेन्द्र रोकाले बराबरी मतप्राप्त गरेपछि गोलाप्रथा मार्फत काँग्रेसमा दिनेश बिएम विजयी हुनुभएको हो ।
यसैगरी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका मानबहादुर डाँगी दुई हजार ७६५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लोकेन्द्र सिंह खड्काले दुई हजार ३१७ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा काँग्रेसकै करुणा खड्काले दुई हजार ६४५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पवित्रा केसीले दुई हजार ३७७ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी बागचौर नगरपालिका– १ मा काँग्रेसका नेत्रबहादुर डाँगी, वडा नं– २ मा एमालेका घनश्याम शर्मा, वडा नं– ३ मा (माओवादीका टीकाराम खत्री, वडा नं– ४ मा माओवादीका प्रेमबहादुर पुन, वडा नं– ५ मा माओवादीका डिल्लीबहादुर वली, १२ मा माओवादीका दीपक वली, वडा नं ११ मा मोहन खड्का, वडा नं– १० मा कृष्णबहादुर खड्का विजयी हुनुभएको छ ।
यसैगरी शारदा नगरपालिका वडा नं– १ मा एमालेका नवराज बुढाथोकी, वडा नं– २ मा टोपबहादुर थापा र वडा नं.– ३ मा केशवसिंह बुढाथोकी विजयी हुनुभएको छ । यस्तै वडा नं– ४ मा काँग्रेसका सुधन विष्ट, वडा नं– ५ मा प्रदिप शाही, वडा नं– ६ मा भिखराज बुढाथोकी विजयी हुनुभएको छ । शारदा नगरपालिकामा मङ्गलबार बेलुकादेखि रोकिएको मतगणना यो समाचार तयार पार्दासम्म सुरु हुन सकेको छ्रैन मत गणनाका क्रममा ५४ मत नपुगेपछि एमाले, माओवादी केन्द्र र राप्रपाले पुनः मतगणनाको माग रोखेकाले अहिलेसम्म सुरु हुन नसकेको हो ।
वनगाड कुपिण्डे नगरपालिकामा वडा नं– १ मा एमालेका शान्तकुमार यरी, वडा नं– १२ मा गोविन्द डाँगी विजयी हुनुभएको छ । यस्तै वडा नं– २ मा माओवादीका प्रतिमल रोकाय विजयी हुनुभएको छ । वडा नं– ११ मा नेकपा माओवादी केन्द्रका वीरबहादुर बुढा, वडा नं– ३ मा माओवादी केन्द्रकै टेकबहादुर पुन विजयी हुनुभएको छ ।
कपुरकोट गाउँपालिका वडा नं– १ मा माओवादीका बालाराम खड्का र वडा नं– २ मा मानबहादुर राना विजयी हुनुभएको छ । यस्तै वडा नं– ३ मा काँग्रेसका मीनबहादुर सेन विजयी हुनुभएको छ । वडा नं– ४ एमालेका हरिलाल पुन विजयी हुनुभएको छ ।
छत्रेश्वरी गाउँपालिकामा वडा नं– १ मा काँग्रेसका नेवबहादुर शाह, वडा नं– २ माओवादी केन्द्रका प्रेमबहादुर खड्का विजयी हुनुभएको छ । वडा नं– ३ मा एमालेका राजबहादुर बुढाथोकी विजयी हुनुभएको छ । वडा नं– ४ मा एमालेका नेवबहादुर खड्का र वडा नं– ५ मा एमालेकै लीलाधर घर्ती विजयी हुनुभएको छ ।
यसैगरी कालीमाटी गाउँपालिका वडा नं– ७ मा काँग्रेसका नैनसिंह राना, वडा नं– ६ मा माओवादीका टेकबहादुर थापा पुलामी, वडा नं– ५ मा एमालेका चन्द्रबहादुर गाह विजयी हुनुभएको छ । यस्तै वडा नं ४ मा एमालेका बेलबहादुर चन्द, वडा नं– ३ मा एमालेका वीरबहादुर वली विजयी हुनुभएको छ ।
पर्वतको पैंयूँ गाउँपालिकामा काँग्रेसका तिवारी विजयी
फलेवास (पर्वत), ३ जेठ । स्थानीय तहको निर्वाचनअन्तर्गत दक्षिण पर्वतको पैंयूँ गाउँपालिकामा नेपाली काँग्रेस नेता खगेन्द्र तिवारी अध्यक्षमा विजयी हुनुभएको छ ।
हिजो रातिअबेर सम्पन्न मतगणनामा नेपाली काँग्रेसका खगेन्द्रप्रसाद तिवारीले ९७७ मतले विजयी हुनुभएको हो । तिवारीले तीन हजार ४३१ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मित्रलाल बस्यालले दुई हजार ४५४ मत प्राप्त गर्नुभएको छ ।
पैंयूँ गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली काँग्रेसका जसमती गुरुङ विजयी हुनुभएको छ । उहाँले तीन हजार १८४ मत पाउँदा एमालेकी गोमता शर्माले दुई हजार ४३१ मत प्राप्त गर्नुभएको छ ।
पैंयूँ गाउँपालिकामा नौ हजार ८०९ मतदाता रहेकामा छ हजार ८२४ मत खसेको थियो । त्यस्तै उक्त गाउँपालिकाको वडा नं १, २, ६ र ७ मा काँग्रेस, तथा ३ र ४ मा एमाले विजयी भएको छ भने ५ नम्बर वडामा (माओवादी केन्द्र)ले जितेको निर्वाचन अधिकृत आचार्यले जानकारी दिनुभयो ।
निर्वाचन अधिकृत यज्ञप्रसाद आचार्यका अनुसार सोमबार बिहानदेखि सुरु भएको मतगणनामा सातवटा वडा रहेको पैंयूँ गाउँपालिकाको मतगणना सकिएको हो ।
बागलुङ निसीखोलामा काँग्रेस विजयी
जिल्लाको निसीखोला गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।
दुई हजार ९३७ मत प्राप्त गर्दै नेपाली काँग्रेसका तारानाथ पौडेल गाउँपालिका प्रमुखमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र) का प्रेम घर्तीले हजार ३८ मत प्राप्त गर्नु भएको छ ।
गाउँपालिका उपप्रमुखमा पनि नेपाली काँग्रेसकै शोभा कार्की विजयी हुनुभएको छ । उहाँले दुई हजार ८७२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी यशोधा रेग्मीले दुई हजार तीन मत प्राप्त गर्नुभएको छ ।
सात वडा भएको निसीखोला गाउँपालिकामा वडा नं १, ४, ५ र ६ मा क्रमशः नेपाली काँग्रेसका इन्द्रबहादुर शाही, टीकानिधि पौडेल, हर्कमान घर्ती र सूर्यबहादुर घर्ती समूहसहित विजयी हुनुभएको छ ।
वाड नंं २ मा माओवादी केन्द्रका कुवीर विक र वडा नं ३ मा राष्ट्रिय जनमोर्चाका जुनविक्रम शाही विजयी हुनुभएको छ । वडा नं ७ मा भने स्वतन्त्र उम्मेदवार तेजिन्द्रविक्रम कुँवरको समूह विजयी भएको छ ।
लमजुङको मध्यनेपाल प्रमुखमा काँग्रेसका पाण्डे, उपप्रमुखमा एमालेका श्रेष्ठ निर्वाचित
लमजुङको मध्यनेपाल नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रमेशकुमार पाण्डे निर्वाचित हुनुभएको छ ।
नेकपा (माओवादी केन्द्र)का मोहनहरि पौडेललाई एक हजार ४२१ मतले पछि पार्दै पाँच हजार ९६८ मत ल्याएर पाण्डेले जित हात पार्नुभएको हो । पौडेलले चार हजार ५४७ मत ल्याउनुभएको थियो ।
यसैगरी उपप्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार राजकुमार श्रेष्ठ विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सीता शाहीलाई २३४ मत अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी हुनुभएको हो ।
श्रेष्ठले पाँच हजार ५६६ र शाहीले पाँच हजार ३३२ मत ल्याउनुभएको छ । प्रमुखमा निर्वाचित पाण्डे नेपाली काँग्रेसको महासमिति सदस्य एम्व तरुण दल लमजुङको अध्यक्ष हुनुहुन्छ । उपप्रमुखमा निर्वाचित श्रेष्ठ एमालेको सचिवालय सदस्य हुनुहुन्छ ।
मध्यनेपाल नगरपालिकाको वडा नं १ को अध्यक्षमा काँग्रेसका चन्द्रमणि पौडेल, वडा नं–२ को अध्यक्षमा काँग्रेसका पदमबहादुर थापा, वडा नं– ३ को अध्यक्षमा एमालेका नेत्रबहादुर बस्नेत, वडा नं– ४ को अध्यक्षमा एमालेका निर्मल गौतम, वडा नं– ५ को अध्यक्षमा काँग्रेसका बालकुमार जोशी निर्वाचित हुनुभएको छ ।
यस्तै वडा नं– ६ को अध्यक्षमा (माओवादी केन्द्र)का विष्णुभक्त पौडेल, वडा नं– ७ को अध्यक्षमा काँग्रेसका गगन घिमिरे, वडा नं ८ को अध्यक्षमा एमालेका अमृत तामाङ, वडा नं ९ अध्यक्षमा एमालेका सूर्यबहादुर कुँवर र वडा नं १० को अध्यक्षमा काँग्रेसका रामचन्द्र भण्डारी निवाचित हुनुभएको छ
दिउँसो १२ ३० सम्म
रघुगङ्गा–२ को अध्यक्षमा माओवादीका कटुवाल विजयी
रघुगङ्गा गाउँपालिका–२ को वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का रिम कटुवाल भारी मतले विजयी हुनुभएको छ ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संयुक्त प्यानलबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएका कटुवालले ९९४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नरसिंहबहादुर खत्रीले जम्मा ४४३ मत ल्याउनुभएको छ ।
रघुगङ्गा–२ वडामा अध्यक्षसहित एमाले–माओवादीको प्यानल नै विजयी भएको छ । सो प्यानलबाट खुला सदस्यमा देवेन्द्र केसीले ९७६, रवीन भण्डारीले ८१६, महिला सदस्यमा गोरी भण्डारीले ८७५ र दलित महिला सदस्यमा रसिला परियारले ७५६ मत ल्याएर निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यता गाउँपालिका प्रमुखको मतगणनामा काँग्रेसका उम्मेदवार भवबहादुर भण्डारीले नै अग्रता लिनुभएको छ । गाउँपालिका प्रमुखमा भण्डारीले वडा नम्बर २ मा ८१७ मत ल्याउनुभएको छ भने एमालेका खिमबहादुर शाहीले ६५९ मत ल्याउनुभएको छ ।
त्यस्तै, उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का हरि भण्डारीले अग्रता हासिल गर्नुभएको छ । भण्डारीले ९९९ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी कमला तिलिजाले ३९९ मत प्राप्त गर्नुभएको छ ।
मकवानपुरगढी गाउँपालिकामा एमाले
मकवानपुर जिल्लाका आठ गाउँपालिका मध्ये मकवानपुरगढी गाउँपालिकाको निर्वाचन परिणाम प्राप्त भएको छ ।
मकवानपरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा ९एमाले०का विदुर हुमागाईंले तीन हजार ८१४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दोर्जे लामाले तीन हजार ६५२ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, उपाध्यक्ष पदमा नेकपा ९एमाले०का हर्कमाया रुम्बाले तीन हजार ७१७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मन्दिरा जोशीले तीन हजार ७०७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत देवकुमार राईले जानकारी दिनुभयो ।
त्यसैगरी, हेटौँडा उपमहानगरपालिका–१९ वडाअध्यक्ष पदमा एमालेका नवराज सुवेदीले ८३६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार भेटवालले ७६० मत प्राप्त गर्नुभएको छ ।
अन्य गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकाको मतगणनाको कार्य अहिले पनि जारी रहेको छ ।
पोखरा मनपाको वडा नं ३ र ४ मा काँग्रेस
पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ३ र ४ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ ।
वडाको पछिल्लो मत परिणामअनुसार वडा नं ३ मा नेपाली काँग्रेसका रवीन्द्रबहादुर प्रजु ९६३ मतसहित वडा अध्यक्षमा विजयी बन्नुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का शशिधर पराजुलीले ६४८ मत प्राप्त गर्नुभयो । वडामा नेपाली काँग्रेसका तर्फबाट महिला सदस्यमा लक्ष्मी पराजुली, दलित महिला सदस्यमा सावी परियार, दुई खुल्ला सदस्यमा रवीन कायस्थ र जीतेन्द्र कायस्थ विजयी बन्नुभएको छ ।
महानगरको वडा नं ४ को अन्तिम मत परिणामअनुसार नेपाली काँग्रेसका शङ्कर बास्तोला विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्ण पराजुलीले ६३२ मत प्राप्त गर्नुभयो ।
उक्त वडामा नेपाली काँग्रेसका तर्फबाट महिला सदस्यमा सरिता पराजुली, दलित महिला सदस्यमा विष्णुमाया परियार, दुई खुला सदस्यमा पुष्करबहादुर श्रेष्ठ र सुवर्ण केसी विजयी बन्नुभएको छ ।
वडा नं ५ को मतगणनाका क्रममा खसेको मतसङ्ख्या तीन हजार ३०६ भएकोमा तीन हजार २०८ मत मात्र फेला परेपछि उक्त वडाको सम्बन्धमा दलहरूबीच छलफल जारी रहेको र अन्य ६, ७ र ८ नं वडाको मतगणना सुरु गरिने भएको छ ।
बुधवार विहान १० बजेसम्मको विवरण
मध्यपुर थिमि वडा नं २ मा काँग्रेस विजयी
भक्तपुर, ३ जेठ । मध्यपुरथिमि नगरपालिका वडा नं २ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार राम थापामगरको टोली विजयी भएको छ ।
थापामगरले ८३२ मत ल्याई अध्यक्षमा विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हेमराज गौतमले ६७० मत ल्याउनुभएको थियो ।
त्यसैगरी, महिला सदस्यमा एमालेका उम्मेदवार सकुन्तला श्रेष्ठ विजयी हुनुभएको छ भने दलित महिला सदस्यतर्फ एमाले कै अम्बिका रजक निर्विरोध हुनुभएको थियो । सदस्यमा नेपाली काँग्रेसका प्रल्हाद कार्की र विदुर भट्टराई विजयी हुनुभएको छ ।
यसअघि मध्यपुरथिमि नगरपालिका–१ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सुरज खड्कासहितको प्यानल विजयी भएको थियो भने महिला सदस्यमा विजयालक्ष्मी द्धारे, दलित महिला सदस्यमा नानी विश्वकर्मा, खुल्ला सदस्यमा रत्न कुमाल र अर्का सदस्यमा सूर्यमान मुस्याङ विजयी हुनुभएको थियो ।
यता मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अष्टकुमार कवेँको प्यानल, सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार वासुदेव थापाको प्यानल र भक्तपुर नगरपालिकामा नेमकिपाका सुनिल प्रजापतिको प्यानल अग्रस्थानमा रहेका छन् ।
नेपालमै पहिलो गाउँपालिका अध्यक्षमा महिला विजयी
नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तहको निर्वाचनमा सम्भवतः नेपालमा पहिलो पटक महिला उम्मेदवार विजयी बन्नुभएको छ ।
नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी लक्ष्मी पाण्डेले कुल चार हजार ५९२ मत प्राप्त गरी विजयी बन्नुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार मेघबहादुर पुलामीले चार हजार ३५८ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी, उपाध्यक्षमा एमालेका उम्मेदवार कोपिला मल्ल कुल चार हजार ४६८ मत प्राप्त गरी विजयी बन्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार ओम थापाले चार हजार ४१३ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार डम्मर जिसी एक हजार ५७९ मत अन्तरका साथ विजयी बन्नुभएको छ । यसैगरी, गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै उम्मेदवार मिना राना एक हजार ४९४ मतअन्तरले विजयी बन्नुभएको हो ।
अध्यक्ष पदमा जिसीले कुल छ हजार ०९९ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) लक्ष्मण पाण्डेले पाँच हजार ३३० मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी, उपाध्यक्ष पदमा रानाले कुल छ हजार ८९६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी तारा कुमारी विकले पाँच हजार ४०० दुई मत प्राप्त गर्नुभएको थियो ।
यसअगावै, नवलपरासीको बुङ्दीकाली गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका दुर्गाबहादुर राना विजयी बन्नुभएको छ । यसैगरी, उपाध्यक्षमा पनि काँग्रेसकै मायादेवी श्रेष्ठ बिजयी बनिसक्नु भएको छ ।
योसँगै नवलपरासीका कुल चारवटा गाउँपालिकामध्ये तीनवटा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अध्यक्ष पदमा निर्वाचित भइसकेका छन् । हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकामा काँग्रेस विजयी बनेको हो ।
बेनी नपाका चार वडामा एमाले विजयी
बाबियाचौर ९म्याग्दी०, ३ जेठ । बेनी नगरपालीकाका वडा नं ४, ५, ६ र ७ मा नेकपा ९एमाले०का उम्मेदवार निर्वाचित भएका छन् ।
बेनपा–४ को वडा अध्यक्षमा एमालेका गोविन्द पौडेलले ४९४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । पौडेलका प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र०का अणबहादुर खड्का ९भगवान०ले ४२५ र नेपाली काँग्रेसका मिनबहादुर बानियाँले ४०५ मत प्राप्त गर्नुभएको छ ।
सदस्यमा दुर्गा कार्की बानियाँ, जमुना मिजार, खडानन्द कँडेल र देवबहादुर घले निर्वाचित हुनुभएको छ । बेनपा–५ को वडा अध्यक्षमा निर्वाचित एमालेका लक्ष्मण बानियाँले ६९९ मत प्राप्त गर्नुभएको छ । सदस्यमा यामकुमारी पाईजा पुन, रीता दर्जी, तोकबहादुर कार्की र रामप्रसाद सुवेदी निर्वाचित हुनुभएको छ ।
बेनपा–६ को वडा अध्यक्षमा एमालेका कृष्णबहादुर कार्कीले ७२२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका नारायण कार्कीले ३२० मत ल्याउनुभएको छ । वडा सदस्यमा एमालेका सावित्री उपाध्याय, राजकुमारी विश्वकर्मा, गणेशबहादुर शाही र दयासागर शर्मा निर्वाचित हुनुभएको छ ।
वडा नं ७ को अध्यक्षमा एमालेका राजेन्द्र श्रेष्ठले ३३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका रमेश श्रेष्ठले २७९ मत प्राप्त गर्नुभएको । सदस्यमा नेकपा ९माओवादी केन्द्र०का शेरबहादुर केसी, राप्रपाका हरिबहादुर शाक्य, एमालेकी टकसरा राना र शर्मिला पुन किसान निर्वाचित हुनुभएको छ ।
बेनी नगरपालिकाका सातवटा वडाको मतगणना सकिँदासम्म प्रमुखमा एमालेका प्रमोद श्रेष्ठले ४,२६७, काँग्रेसका हरिकुमार श्रेष्ठले चार हजार १३७, उपप्रमुखमा राप्रपाकी सञ्जु बरुवालले तीन हजार २८१ र माओवादी केन्द्रकी ज्योति लामिछाने पौडेलले दुई हजार ९९३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बेनी नगरपालिकाको वडा नं ८, ९ र १० को मतगणना सकिन बाँकी छ । वडा नं १ मा एमालेका टेकबहादुर रावल, २ मा एमालेका हीराबहादुर थापा र ३ मा स्वतन्त्र उम्मेदवार पदम पुन निर्वाचित हुनुभएको छ ।
किस्पाङको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस बिजयी
नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
गाउँपालिकाभित्र रहेका पाँचवटा वडाबाट प्राप्त मतको आधारमा काँग्रेस उम्मेदवार छत्रबहादुर लामा २,५६८ मत ल्याएर अध्यक्षमा र मायादेवी न्यौपाने २,३९४ मत ल्याएर उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
नेकपा (एमाले) बाट अध्यक्षका उम्मेदवार वीरबल तामाङ १६६५ मत र उपाध्यक्षमा मेन्चुङ लामा (तामाङ) १८३४ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी हुनुभएको निर्वाचन अधिकृत हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
वडाध्यक्षमा किस्पाङ–१ नं बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार आइत घले, २ नं बाट नेपाली काँग्रेसका देवनाथ भट्ट, ३ नं बाट नेपाली काँग्रेसका अमृतबहादुर तामाङ, ४ नं बाट नेकपा (एमाले)का एकराज घले र ५ नं बाट काँग्रेसका नरहरि भट्ट निर्वाचित हुनुभएको छ ।
नुवाकोटमा कायम रहेका ८८ मध्ये ३८ वडाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।
नुवाकोटमा ३६ वडाको नतिजा सार्वजनिक
स्थानीय तह निर्वाचनमा नुवाकोटमा ३६ वडाको नतिजा सार्वजनिक भएको छ जसमा नेपाली काँग्रेसका उम्मेदबार १६ वटा वडामा वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
नेकपा ९एमाले० १३ वटा वडामा निर्वाचित भएको छ भने नेकपा ९माओवादी केन्द्र०ले सात वडामा वडाअध्यक्ष विजयी भएको छ ।
नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा तादी गापा–१ वडा अध्यक्षमा नकुरदोङ तामाङ, तादी–४ मा मुक्तबहादुर श्रेष्ठ, किस्पाङ–२ मा देवनाथ भट्ट, किस्पाङ–३ मा अमृतबहादुर तामाङ, किस्पाङ–५ मा नरहरि भट्ट, तारकेश्वर–६ मा ज्ञानेन्द्र लामा, दुप्चेश्वर–१ मा सुनबहादुर तामाङ, दुप्चेश्वर–३ मा धु्रवकर केसी, दुप्चेश्वर–४ इरमान तामाङ, मेघाङ–२ मा रुपबहादुर तामाङ, विदुर नपा–२ मा वीरेन्द्रकुमार शाही, विदुर–३ मा बद्री रिमाल, लिखु–१ मा नरहरी पाण्डे, सूर्यगढी–२ मा वासुदेव अधिकारी, शिवपुरी– १ मा महेन्द्रराज खत्री, शिवपुरी–२ मा रुद्रबहादुर गुरुङ विजयी हुनुभएको छ ।
नेकपा ९एमाले०को तर्फबाट वडा अध्यक्षहरुमा विदुर नपा–१ मा लेनिन रन्जित, विदुर–४ मा टलकमान श्रेष्ठ, तारकेश्वर–५ मा चूडामणि गजुरेल, तारकेश्वर–४ मा राममणि अधिकारी, दुप्चेश्वर–५ मा सन्तबहादुर तामाङ, तादी–३ मा मनोज उप्रेती, बेलकोटगढी नपा–१ मा सुब्बा तामाङ, बेलकोटगढी–२ मा रमेश न्यौपाने, ककनी–१ मा चन्द्रबहादुर बलामी, मेघाङ–१ मा दलसिंह तामाङ, किस्पाङ–४ एकराज घले, लिखु–२ को भीमबहादुर घले, पञ्चकन्या–२ मा धु्रवप्रसाद मिश्र विजयी हुनुभएको छ ।
नेकपा ९माओवादी केन्द्र०को तर्फबाट वडा अध्यक्षहरुमा तादी–२ मा बच्चुराम तामाङ, किस्पाङ–१ मा आइत घले, दुप्चेश्वर–२ मा दाबा तामाङ, सूर्यगढी–१ मा इमानसिंह तामाङ, बेलकोटगढी नपा–३ मा जनक घिमिरे, बेलकोटगढी–४ मा चन्द्रबहादुर लामा, तादी–५ मा विष्णु अधिकारी विजयी हुनुभएको छ । नुवाकोटमा १२ वटा स्थानीय तहमा ८८ वटा वडा रहेका छन् ।
डोल्पाको त्रिपुरा सुन्दरी नपाको प्रमुखमा एमाले
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका प्रमुख तथा उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।
विजयी हुनेमा प्रमुखका उम्मेदवार ओमबहादुर बुढाले एक हजार ६०९ मत ल्याएर विजय हुनुभएको छ भने उपप्रमुखमा चन्द्राकुमारी बुढाले एक हजार ८४५ मत ल्याएर विजयी हुनुभएको हो ।
निकटतम प्रतिद्वन्द्वी काँग्रेसबाट प्रमुखका उम्मेदबार दिलबहादुर विष्टले एक हजार ५९१ मत ल्याउनु भएको छ । काँग्रेसका उम्मेदवार विष्टभन्दा एमालेका उम्मेदवार बुढा १८ मत मात्रै बढी ल्याएर विजयी हुनुभएको हो ।
त्यस्तै, प्रमुखका माओवादीका उम्मेदवार रामलाल विकले ८३७ मत ल्याउनु भयो ।
त्यस्तै, काँग्रेसबाट उपप्रमुखका उम्मेदवार बुद्धाकुमारी शाहीले एक हजार ६४ मत ल्याएर पराजय हुनुभयो । माओवादीबाट उपप्रमुखका उम्मेदवार काली चलाउनेले ९५५ मत प्राप्त गर्नुभयो ।
उक्त नगरपालिकाको वडा नं १ को वडा अध्यक्षमा काँग्रेसका उम्मेदवार कमसिंह थापा २८३ मतसहित काँग्रेसको प्यानलनै विजयी भएको छ ।
कास्कीको रुपा गाउँपालिकामा एमाले विजयी
पोखरा, ३ जेठ । कास्कीको रुपा गाउँपालिकामा नेकपा ९एमाले०का नवराज ओझा चार हजार २१२ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाशमोहन खनालले तीन हजार २७५ मत ल्याउनुभएको थियो । गाउँपालिकाको उपाध्यक्षमा एमालेकी लाल सुब्वा गुरुङ तीनहजार ९९५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी जी माया गुरुङले तीन हजार ४५६ मत ल्याउनुभएको छ ।
सो गाउँपालिकाको वडा नं ३, ४, ५ र ६ मा पूरै प्यानलसहित नेकपा ९एमाले०का वडाध्यक्ष क्रमशः रामजी अधिकारी, मुकुन्द वंशी, टेकबहादुर गुरुङ र नारायण गुरुङ विजयी हुनुभएको छ ।
त्यस्तै, वडा नं १, २ र ७ मा नेपाली काँग्रेसका पूरै प्यानलसहित वडाध्यक्षहरु दीपक आलेमगर, हरिकृष्ण ओझा र दयासागर सुवेदी विजयी हुनुभएको छ ।
सात वडा भएको सो गाउँपालिकामा ११ हजार ३१५ मतदाता भएकोमा आठ हजार २६४ मत खसेको थियो ।
वारेकोट गापाका अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा माओवादी
यहाँको वारेकोट गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र शाह २१४८ मत ल्याएर विजयी हुनु भएको छ ।
त्यस्तै, उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उमा शाहीले २,२२४ मत ल्याएर विजयी हुनुभएको छ ।
शाहका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का तिलक रावतले २,१२९ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षका प्रतिद्वन्द्वी नेकपा (एमाले) का गीता सिंहले २,१५७ मत ल्याउनु भएको छ ।
पाँचखाल नपा–४ मा काँग्रेस र ५ मा माओवादी विजयी
काभ्रे जिल्लाको पाँचखाल नगरपालिका –४ मा नेपाली काँग्रेस र ५ मा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । पाँचखाल–४ मा नेपाली काँग्रेसका तर्फबाट सुन्दर तामाङ ७१५ मत ल्याएर विजयी हुनुभएको छ भने ५ मा नेकपा (माओवादी केन्द्र)का बालकृष्ण सापकोटा ४२३ मत ल्याएर विजयी हुनुभएको छ ।
वडा नम्बर ४ मा तामाङका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गणेश नेपाल ४७९ मत ल्याई दोस्रो हुनुभएको छ भने वडा नम्बर ५ मा एमालेकै सीताराम ढुङ्गाना ४१८ मतले दोस्रो हुनुभएको छ ।
वडा नम्बर ४ मा महिला सदस्यमा नेपाली काँग्रेसका तर्फबाट सञ्जिता दनुवार विजयी हुनुभएको छ । त्यसैगरी, काँग्रेसबाट नै दलित महिला सदस्यमा जमुना विश्वकर्मा, पहिलो सदस्यमा कृष्णबहादुर राई र दोस्रो सदस्यमा निरबहादुर लामा विजयी हुनुभएको छ ।
वडा नम्बर ५ मा एमालेबाट महिला सदस्यमा चित्रकुमारी सापकोटा, दलित महिला सदस्यमा जमुना मिजार सार्की, पहिलो सदस्यमा टोकबहादुर सापकोटा र दोस्रो नम्बर सदस्यमा भोटु गिरी विजयी हुनुभएको छ ।
त्रिवेणी गाउँपालिकामा काँग्रेस विजयी
त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ ।
अध्यक्षमा विजयी काँग्रेसका मानबहादुर डाँगीले दुई हजार ७६५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लोकेन्द्रसिंह खड्काले दुई हजार ३१७ मत प्राप्त गर्नुभयो ।
यस्तै उपाध्यक्षमा विजयी काँग्रेसका करुणा खड्काले दुई हजार ६४५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पवित्रा केसीले दुई हजार ३७७ मत प्राप्त गर्नु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
शारदा नपामा मतगणना स्थगित
सल्यानको शारदा नगरपालिकाको मतगणना स्थगित भएको छ । शारदा नगरपालिका–४ को मतगणना पारदर्शी नभएको भन्दै एमालेले मतगणना स्थलबाट बाहिरिएको थियो । एमालेले शारदा नगरपालिका–४ को मतगणना गर्ने क्रममा अनियमितता भएको भन्दै निर्वाचन अधिकृत माधवेन्द्रराज रेग्मीलाई लिखित उजुरी दिएको छ ।
उत्तरगया गाउँपालिकामा काँग्रेस विजयी
उत्तरगया गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उपेन्द्रराज लम्सालले एक हजार ६३० मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटमत प्रतिद्वन्द्वी नेकपा (एमाले)का अशोककुमार घिमिरेले एक हजार ४९२ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपाध्क्षमा एमालेकी चमेली गुरुङले एक हजार ८७८ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँको निकतम प्रतिद्वन्द्वी काँग्रेसकी शेषकुमारी अधिकारीले एक हजार २८५ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिनुभयो ।
गलकोट– ६ र ७ मा माओवादी विजयी
गलकोट नगरपालिका वडा नं ६ र ७ मा नेकपा (माओवादी केन्द्र) विजयी बनेको छ । दुवै वडामा अध्यक्षसहित केन्द्रको प्यानलनै विजयी बनेको हो ।
वडा नं ६ मा ४५५ मत ल्याएर नरबहादुर खत्री विजयी हुनुभएको छ । बाँकी सदस्यमा पनि केन्द्रले जित हात पारेको छ ।
यस्तै, वडा नं ७ पनि केन्द्रका अध्यक्षसहित प्यानलनै विजयी बनेको छ । अध्यक्षमा टीकाबहादुर थापाले ३६१ मत ल्याएर विजयी बन्नुभएको हो ।
पर्वतको महाशिला गाउँपालिकामा एमाले विजयी
पर्वतको महाशिला गाउँपालिकामा एमालेका राजु पौडेल अध्यक्ष र हीरादेवी थापा उपाध्यक्षमा विजयी भएका छन् ।
महाशिला गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित एउटाबाहेक सबै वडामा नेकपा(एमाले) विजयी भएको हो ।
अध्यक्षमा विजयी भएका पौडेलले दुई हजार ४५३ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उज्ज्वल गुरुङले दुई हजार १० मत पाएका छन् ।
यसैगरी उपाध्यक्ष पदमा विजयी हीरादेवी थापाले दुई हजार ४८३ मत पाएकी छन् भने निकटतम प्रतिद्वन्दी काँग्रेसकी सिर्जना मल्ल ठकुरीको एक हजार ९५१ मत रहेको छ ।
त्यस्तै वडा नं १, ३, ४, ५ र ६ मा समेत एमालेको प्यानल नै जितेको छ । वडा नं २ मा भने काँग्रेसले जितेको छ । वडा नं १ मा ईश्वरी भुसाल, २ मा ताराबहादुर राना, ३ मा रोशन गुरुङ, ४ मा पुरनबहादुर मल्ल, ५ मा जीवन उचैं ठकुरी र ६ मा रामबहादुर सुनार विजयी भएका छन् ।
सिन्धुलीको गोलन्जोर गापामा काँग्रेस निर्वाचित
सिन्धुलीको गोलन्जोर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।
नेपाली काँग्रेस पदका उम्मेदवार पुष्पबहादुर कार्की तीन हजार ३७६ र उपाध्यक्ष पदका उम्मेदवार गङ्गादेवी श्रेष्ठ तीन हजार २८७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) टीकाबहादुर देवकोटाले दुई हजार ५८४, उपप्रमुख धनकुमारी पुलामीले दुई हजार ६४५ मत प्राप्त गर्नुभएको छ ।
गोलन्जोर वडा नम्बर १ मा माओवादी केन्द्रका मीनबहादुर सुनुवारले ५२८, वडा नम्बर २ मा काँग्रेसका दौलत कार्की ४७७, वडा नम्बर ३ मा काँग्रेसका पुस्कर बराल ४४२, वडा नम्बर ४ मा एमालेका बेगबहादुर मगर ६७६, वडा नम्बर ५ र ६ मा नेपाली काँग्रेसकै बुद्धिबहादुर पाल्पाली ५३० र पुरुषोत्तम श्रेष्ठले ५३७, वडा नम्बर ७ मा एमालेका रोमबहादुर देवकोटा ५९५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
गोरखाको चुमनुब्री गाउँपालिकामा काँग्रेस विजयी
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लाक्पा डुण्डुप लामालाई हराउँदै गुरुङ गाउँपालिका प्रमुखमा विजयी हुनुभएको हो ।
गुरुङले एक हजार २५३ मत ल्याउनुभएको हो भने लामाले एक हजार १८५ मत ल्याउनुभएको निर्वाचन अधिकृत हरिहर दाहालले जानकारी दिनुभयो । उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी कुमारी गुरुङ विजयी हुनुभएको छ । गुरुङले एक हजार २८५ मत ल्याउनुभयो भने प्रतिद्वन्द्वी छेवाङ लामाले ९८८ मत ल्याउनुभएको हो ।
चुमनुब्री गाउँपालिकाको सामागाउँ, ल्हो, बिही, छेकम्पार वडा काँग्रेसले जितेको छ । यस्तै प्रोक, चुम्चेत र सिर्दिवास वडा नेकपा माओवादी केन्द्रले जितेको छ । कुल मतदाता तीन हजार ८६९ रहेको चुमनुब्रीमा दुई हजार ९०० मत खसेको थियो ।
गोरखामा काँग्रेस अगाडि
दुई नगरपालिका र नौवटा गाउँपालिका रहेको गोरखाको स्थानीय तहमा मतगणना तीव्ररुपमा भइरहेको छ । आज साँझसम्म नेपाली काँग्रेसले एक गाउँपालिकासहित १७ वडामा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले ९ वडा, एमालेले ६ र नयाँ शक्तिले २ वडामा विजय हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नुवाकोटमा २५ वडाको नतिजा सार्वजनिक
जारी रहेको स्थानीयतहको निर्वाचनको मतगणनामा नुवाकोटमा २५ वडाको परिणाम सार्वजनिक भएको छ । नुवाकोटमा कायम रहेका ८८ वडामध्ये २५ वडामा नयाँ नेतृत्व चयन भएको छ । अन्तिम नतिजाअनुसार नेपाली काँग्रेस १३ वडा, नेकपा (एमाले)ले सात वडा र नेकपा माओवादी केन्द्र पाँच वडामा विजयी भएको छ ।
नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा विदुर नगरपालिका–२ मा वीरेन्द्रकुमार शाही, ३ मा बद्रीप्रसाद रिमाल, तार्केश्वर–६ मा ज्ञानेन्द्र तामाङ, शिवपुरी–१ मा महेन्द्रराज खत्री, शिवपुरी–२ मा इन्द्रबहादुर गुरुङ, तादी–१ बाट नकुर दोङ तामाङ, दुप्चेश्वरी–१ मा सुनबहादुर तामाङ, किस्पाङ–२ मा देवनाथ भट्ट, मेघाङ–२ मा रुपबहादुर श्रेष्ठ र दुप्चेश्वर गाँउपालिका–३ मा धुव्रकुमार केसीको प्यानल नै विजयी भएको छ ।
यस्तै, शिवपुरी गाँउपालिका–३ मा रामहरि थापाको प्यानल नै विजयी भएको छ । शिवपुरी–४ सिक्रेमा वडाध्यक्षमा झमक गुरुङसहित काँग्रेसबाट तीन सदस्य विजयी भएका छन् ।
यस्तै, नेकपा (एमाले)का तर्फबाट उम्मेदवार रहेका मेघाङ–१ मा दलसिंह तामाङ, बेलकोटगढी नगरपालिका–१ मा सुब्बा तामाङ, बेलकोटगढी–२ मा रमेशकुमार न्यौपाने, विदुर नगरपालिका–१ मा लेनिन रञ्जित, ककनी गाँउपालिका–१ मा चन्द्रबहादुर श्रेष्ठ, तार्केश्वर–५ मा चुडामणिप्रसाद गजुरेल र किस्पाङ गाँउपालिका–४ मा एकराज घले विजयी हुनुभएको छ । यस्तै, लिखु गाँउपालिका–२ मा भीमबहादुर घलेको प्यानल नै विजयी भएका छन् ।
यस्तै, नेकपा माओवादी केन्द्रका तर्फमा किस्पाङ–१ मा आइतबहादुर घले, तादी–२ मा बच्चुराम तामाङ, सूर्यगढी–१ मा इमानसिंह तामाङ, पञ्चकन्या–१ मा मणिनाथ लामिछाने र दुप्चेश्वर–२ मा दावा तामाङ विजयी हुनुभएको छ । नुवाकोटमा १२ स्थानीतयहमा ८८ वटा वडा रहेका छन् ।
बागलुङ–३ मा जनमोर्चा विजयी
बागलुङ नगरपालिका–३ मा राष्ट्रिय जनमोर्चाकी लक्ष्मी बाँस्कोटा अध्यक्ष पदमा विजयी बन्नुभएको छ । नेकपा (एमाले), राप्रपा र राजमोको संयुक्त प्यानलबाट बाँस्कोटा विजयी बन्नुभएको हो । वडा नं ३ मा अन्य दलका उम्मेदवारलाई पछि पार्दै एमाले–राजमो–राप्रपाको प्यानल नै विजयी बनेको छ ।
यसअघि भएको वडा नं १ र २ को मतगणनामा पनि यही प्यानलका अध्यक्षले जित हात पारेका थिए । काँग्रेसको बलियो मत रहेको भनिएका वडामै काँग्रेस पछि परेको छ । जितसँगै अहिले सदरमुकाम बागलुङबजारमा विजयी दलका कार्यकर्ताले ¥याली निकालेका छन् । अहिले वडा नं ४ को मतगणना चलिरहेको छ ।
ललितपुर महाकालमा एमाले उम्मेदवार विजयी
ललितपुरको महाकाल गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।
सो पार्टीका रामचन्द्र दाहालले दुई हजार ८० मत ल्याएर गाउँपालिकाको प्रमुखमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भीमसेन घिमिरेले एक हजार ७२२ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै उपप्रमुखमा एमालेका कमला तामाङले दुई हजार २६३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुशीला अधिकारीले एक हजार ३९९ मत प्राप्त गर्नुभएको थियो ।
टोखा र नागार्जुनका वडाध्यक्ष विजय
टोखा नगरपालिका–१ मा नेकपा (एमाले)का श्रीकृष्ण अधिकारी विजय हुनुभएको छ भने वडा नं २ वाट नेपाली काँग्रेसका दीपकराज जोशी र वडा नं ३ मा नेपाली काँग्रेसकै सिंहराज श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
यस्तै टोखा नगरपालिकामा नेपाली काँग्रेसका हरिहर अधिकारीले अग्रता कायय राख्नुभएको छ । अधिकारीले तीन हजार १२३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दीनबन्धु बरालले जानकारी गराउनुभयो । उहाँका अनुसार एमालेबाट प्रकाश अधिकारीले दुई हजार ३११ र नेकपा (माओवादी केन्द्र)का कल्पना शर्माले करिब एक हजार मत प्राप्त गर्नुभएको छ ।
यसैगरी नागार्जुन नगरपालिका–२ को वडाध्यक्षको नेकपा (एमाले)का खुमबहादुर केसी विजय हुनुभएको छ । भर्खरै सम्पन्न भएको मतगणनामा एमालेका केसीले ७९१ मत ल्याई विजय हुनुभएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी गराउनुभयो । वडा नं २ मा करिब एक हजार ८०० मतदाता रहेका छन् ।
यसैगरी प्रमुखमा एमालेका कृष्णहरि खत्रीले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृत लामिछानेका अनुसार खत्रीले एक हजार १४ मत नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले ४६० र नेकपा (माओवादी केन्द्र)का कुमार तामाङले ११५ मत ल्याउनुभएको छ ।
धौलागिरी–३ मा एमाले विजयी
म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनाको वडाध्यक्षमा नेकपा एमालेका पुर्म पुन ४३३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
पुनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका देवेन्द्र रोकाले ४१६ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा नेपाली काँग्रेसकी रामदेवी पुन ४६४ मत र दलित महिला सदस्यमा काँग्रेसकी चुनदेवी रसाइली ४५९ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खुल्ला वडा सदस्यमा एमालेका खबहादुर बुढा ४७६ मत र देउदत्त मल्ल ४७४ मत प्राप्त गरी विजयी हुनुभएको छ । एक हजार ५९७ मतदाता रहेको मुनामा एक हजार ६१ मत खसेको थियो । धौलागिरि–४ मुदीको पनि मतगणना सुरु भएको छ ।
अन्नपूर्ण–५ मा काँग्रेस विजयी
यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको वडाध्यक्षमा नेपाली काँग्रेसका दिनेशकुमार पुनले ५७६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । मगरका प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर पुन मगरले ४६४ मत प्राप्त गर्नुभएको थियो ।
सदस्यहरुमा सबै काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । महिला सदस्यमा बिर्जु रन्तिजा ६२७, दलित महिला सदस्यमा रामसुवा नेपाली ६३४, खुल्ला सदस्यमा राजेश तिलिजा पुन ६३२ र धनबहादुर पाइजा ६४५ मत ल्याई निर्वाचित हुनुभएको छ । एक हजार ९४७ जना मतदाता रहेको शिखमा एक हजार २०८ मत खसेको थियो ।
कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्र विजयी
लितपुरको कोन्ज्योसोम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
भर्खरै घोषित मत परिणामअनुसार अध्यक्षमा माओवादी केन्द्रका गोपिलाल सिङतान एक हजार ७९८ मत प्राप्त गरी विजयी हुनु भएको हो । त्यस्तै उपाध्यक्षमा मिङ्मा लामा एक हजार ९३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । रासस
ललितपुर महानगर– ५ मा एमाले प्यानल विजयी
ललितपुर महानगरपालिकाको वडा नम्बर ५ मा पनि एमालेको सिंगो प्यानल विजयी भएको छ ।
ललितपुर ५ का एमालेका वडाध्यक्षका उम्मेदवार विकाशमान श्रेष्ठ सहित एमालेका सबै सदस्य विजयी भएका हुन् ।
वडाध्यक्षका उम्मेदवार श्रेष्ठले ६४३ मत प्राप्त गरे । अन्य सदस्यहरुमा शोभा श्रेष्ठ (७६१), मञ्जु रिजाल (७११), अशोक श्रेष्ठ (६०१) र पुनम केसी निरौला (६२७मत) विजयी भएका छन् ।
सल्यानमा दुई गाउँपालिकासहित ३७ स्थानीय तहको नतिजा सार्वजनिक
सल्यानमा आइतबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । दुई गाउँपालिकासहित ३७ स्थानीय तहको मत परिणाम सार्वजनिक गरिएको छ ।
दार्मा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नीमबहादुर केसी र उपाध्यक्षमा टीका वली शर्मा निर्वाचित हुनुभएको छ । केसीले अध्यक्षमा तीन हजार ६९४ मत र वलीले उपाध्यक्षमा तीन हजार ६९५ मत प्राप्त गरी विजयी हुनुभएको हो । सो क्षेत्रमा नेपाली काँग्रेस र नेकपा(एमाले)बीच समीकरण गरिएको भए पनि माओवादी केन्द्र विजयी भएको हो ।
यसैगरी दामागाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका कविकुमार चन्द विजयी हुनुभएको छ । यस्तै वडा नं २ मा माओवादी केन्द्रका डिल्ली केसी, वडा नं ३ मा माओवादी केन्द्रका सेतीराम रोका, वडा नं ४ मा माओवादी केन्द्रका चन्द्रबहादुर रावत, वडा नं ५ मा माओवादी केन्द्रका दुर्गा मल्ला र वडा नं ६ मा रामबहादुर केसी विजयी हुनुभएको छ ।
यसैगरी ढोरचौर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका चित्रबहादुर चलाउने विजयी हुनुभएको छ । उहाँले एक हजार ९२५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरवीर चलाउनेले एक हजार ५४८ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा नेकपा एमालेकी पुष्पा बोहराले एक हजार ९४६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
ढोरचौर गाउँपालिका–१ मा माओवादी केन्द्रका रामबहादुर बस्नेत विजयी हुनुभएको छ । वडा नं २ मा माओवादी केन्द्रकै रुद्रबहादुर बुढाथोकी विजयी हुनुभएको छ ।
यस्तै वडा नं ३ मा नेकपा एमालेका शालिकराम बुढाथोकी र वडा नंं ५ मा नन्दलाल बोहरा विजयी हुनुभएको छ । वडा नं ४ मा भने नेपाली काँग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोकाले बराबरी मत प्राप्त गरेपछि गोलाप्रथामार्फत काँग्रेसका दिनेश विएम विजयी हुनुभएको छ ।
यसैगरी वागचौर नगरपालिका–१ मा नेपाली काँग्रेसका नेत्रबहादुर डाँगी, वडा नं २ मा नेकपा एमालेका घनश्याम शर्मा विजयी हुनुभएको छ । यस्तै वडा नं. ३ मा माओवादी केन्द्रका टीकाराम खत्री, १२ मा नेकपा माओवादी केन्द्रका दीपक वली, वडा नं ११ मा मोहन खड्का र वडा नं १० मा कृष्णबहादुर खड्का विजयी हुनुभएको छ ।
यसैगरी शारदा नगरपालिका–१ मा नेकपा एमालेका नवराज बुढाथोकी, वडा नं २ मा टोपबहादुर थापा र वडा नं ३ मा केशव सिंह बुढाथोकी विजयी हुनुभएको छ । यस्तै वडा नं ४ मा नेपाली काँग्रेसका सुधन विष्ट, वडा नं ५ मा प्रदीप शाही र वडा नं ६ मा भिखराज बुढाथोकी विजयी हुनुभएको छ ।
यस्तै वनगाड कुपिण्डे नगरपालिका–१ मा नेकपा एमालेका शान्तकुमार यरी, वडा नं १२ मा गोविन्द डाँगी विजयी हुनुभएको छ । यस्तै वडा नं २ मा माओवादी केन्द्रका प्रतिमल रोकाय विजयी हुनुभएको छ ।
यस्तै कपुरकोट गाउँपालिका–१ मा माओवादी केन्द्रका बालाराम खड्का र वडा नं २ मा मानबहादुर राना विजयी हुनुभएको छ । यस्तै वडा नं ३ मा नेपाली काँग्रेसका मीनबहादुर सेन विजयी हुनुभएको छ ।
यसैगरी त्रिवेणी गाउँपालिका–१ मा नेकपा एमालेका छवि खत्री विजयी हुनुभएको छ । यस्तै वडा नं २ मा नेपाली काँग्रेसका मेघराज खड्का विजयी हुनुभएको छ । यसैगरी छत्रेश्वरी गाउँपालिका–१ मा नेपाली काँग्रेसका नेवबहादुर शाह, वडा नं २ माओवादी केन्द्रका प्रेमबहादुर खड्का विजयी हुनुभएको छ । यस्तै वडा नं ३ मा नेकपा एमालेका राजबहादुर वुढाथोकी विजयी हुनुभएको छ ।
यसैगरी कालीमाटी गाउँपालिका–७ मा नेपाली काँग्रेसका नैनसिंह राना, वडा नं ६ मा माओवादी केन्द्रका टेकबहादुर थापा पुलामी र वडा नं ५ मा नेकपा एमालेका चन्द्रबहादुर गाह विजयी हुनुभएको छ ।
शारदा नगरपालिकामा मत गणना रोकियो
यसैबीच शारदा नगरपालिकामा भइरहेको मत गणना केहीबेर अघिदेखि रोकिएको छ । मत हराएको विषयमा नेकपा एमालेले मत गणना बहिष्कार गरेपछि मत गणना प्रभावित भएको छ । यस विषयमा सर्वपक्षीय बैठक बस्ने तयारी गरिएको छ ।
कुमाख मालिका गाउँपालिकामा मतदान सम्पन्न
कुमाख मालिका गाउँपालिकामा स्थगित भएको मतदान सम्पन्न भएको छ । कुमाख गाउँपालिका–७ मा नेपाली काँग्रेसका वडा सदस्य उम्मेदवार दलबहादुर राणाको घरको छतबाट खसेर मृत्यु भएपछि स्थगित भएको निर्वाचन आज सम्पन्न गरिएको हो । अहिले मतपेटिका केन्द्रमा ल्याउने तयारी भएको र आजै बेलुकादेखि मत गणना गरिने बताइएको छ ।
सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस, उपाध्यक्षमा एमाले
जुम्ला, २ जेठ । जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवलसिंह रावल विजयी भएका छन् ।
अध्यक्ष रावलले एक हजार ४३० मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत उमाकान्त पौडेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका पूर्णप्रसाद धितालले एक हजार २०३ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा नेकपा एमालेका जन्मकन्या खत्री एक हजार ४११ मत ल्याएर विजयी हुनुभएको छ । नेकपा माओवादी केन्द्रका हिक्मत खत्रीले एक हजार ११३ मत ल्याउनुभएको थियो ।
विजयी उपाध्यक्ष खत्रीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रजकली शाहीले प्राप्त एक हजार २६२ मतमा ११९ मत कमी ल्याएर पराजित हुनुभएको छ ।
नेकपा माओवादी केन्द्रका शीतली रोकायाले एक हजार १७५ मत प्राप्त गर्नुभएको थियो । वडाध्यक्षहरुको परिणाम आइसके पनि वडाअनुसारको विजयी उम्मेदवारको नाम र प्राप्त मत लिन सकिएको छैन । रासस
मरिण गाउँपालिकामा माओवादी केन्द्रको प्यानल नै विजयी
सिन्धुली, २ जेठ । सिन्धुलीको मरिण गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को प्यानल नै विजयी भएको छ ।
गाउँपालिका अध्यक्ष पदका उम्मेदवार पानिराज बम्जन चार हजार ७४१ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । माओवादी केन्द्रकै उपाध्यक्ष पदका उम्मेदवार सङ्गीता माझीले चार हजार ५२५ मत प्राप्त गर्दै विजयी हुनु भएको छ ।
यस्तै नेपाली काँग्रेसका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार नवराज श्रेष्ठ आकासले एक हजार ७४५, उपाध्यक्ष पदका उम्मेदवार विमला माझी एक हजार ८९२ र नेकपा एमाले र नयाँ शक्तिको संयुक्त प्यानलका नयाँशक्तिका एक बहादुर रानाले एक हजार ८६६ र नेकपा (एमाले)की उपाध्यक्ष शर्मिला माझीले एक हजार ९७७ मत प्राप्त गर्नुभएको छ ।
नेपाली काँग्रेसले सिन्धुलीको गोजन्जोर गाउँपालिका–२ मा दौलत कार्की ४७७, ५ मा वुद्धिबहादुर पाल्पाली खड्का ५३०, वडा नं ३ मा पुष्कर बरालले ४४२, फिकल गाउँपालिका–१ मा चेतबहादुर विश्वकर्मा ६००, कमलामाई नगरपालिका–१ मा महेश खतिवडा ९१५, दुधौली नगरपालिका–१ मा गोविन्द पहाडी ९५० र तीनपाटन गाउँपालिका–३ मा लालबहादुर स्याङ्तान ३९५ मत प्राप्त गर्दै निर्वाचिन भएका छन् ।
यस्तै नेकपा (एमाले)ले तीनपाटन गाउँपालिका–१ मा गोविन्द राउत ७६६, २ मा हेमबहादुर श्रेष्ठ ५१९, गोलन्जोर गाउँपालिका–४ मा वेगबहादुर मगर ६७६, फिकल गाउँपालिका–२ मा शंकरबहादुर भण्डारी ६७३, ३ मा टेकबहादुर रजनमगर ५७६, दुधौली नगरपालिका–३ मा साने धामी ६५०, सुनकोसी गाउँपालिका–३ मा भोजकुमार सिञ्जाली ३२७ र कमलामाई नगरपालिका–३ मा खड्गप्रसाद चौलागाई ३९१ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।
यस्तै मरिण गाउँपालिका–१ मा हिराबहादुर गुर्मछान ६१६, वडा नं २ मा चन्द्रनाथ गौतम ६६७, वडा नं ३ मा विमर्श मोक्तान ६९३, वडा नं ४ मा धनबहादुर स्याङ्तान ८७८, वडा नं ५ मा प्रचार सिं बम्जन ४३१, वडा नं ६ मा कुरसाङ लामा ६२२ र वडा नं ७ मा राजन थापाले ७०५ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । यस्तै माओवादी केन्द्रका गोलन्जोर गाउँपालिका–१ मा मीनबहादुर सुनुवार ५२८, हरिहरपुरगढी गाउँपालिका–१ मा कार्साङ घलान ६७६ र चन्द्रबहादुर राई ४२९ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।
अध्यक्ष काँग्रेस २११, एमाले १३४, माओवादी केन्द्र ३२७ , बेनपा २ मा एमाले र ३ मा स्वतन्त्र उम्मेदवार विजयी
बाबियाचौर (म्याग्दी), २ जेठ । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा नेकपा (एमाले), राप्रपाको प्यानलका चार र नेपाली काँग्रेसका एकजना उम्मेदवार विजयी भएका छन् ।
एमालेका वडाध्यक्षका उम्मेदवार हिराबहादुर थापाले ६३२ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रताप मल्लले ५९२, नेकपा माओवादी केन्द्रका कृष्णबहादुर कार्कीले २११ मत प्राप्त गर्नुभएको छ ।
महिला सदस्यमा एमालेकी एमालेकी डिलकुमारी घिमिरे ६६७, गौमती नेपाली ६२०, खुल्ला सदस्यमा राप्रपाका चन्द्र कुँवर ५५८, काँग्रेसका डम्मरबहादुर पोखरेलले ५६१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
यसैगरी बेनी नगरपालिका–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार पदम पुनले ५१८ मत ल्याएर निर्वाचित हुनुभएको छ । वडाध्यक्षमा नेपाली काँग्रेसका जसबहादुर पुनले ४२१ र एमालेका डिलबहादुर थापाले ४०० मत प्राप्त गर्नुभएको छ । वडा सदस्यमा स्वतन्त्रका रत्नबहादुर जिसी ४६१, एमालेका गेमबहादुर घर्तिमगर ४९५, महिला सदस्यमा एमालेकी मनकुमारी पुन ४६४, दलित महिला सदस्यमा हरिकला दमाईंले ४६० मत ल्याएर विजयी हुनुभएको छ ।
बेनी नगरपालिकाको १, २ र ३ वडाको मतगणना गर्दा प्रमुखमा एमालेका प्रमोद श्रेष्ठको एक हजार ९२६ र नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठले एक हजार ७२६ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा राप्रपाकी सञ्जु बरुवालले एक ५४६ र माओवादी केन्द्रकी ज्योति लामिछाने पौडेलले एक हजार १०८ मत प्राप्त गर्नुभएको छ । रासस
दोलखा माओवादीको ८ वडा अध्यक्ष, काँग्रेस ४, एमाले ६ विजयी
चरिकोट, २ जेठ । स्थानीय तहको निर्वाचनको पछिल्लो परिणामअनुसार दोलखा जिल्लाको विभिन्न स्थानबाट मत परिणाम प्राप्त हुने क्रम जारी रहेको छ ।
पछिल्लो मत परिणामअनुसार जिरी नगरपालिकाको वडा नं १, २, ३, ४ र ५ बाट विजयी हुनेको नामावली प्रकाशन भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दोलखाका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार जिरी नगरपालिका–१ मा नेपाली काँग्रेसका उम्मेदवारको प्यानल नै विजयी भएका छन् । वडा नं १ को वडाध्यक्षमा लाक्पा शेर्पा, खुला सदस्यहरुमा भक्तबहादुर खड्का, सन फिन्जु शेर्पा, महिला सदस्यमा लालमाया गुभाजु, दलित महिला सदस्यमा लीलामाया विक विजयी हुनुभएको छ ।
त्यसैगरी जिरी नगरपालिका–२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट ङिमापाल्दे शेर्पा, खुला सदस्यमा आङङिमा शेर्पा र पूर्णबहादुर खत्री, महिला सदस्यमा शान्ति कार्की र दलित महिला सदस्यमा निर्मला विक विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ । जिरी नगरपालिका–३ मा एमालेको प्यानल नै विजयी भएका छन् जसमा अध्यक्षमा नुर्वु शेर्पा, सदस्यमा मिङमर शेर्पा, युवराज बस्नेत, महिलामा मञ्जु कार्की खड्का र दलित महिला सदस्यमा किष्णमाया दमिनी विजयी भएका छन् ।
यसैगरी जिरी नगरपालिका–४ मा पनि एमालेका प्यानल नै विजयी भएका छन् जसमा अध्यक्षमा पदेमान जिरेल, सदस्यमा कृष्णबहादुर कार्की, शिवबहादुर कार्की, महिला सदस्यमा रश्मिला राई जिरेल रहेका छन् । त्यसैगरी जिरी नगरपालिका–५ को अध्यक्षमा माओवादी केन्द्रबाट अध्यक्ष ङिमा साङ्गे शेर्पा र अन्य सदस्यमा एमालेका तर्फबाट नरबहादुर जिरेल, रामबहादुर जिरेल, महिला सदस्यमा चिनिमाया जिरेल शेर्पा र दलित महिला सदस्यमा देवकी विक विजयी भएका छन् ।
यसैगरी जिरी नगरपालिका–६ मा पनि एमालेका प्यानल नै विजयी भएका छन् जसको अध्यक्षमा गोपाल कार्की, सदस्यमा प्रकाश जिरेल, लीलाबहादुर जिरेल, महिला सदस्यमा मनमाया र दलित महिला सदस्यमा तारादेवी विश्वकर्मा रहेका छन् । भीमेश्वर नगरपालिका–१ मा एमालेका प्यानल नै विजयी भएका छन् जसको अध्यक्षमा वीरबहादुर थामी, सदस्यमा तिलकबहादुर थामी, मुरारीराज सिवाकोटी, महिला सदस्यमा गौरी थामी र दलित महिला सदस्यमा कल्पना खाती विजयी भएका छन् ।
कालिञ्चोक गाउँपालिका–१ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएका छन् जसको अध्यक्षमा बाबुलाल थामी, सदस्यमा अकलबहादुर तामाङ, डम्बरबहादुर तामाङ, महिला सदस्यमा करुणा थामी र दलित महिला सदस्यमा फुलमाया विक विजयी भएका छन् । कालिन्चोक–२ मा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका नानी पाण्डे विजयी भएका हुन् ।
विगु गाउँपालिका–१ ,२ र ३ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएका छन् जसमा वडा नं १ को अध्यक्षमा हिरन्डेबहादुर गुरुङ, सदस्यमा जितवीर तामाङ, रामबहादुर तामाङ, महिला सदस्यमा माया तामाङ र दलित महिला सदस्यमा बाटुली कामी विजयी भएका छन् भने वडा नं २ को वडाध्यक्षमा कृष्ण ठकुरी, सदस्यमा डिलबहादुर तामाङ, मुक्तिराम तामाङ, महिला सदस्यमा लुङमाया तामाङ र दलित महिला सदस्यमा, टलमाया कामी विजयी भएका छन् । ३ नं वडामा श्रीराम खड्का विजयी भएका छन् ।
त्यसैगरी गौरीशङ्कर गाउँपालिका–१ मा एमालेका प्यानल नै विजयी भएका छन जसको वडाध्यक्षमा झलककुमार कार्की, सदस्यमा गोरे तामाङ, पूर्णबहादुर जिरेल, महिला सदस्यमा पेमा जिरेल र दलित महिला सदस्यमा लीलामाया सार्की विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।
त्यसैगरी वैत्यश्वर गाउँपालिका–८ पनि नेपाली काँग्रेस र माओवादी केन्द्रका संयुक्त उम्मेदवारहरु विजयी भएको कार्यालयले जनाएको छ । जसमा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षमा रमेशकुमार अधिकारी, नेपाली काँग्रेसका तर्फबाट खुला सदस्यमा डिल्लीराज श्रेष्ठ, देवराज खत्री, महिला सदस्यमा माओवादी केन्द्रका तर्फबाट लाटीकान्छी बस्नेत र दलित महिला सदस्यमा नेपाली काँग्रेसकी रुद्रमाया दास विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।
त्यसैगरी जिरी नगरपालिकाको प्रमुखमा एमालेका तर्फबाट टङ्क जिरेल अग्रस्थानमा रहेका बुझिएको छ । त्यसैगरी वैत्यश्वर गाउँपालिकाको अध्यक्षमा काँग्रेसका छवि लामा अग्रस्थान हुनुहुन्छ भने तामाकोसी गाउँपालिकाको अध्यक्ष नेपाली काँग्रेसका भवेन्द्र कार्की अग्रस्थानमा हुनुहुन्छ । त्यसैगरी सैलुङ गाउँपालिकाको मतगणना आज बिहान ८ बजेबाट सुरु गरिए पनि कुनै पनि परिणाम सार्वजनिक गरिएको छैन । कालिञ्चोक गाउँपालिकामा संयुक्त प्यानलले अग्रता लिएको जानकारी प्राप्त भएको छ भने विगु गाउँपालिकामा पनि मतगणना जारी रहेको बताइएको छ ।
उनन्तीस वडा अध्यक्षहरु विजयी
मलेखु (धादिङ), २ जेठ । जिल्लाको ११ गाउँपालिका र दुई नगरपालिकाको १०४ वडामध्ये २९ वडाको आज दिउँसोसम्म परिणाम घोषणा भएको छ ।
घोषणा भएका वडामध्ये एमालेले १७ वडा, नेकपा (माओवादी केन्द्र)ले ७ वडा र नेपाली काँग्रेसले ५ वडामा विजय हासिल गरेको छ । धुनीबेसी नगरपालिका–१ मा एमालेका चन्द्र लामा, २ मा बलराम कुँवर, ४ मा हरिप्रसाद उप्रेती, ६ मा कान्छा तामाङ निर्वाचित भएका छन् ।
यसैगरी वडा नं ५ मा माओवादी केन्द्रका कृष्ण रेग्मी निर्वाचित भएका छन् । वडा नं ३ मा भने पुनः मतगणना सुरु गरिएको छ । थाक्रे गाउँपालिका–२ मा एमालेका राजकुमार पौडेल, ४ मा गणेशमान वाइवा, वडा नं १ मा नेपाली काँग्रेसका इन्द्रबहादुर थापा र वडा नं ३ मा माओवादी केन्द्रका अमित घले निर्वाचित भएका छन् ।
गल्छी गाउँपालिका–१ मा एमालेका पूर्णप्रसाद खतिवडा, २ मा षडानन्द खनाल निर्वाचित भएका छन् । गजुरी गाउँपालिका–१ मा एमालेका राजकुमार पण्डित र २ मा चुडामणि कँडेल निर्वाचित भएका छन् । बेनीघाट रोराङ–२ मा एमालेका टङ्ककुमार थापा, र वडा नं १ मा माओवादी केन्द्रका नन्दु तामाङ विजयी हुनुभएको छ ।
सिद्धलेक गाउँपालिका–१ मा एमालेका चन्दप्रसाद सिलवाल, २ मा कमल गुरुङ, ३ मा देवबहादुर पुलामी निर्वाचित हुनुभएको छ । ज्वालामूखी गाउँपालिका–१ मा एमालेका रामप्रसाद सिलवाल, २ मा नेपाली काँग्रेसका रणबहादुर शाही विजयी हुनुभएको छ । रुबीभ्याली गाउँपालिका–१ मा एमालेका मेन घले र २ मा पेमा घले निर्वाचित हुनुभएको छ । नेत्रावती गाउँपालिका–१ मा माओवादी केन्द्रका चन्द्रबहादुर पल्ली र २ मा शिव थापा र ३ मा नेपाली काँग्रेसका विजयकुमार पाख्रन निर्वाचित हुनुभएको छ ।
यसैगरी त्रिपुरासुन्दरी गाउँपालिका–७ मा माओवादी केन्द्रका देवराज धरेल निर्वाचित हुनुभएको छ । गङ्गा जमुना गाउँपालिका–१ मा माओवादी केन्द्रका यमबहादुर तामाङ निर्वाचित हुनुभएको छ । खनियाबास गाउँपालिका—१ मा नेपाली काँग्रेसका बुद्धि तामाङ र २ मा टेक तामाङ निर्वाचित हुनभएको छ । नीलकण्ठ नगरपालिका—११ मा माओवादी केन्द्रका गणेश थापा निर्वाचित हुनुभएको छ । रासस
वडाध्यक्षमा नेपाली काँग्रेसको प्यानल विजयी
भक्तपुर, मध्यपुरथिमि नगरपालिका–१ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सुरज खड्कासहितको प्यानल विजयी भएको छ ।
खड्काले एक हजार ४६२ मत ल्याई अध्यक्षमा विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अष्टकुमार कवेँले एक हजार १२४ मत ल्याउनुभएको थियो ।
त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवारहरु महिला सदस्यमा विजयीलक्ष्मी द्वारे, दलित महिला सदस्यमा नानी विश्वकर्मा, खुल्ला सदस्यमा रत्न कुमाल र अर्का सदस्यमा सूर्यमान मुस्याङ विजयी हुनुभएको छ ।
यता मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अष्टकुमार कवेँको प्यानल, सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार वासुदेव थापाको प्यानल र भक्तपुर नगरपालिकामा नेमकिपाको प्यानल अग्रस्थानमा रहेको छ ।
गोसाइँकुण्ड गाउँपालिकामा कैसाङ विजयी
रसुवा,गोसाइँकुण्ड गाउँपालिकाको मत परिणाम घोषणा भएको छ ।
मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीका अनुसार गाउँपालिका अध्यक्षमा एक हजार ८२८ मत प्राप्त गरी नेकपा (एमाले)का कैसाङनुर्पु तामाङ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पेम्बा छिरिङ तामाङले एक हजार ५०५ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी, उपाध्यक्ष पदमा एक हजार ७४० मत प्राप्त गरी नेकपा (एमाले) कार्गेल्मो श्रेष्ठ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डेकी तामाङले एक हजार १४९ मत प्राप्त गर्नुभएको थियो ।
छवटा वडा रहेको गोसाइँकुण्ड गाउँपालिकामा तीन हजार ६९३ मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका अन्य चार गाउँपालिकाको मतगणना कार्य जारी रहेको र भोलिसम्ममा सबै नतिजा आइसक्ने अनुमान गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं २ मा काँग्रेस विजयी
पोखरा- पोखरा लेखनाथ महानगरपालिका वडा नं २ मा नेपाली काँग्रेसको समूह विजयी भएको छ ।
काँग्रेसबाट वडाध्यक्षमा रामेश्वर मल्ल ९३४ मतसहित विजयी बन्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दीनानाथ सुवेदीले ५६३ मत प्राप्त गर्नुभएको छ ।
वडा सदस्यमा काँग्रेसका गौतम बिजुक्छे र बद्री पराजुली तथा महिला सदस्यमा गोमा सुवेदी र दलित महिला सदस्यमा सुनिता सुनार विजयी हुनुभएको हो । सो वडामा एक हजार ७४० मतदाताले मतदान गरेका थिए ।
मादी गाउँपालिकामा एमाले विजयी
कास्कीको मादी गाउँपालिकाका अध्यक्षमा नेकपा (एमाले)का वेदबहादुर गुरुङ चार हजार ६३७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवीजङ्ग गुरुङले तीन हजार ६५३ मत र नेकपा (माओवादी केन्द्र)की राधा सापकोटाले ६७४ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपाध्यक्षमा एमालेकी विष्णु पौडेल आचार्य चार हजार ५२३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी प्रभाश्री गुरुङले तीन हजार १३१ र माओवादी केन्दंकी नन्दश्री गुरुङले एक हजार २०४ मत प्राप्त गर्नुभएको छ ।
बाह्र वडा भएको सो गाउँपालिकामा एमालेले वडा नं १, २, ४, ९, १० र ११, काँग्रेसले ३, ५ र ८ तथा माओवादी केन्द्रले १२ नं वडामा जितेका छन् । कुल १३ हजार ५५९ मत रहेको मादीमा नौ हजार ८८० मत खसेको थियो ।
मण्डनदेउपुर र पाँचखालमा काँग्रेस, पनौती–१ र २ मा एमाले
काभ्रे-मण्डनदेउपुर नगरपालिका– २ को वडाध्यक्षमा नेपाली काँग्रेसका केशवप्रसाद तिमल्सिनाले ४२१ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का बद्री शाही ठकुरीले ३७६ मत प्राप्त गर्नुभएको छ । सो वडामा काँग्रेसको समूह नै विजयी भएको छ ।
यस्तै पाँचखाल नगरपालिका– ३ को वडाध्यक्षमा काँग्रेसका सुन्दर अधिकारीले ४३४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का रमेशराज गिरीले ३०८ मत प्राप्त गर्नुभयो । सो वडामा काँग्रेसको पुरै समूह विजयी भएको छ ।
यसैगरी पनौती नगरपालिका–१ र २ मा नेकपा ९एमाले०को पुरै समूह विजयी भएको छ । वडा नं १ को वडाध्यक्षमा सो पार्टीका गुणराज सापकोटाले एक हजार ४२९ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जयकुमार तामाङले एक हजार २४ मत प्राप्त गर्नुभयो । वडा नं २ को वडाध्यक्षमा पुरुषोत्तम अधिकारीले ९८७ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विष्णुप्रसाद सापकोटाले ६३४ मत प्राप्त गर्नुभयो ।
पाजाकोटमा माओवादी केन्द्र विजयी
हुम्ला, पाजाकोट गाउँपालिकाका अध्यक्षमा नेकपा(माओवादी केन्द्र)का बागदल मल्ल एक हजार ३७१ मत ल्याए विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का पूर्णप्रसाद ढकालले ९५१ मत ल्याउनुभएको छ । उपाध्यक्षमा माओवादी केन्द्रका मञ्जु बुढा एक हजार २९० ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दीमा नेपाली काँग्रेसका सुरेन्द्र थापाले ९०३ ल्याउनुभएको छ ।
वडा नं १, ३, ४ र ५ का वडाध्यक्षदेखि सदस्यसम्म माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् भने वडा नं २ मा वडाध्यक्षदेखि सदस्यसम्म एमाले र नेपाली काँग्रेस समीकरण भएर विजयी भएका छन् ।
मालिका– ४ मा माओवादी केन्द्र विजयी
म्याग्दी- मालिका गाउँपालिका– ४ का वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का दिलीप शेरचन ३२८ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका भिजीन्द्रमान पुनले ३०६ र नेकपा एमालेका दधिलाल जैसीले १८३ मत प्राप्त गर्नुभएको छ । सदस्यमा माओवादी केन्द्रका मनरुपा घर्ती, सीता श्रीपाली र उदवीर रसाइली तथा काँग्रेसका बलिराम सुनार निर्वाचित हुनुभएको छ ।
एक हजार ३३५ मतदाता रहेको ओखरबोटमा ८५२ मत खसेको थियो । चार वटा वडाको मतगणना हुँदा मालिका गाउँपालिकाका अध्यक्षमा काँग्रेसका श्रीप्रसाद रोकाले एक हजार २८७ र एमालेका वेगप्रसाद गर्बुजाले एक हजार २७२ तथा उपाध्यक्षमा काँग्रेसकी विमला रोकाले एक हजार २८७ र एमालेकी खरमाया विटालुले एक हजार २८० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गलकोट– २ र ३ मा काँग्रेस विजयी
बागलुङ- गलकोट नगरपालिका वडा नं २ र ३ मा नेपाली काँग्रेसको समूह नै विजयी भएको छ ।
वडा नं २ मा हेमन्त भण्डारी र ३ मा वीरजङ्ग भण्डारीसहितको समूह विजयी भएको हो । वडा नं १ मा भने राष्ट्रिय जनमोर्चाको समूह नै विजयी बनेको छ । राजमोबाट नेत्र बुढाथोकी अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
अहिले वडा नं ४ को मतगणना जारीे छ । पछिल्लो मत परिणामनुसार गलकोट नगरपालिकाका प्रमुखमा काँग्रेसका भरत गैरेले अग्रता लिइरहनुभएको छ । दोस्रो स्थानमा नेकपा (एमाले) र तेस्रोमा राजमोका साझा उम्मेदवार टङ्क केसी रहनुभएको छ ।
भक्तपुर- सूर्यविनायक नगरपालिका वडा नं १ का वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार सानुकाजी कायस्थसहितको समूह विजयी भएको छ ।
कायस्थले एक हजार ६४७ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली राप्रपाका भूपेन्द्र राउतले ८४७ मत ल्याउनु भएकोछ ।
त्यसैगरी महिला सदस्यमा अम्बिका न्यौपाने, दलित महिला सदस्यमा कल्पना नेपाली तथा खुला सदस्यमा प्रदीप कार्की र बाबुकाजी श्रेष्ठ विजयी हुनुभएको छ । सूर्यविनायक नगरपालिकाको हालसम्मको मतगणनामा एमाले अग्रस्थानमा छ ।
यता मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अष्टकुमार कवेँको समूह तथा भक्तपुर नगरपालिकामा नेमकिपा अग्रस्थानमा छन् ।
चाँगुनारायण वडा नं ६ मतदान केन्द्रमा बुधबार पुनः मतदान भएपछि चाँगुनारायण नगरपालिकामा मतगणना सुरु हुने भएको छ । भक्तपुर नगरपालिका वडा नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार श्यामकृष्ण खत्रीकोे समूह विजयी भएको छ ।
खत्रीले एक हजार ९०७ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पवन भुजुले ६५२ मत र एमालेका नारायणसुन्दर सिन्ताकलले ४९८ मत ल्याउनुभएको छ । त्यसैगरी महिला सदस्यमा नेमकिपाका गङ्गालक्ष्मी बमनु तथा खुला सदस्यमा विश्वराज शिल्पकार र सूर्यप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ । यहाँ वडा नं २ को मतगणना सुरु भएको छ ।
बागलुङ– १ र २ मा एमाले विजयी
बागलुङ नगरपालिका वडा नं १ र २ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन् ।
वडा नं १ मा ५९९ मत ल्याएर अध्यक्षमा दुर्गाबहादुर बोहरा एमालेको समूह नै विजयी भएका छन् ।
यस्तै वडा नं २ मा पनि एमालेका जीवन आचार्य अध्यक्षमा विजयी बन्नुभएको छ । सदस्यमा भने तीन जना नेपाली काँग्रेसबाट र एक जना एमालेबाट विजयी बनेका छन् ।
वडा नं ३ को मतगणना अहिले जारी छ । पछिल्ला मत परिणामनुसार वडा नं ३ मा एमाले–राप्रपा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
बागलुङको तमानखोला गाउँपालिकामा काँग्रेसका जोकलाल बुढा विजयी
तमानखोला गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका जोकलाल बुढा विजयी भएका हुन् ।
उपप्रमुखमा पनि काँग्रेसकै मानसरी शेरचन विजयी बनेका हुन् । बुढाले कुल खसेको चार हजार १९३ मतमध्ये दुई हजार २१९ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा९माओवादी केन्द्र० र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार सूर्यप्रसाद श्रीपालीले एक हजार २६९ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा विजयी शेरचनले दुई हजार १५५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी डोरबहादुर क्षेत्रीले ८५८ मत प्राप्त गरेको निर्वाचन अधिकृत सुवासकुमार लामिछानेले जानकारी दिए ।
वडामा भने मिश्रित खालको परिणाम आएको छ । तमानखोला गाउँपालिका–१ र २ मा माओवादी केन्द्रका समूह नै विजयी भएको जनाइएको छ । वडा नं १ मा थमबहादुर रोका ५१० मत र २ मा मीनबहादुर घर्ती ४२५ मतका साथ अध्यक्षमा विजयी बन्नुभएको हो । वडा नं ४ मा नेकपा एमालेका उदिमबहादुर छन्त्याल २१८ मत प्राप्त गरी सिङ्गो समूहसहित विजयी बनेका छन् । वडा नं ५ मा काँग्रेसका हिराबहादुर विक ४५५ मत प्राप्त गरी समूहसहित विजयी भएका छन् ।
तारकेश्वर–१ मा एमाले विजयी
तारकेश्वर नगरपालिका– १ मा वडाध्यक्षसहित नेकपा एमाले विजयी भएको छ ।
एमालेका विदुर सापकोटाले ८३९ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेशमान सिंह कुँवरले ६७७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र)का भरत भट्टले २८५ मत प्राप्त गरेका थिए । नगरका निर्वाचन अधिकृत निर्मला योङ्याका अनुसार नगरपालिकाका वडा नं २ र वडा नं ३ को मतगणना जारी छ ।
त्यसैगरी नगरपालिका प्रमुखमा एमालेका रामेश्वर बोहोराले ७८७, काँग्रेसका श्रीराम थापाले ६६६, माओवादी केन्द्रका धनलाल महर्जनले ३०२, राप्रपाका राजकुमार खड्काले ५३ र नयाँ शक्ति पार्टीका वासुदेव फुयाँलले १० मत प्राप्त गरेका छन् ।
मेलम्ची– ३ र ४ मा काँग्रेस, २ र ५ मा एमाले विजयी
पछिल्लो मत परिणामअनुसार मेलम्ची नगरपालिका– ३ र ४ मा नेपाली काँग्रेस विजयी भएको छ भने सोही नगरपालिकाको वडा नं– २ र ५ मा नेकपा ९एमाले० विजयी भएको छ ।
नगरपालिकाको वडा नं– ३ को वडाध्यक्षमा नेपाली काँग्रेसका वसन्त गुरुङले ६०७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जयराम गुरुङले ४४३ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी सोही नगरपालिकाको वडा नं ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका दमाईसिंह तामाङले ६०५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद खनालले ४७६ मत प्राप्त गर्नुभयो ।
सो नगरपालिकाको वडा नं– २ को वडाध्यक्षमा एमालेका सन्तबहादुर तामाङले ५६७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका लालाचन्द्र खतिवडाले ४७० मत प्राप्त गर्नुभयो ।
यस्तै सो नगरपालिकाको वडा नं– ५ को वडाध्यक्षमा एमालेका सुदर्शन लुइँटेलले ५०३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजेन्द्र सिग्देलले ४४६ मत प्राप्त गर्नुभएको छ ।
मेलम्ची नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नगर प्रमुखमा नेकपा ९एमाले०का डम्वर अर्यालले दुई हजार ७६५ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका आइतमान तामाङले दुई हजार २१८ मत प्राप्त गर्नुभएको छ । नेकपा ९माओवादी केन्द्र०का श्याम खड्काले एक हजार ३८५ र राप्रपाका फणिन्द्र दाहालले एक हजार ३२५ मत प्राप्त प्राप्त गर्नुभएको छ ।
यस्तै सो नगरपालिकाको नगर उपप्रमुखमा एमालेकी भगवती नेपालले दुई हजार ८३९, काँग्रेसकी सविता गुरुङले दुई हजार २०४, राप्रपाकी कुमारी तामाङले एक हजार ४३१ र नेकपा ९माओवादी केन्द्र०की मुनादेवी ढकालले एक हजार १२८ मत प्राप्त गर्नुभएको छ । रासस
बेनी नगरपालिका–३ मा स्वतन्त्र उम्मेदवार पुन विजयी
नी नगरपालिका–३ भकिम्लीको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार पदम पुनले ५१८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जसबहादुर पुनले ४२१ र एमालेका डिलबहादुर थापाले ४०० मत प्राप्त गरेका छन् ।
सदस्यहरुमा स्वतन्त्रका रत्न जिसी र एमालेका गेमबहादुर घर्तीमगर, मनकुमारी पुन र हरिकला दमार्इं निर्वाचित भएका छन् ।
दुई हजार २६० जना मतदाता र तीन वटा मतदान केन्द्र रहेको भकिम्लीमा एक हजार ४६९ मत खसेको थियो ।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष
एमाले – नरेन्द्रकुमार शाही– २,०१७ (विजयी)
नेका– खडक बिसी – १,८३३
उपाध्यक्ष – कुमारी थापा – २,०६३ (विजयी)
गीता शाही – १,८१२
जाजरकोटको जुनीचाँदे गापा–११ मा एमाले विजयी
जुनीचाँदे गाउँपालिका–११ वडाध्यक्ष
एमाले– अमर शाही– ३०७ (विजयी)
माओवादीकेन्द्र– भीमबहादुर बस्नेत– २३९
नेका– धर्म नेपाली– ११५
म्याग्दीको अन्नपूर्ण–४ मा काँग्रेस विजयी
अन्नपूर्ण गाउँपालिका–४– वडाध्यक्ष–दल– उम्मेदवार– मत
नेका– चन्द्रप्रकाश फगामी– ५८६ (विजयी)
एमाले– ओमलाल पुन–२८६
महिला सदस्य
नेका– पवित्रा खड्का ५७३ (विजयी)
दलित महिला सदस्य
नेका–सुकमाया विक– ५५५ (विजयी)
खुला सदस्य
नेका– नेकबहादुर तिलिजा–५२६ (विजयी)
नेका–रुद्रबहादुर तिलिजा ५२० (विजयी)
धादिङमा एमाले १२, काँग्रेस र माओवादी केन्द्र चार–चार स्थानमा विजयी
स्थानीय तहको निर्वाचको मतगणना कार्य सुरु भएपछि हालसम्म २० वटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।
प्राप्त परिणामअनुसार एमालेले २० वटा वडा, नेपाली काँग्रेसले चार वटा वडा र नेकपा माओवादी केन्द्रले चार वटा वडामा विजय हासिल गरेको छ ।
धुनीबेसी नगरपालिका–१ मा चन्द्र लामा, २ मा बलराम कुँवर, थाक्रे गाउँपालिका–२ मा राजकुमार पौडेल, ४ मा गणेशमान वाइबा, गल्छी गाउँपालिका–१ मा पूर्णप्रसाद खतिवडा, गजुरी गाउँपालिका–१ मा राजकुमार पण्डित, २ मा चूडामणि कँडेल, बेनीघाट रोराङ–२ मा टङ्ककुमार थापा, सिद्धलेक गाउँपालिका–१ मा चन्द्रबहादुर सिलवाल, २ मा कम गुरुङ, ज्वालामुखी गाउँपालिका–१ मा रामप्रसाद सिलवाल, रुबीभ्याली गाउँपालिका–१ मा मेन घले एमालेका तर्फबाट विजयी भएका हुन् ।
यसैगरी नेपाली काँग्रेसको तर्फबाट खनियाबास गाउँपालिका–१ मा बुद्धि तामाङ, २ मा छेकबहादुर तामाङ, थाक्रे गाउँपालिका–१ मा इन्द्रबहादुर थापा धुनीबेसी नगरपालिका–३ मा प्रकाश हमाल वडा अध्यक्षमा विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रको तर्फबाट थाक्रे गाउँपालिका–३ मा अमित घले, बेनीघाट रोराङ गाउँपालिका–१ मा नन्दु तामाङ, नेत्रावती गाउँपालिका–१ मा चन्द्रबहादुर पल्ली र २ मा शिव थापा निर्वाचित भएका छन् ।
एघारवटा गाउँपालिका र दुई नगरपालिकामा मतगणना भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
दुई नगरपालिकामध्ये नीलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अगाडि छन् भने धुनीबेसीमा एमालेका उम्मेदवार अगाडि छन् ।
मतपरिणम अनुसार सात गाउँपालिकाको प्रमुखमा एमाले अगाडि रहेको छ । माओवादी केन्द्र र नेपाली काँग्रेस दुई/दुई स्थानमा अगाडि छ ।
चौरी देउरालीको दुई वडामा माओवादी केन्द्र विजयी
काभ्रेपलाञ्चोक जिल्लाको कोसीपारि चौरी देउरालीमा नेकपा माओवादी केन्द्र दुवै वडामा विजयी भएको छ ।
सो गाउँपालिकाको वडा नं १ मा राजु आले तामाङ र वडा नं २ मा दिनेश लामा विजयी भएका छन्। तामाङले ३१० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रताव लामाले २७७ मत प्राप्त गरेका थिए । त्यस्तै वडा नं २ मा दिनेश लामाले ३०० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका डम्बरबहादुर लामाले २३९ मत प्राप्त गरे ।
प्राप्त परिणामअनुसार वडा नं १ मा माओवादी केन्द्रका कान्छामान जिम्बाले ४३० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवराज योञ्जनले २०२ मत प्राप्त गरेका छन् । सो वडाको महिला सदस्यमा विकुमाया श्रेष्ठ र दलित महिला सदस्यमा दुर्गामाया परियार र अन्य सदस्यहरुमा ढकबहादुर दर्लामी र वीरध्वज योञ्जन विजयी भएका छन् ।
त्यस्तै वडा नं २ मा मीनबहादुर वाइबाले ३४० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका ज्ञानबहादुर स्याङ्तानले २०१ मत प्राप्त गरेका छन् । वडा सदस्यहरुमा महिला सदस्य मन्दोमाया गोले, दलित महिला सदस्यमा कान्छीमा याल विक र अन्य सदस्यमा ठलबहादुर जिम्बा र बुद्धिमान जिम्बा विजयी भएका हुन् ।
मुस्ताङको तीन गाउँपालिकामा प्रमुख चुनिए
हिमाली जिल्ला मुस्ताङको तीन गाउँपालिकामा मतगणना सम्पन्न भएको छ ।
तिब्बतसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका सुवर्णकुमार विष्ट विजयी भएका छन् ।
सोमबार राति सम्पन्न मतगणनामा स्वतन्त्र उम्मेदवार इन्द्रधारा विष्टलाई पराजित गर्नुभएको हो । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत सीताराम शर्मा लामिछानेका अनुसार सुवर्णले ६०३ र स्वतन्त्र उम्मेदवार इन्द्रधाराले ४९५ मत प्राप्त गरेका छन्। नाताले दुबै प्रतिस्पर्धी मामाभाञ्जा हुन् ।
एक हजार ७०० मतदाता रहेको लोमान्थाङमा एक हजार २६३ मत खसेको थियो । सो गाउँपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकै कोसी पासाङ विजयी भए।
घरपझोङ गाउँपालिकामा नेकपा एमालेका आशबहादुर थकाली विजयी भएका छन् । एक हजार ५६८ मतदातामध्ये एक हजार २५९ मत खसेको घरपझोङमा थकालीले ४५४ मत ल्याएर नेपाली काँग्रेसका विजय हिराचनलाई पराजित गर्नुभएको हो । हिराचनले ४१७ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकै शर्मिला गुरुङले ७०७ मत ल्याएर विजयी भइन् ।
एक हजार २७७ मतदातामध्ये ९९८ मत खसेको दालामे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार राजु विष्ट (लोप्छाङ ह्याङ्सी गुरुङ) ७५५ मत ल्याएर विजयी भए। उनले नेपाली काँग्रेसका तेञ्जिङ गुरुङलाई पराजित गरे । गुरुङले २०३ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा भने नेकपा एमालेका ढोका गुरुङ ६०१ मत प्राप्त गरी विजयी भए।
वाग्मती गाउँपालिका–३ मा माओवादी केन्द्रको समूह नै विजयी
मकवानपुरको वाग्मती गाउँपालिका–३ मा माओवादी केन्द्रको समूह नै विजयी भएको छ ।
माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेवार बलबहादुर पाख्रिनले ३१४ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का बाबुलाल गोलेले २५५ मत प्राप्त गरेका छन् ।
यस वडाबाट अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले ३१२, नेकपा एमालेले २५५ र नेपाली काँग्रेसले १४३ मत प्राप्त गरेको छ भने उपाध्यक्षमा माओवादी केन्द्रले ३१०, नेकपा एमालेले २५४ र नेपाली काँग्रेसले १३५ मत प्राप्त गरेको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा एमाले
हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकामा एमालेबाट वडाध्यक्षका उम्मेदवार आसबहादुर थकाली ४५४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विजयी हिराचनले ४१७, स्वतन्त्र उम्मेदवार महेन्द्र थकालीले २३६ र नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार दिनेश थकालीले ५५ मत मत ल्याएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका बालकृष्ण मिश्रले जानकारी दिए ।
गाउँपालिका उपाध्यक्षमा एमालेकै शर्मिला गुरुङ ७०७ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी पुष्पा शेरचनले २१५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ ।
बेनी–२ मा एमाले विजयी
बेनी नगरपालिका–२ मा ज्यामरुक कोटमा नेकपा एमाले– राप्रपा समूहबाट छ र नेपाली काँग्रेसबाट एक जना उम्मेदवार विजयी भएका छन्।
एमालेका वडाध्यक्षका उम्मेदवार हिराबहादुर थापा ६३४ मत प्राप्त गरी विजयी भ। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका प्रताप मल्लले ५९६ मत प्राप्त गरेका छन् ।
आइतबार राति ११ बजेदेखि सुरु गरिएको मतगणनाको सोमबार मध्यरातमा प्राप्त अन्तिम मतपरिणामनुसार बेनी नगरपालिका प्रमुखमा एमालेका प्रमोद श्रेष्ठले एक हजार ३९० र काँग्रेसका हरिकुमार श्रेष्ठले एक हजार १९२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीका निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए । अहिले बेनी– ३ को मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बेनी नगरपालिकामा काँग्रेस र नेकपा माओवादी केन्द्र तथा एमाले र राप्रपा चुनावी तालमेल गरी निर्वाचनमा होमिएका हुन् ।
बुङ्दीकाली गाउँपालिका प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवार विजयी
नवलपरासीको बुङ्दीकाली गाउँपालिकको प्रमुखमा नेपाली काँग्रेसका दुर्गाबहादुर रानाले तीन हजार १९१ मत ल्याई विजयी भएका छन्।
उपप्रमुखमा पनि काँग्रेसकै मायादेवी श्रेष्ठले तीन हजार १७३ मत ल्याई विजयी बनेकी छिन् ।
अध्यक्षमा रानाले एमालेका निकटतम प्रतिद्वन्द्वी श्यामसुन्दर श्रेष्ठलाई १५२ मतले पराजित गरेका हुन् । श्रेष्ठले तीन हजार ३९ मत प्राप्त गरेका थिए । उपप्रमुखमा काँग्रेसकै मायादेवी श्रेष्ठले एमालेका उम्मेदवार डिलकुमारी सारुलाई १६३ मत अन्तरले पराजित गरे । सारुले तीन हजार १० मत प्राप्त गरेका थिए ।
यस गाउँपालिकाको वडा नं १, ३ र ४ मा काँग्रेसको समूहले जितेको छ भने वडा नं २, ५ र ६ एमालेले समूहले जितेको छ । बुङ्दीकाली गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित १७ स्थान नेपाली काँग्र्रेस र १५ स्थान नेकपा एमालेले विजय हासिल गरेको छ ।
गाउँपालिकको प्रमुखमा निर्वाचन जितेका राना हाल नेपाली काँग्रेस नवलपरासी क्षेत्र नं २ का क्षेत्रीय सभापतिसमेत हुन् ।
बनेपा नपाको वडा नम्बर ३ र ४ मा एमाले विजयी, १ र २ मा नेपाली काँग्रेस
काभ्रेपलाञ्चोक जिल्लाको अहिलेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेको अग्रता रहेको छ । बनेपा नगरपालिकाको मतगणना अनुसार वडा नम्बर ३ र ४ मा एमाले विजयी छ ।
त्यस्तै, मण्डन देउपुर वडा नम्बर १ को मतगणना अनुसार एमाले पूरै समूह विजयी भएको छ । त्यस्तै, पाँचखालको वडा नम्बर १ मा पनि एमालेको अग्रता देखिएको छ । बनेपा नगरको मतगणनाअनुसार नेकपा एमालेले नेपाली काँग्रेसलाई पछि पार्दै १,१२८ मतले वडा नम्बर १ मा कृष्णप्रसाद दाहाल विजयी भउका छन् भने वडा नम्बर २ मा ११३६ मतले श्यामसुन्दर श्रेष्ठ विजयी भएका छन् ।
त्यसैगरी, मण्डन नगरपालिका–१ मा एमालेको पूरै समूह विजयी भएको छ । एमालेको विजयी समूहमा वडाध्यक्षमा लक्ष्मण बस्ताकोटी ६६० मतले काँग्रेसलाई पछि पार्दै विजयी भएका छन् ।
त्यस्तै, दलित महिला सदस्यमा सानीकान्छी दमाईंले ६४७ मत पाएकी छिन् । महिला सदस्यमा अञ्जली तामाङले ६४७, सदस्य नम्बर १ मा टोकबहादुर तामाङले ६४१ र सदस्य नम्बर २ मा रामप्रसाद दाहालले ६१७ मत प्राप्त गरी पूरै समूह विजयी भएको हो ।
पाँचखाल वडा नं १ को वडाध्यक्षमा अष्टबहादुर तामाङले ५०७ मत ल्याएर विजयी भएका छन् । त्यसैगरी, दलित महिला सदस्यमा माओवादीमा कान्छी दमाईंबाहेक अन्य सदस्यमा एमाले नै विजयी छ ।
बनेपा नपाको वडा नम्बर १ र २ मा भने वडाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । वडाध्यक्षमा १ नम्बरमा पीताम्बर दुलालले ५१३ र २ बाट हरिशरण घिमिरेले ४५७ मत ल्याएर विजयी भएका छन् ।
भक्तपुरमा नेमकिपाले खाता खोल्यो, वडा नं १ मा प्यानलनै विजयी
भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले खाता खोलेको छ । भक्तपुर नगरपालिकाको वडा नं १ को आज बिहान सम्पन्न मतगणनामा नेमकिपाका श्यामकृष्ण खत्रीको प्यानलनै विजयी भई खाता खोलेको हो ।
खत्रीले एक हजार ३७६ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पवन भुजुले ५०४ मत ल्याएका थिए भने एमालेका नारायणसुन्दर सिन्ताकलले ४३८ मत ल्याएका थिए । महिला सदस्यमा नेमकिपाका गङ्गालक्ष्मी बमनु, सदस्यद्वयमा विश्वराज शिल्पकार र सूर्यप्रसाद श्रेष्ठ विजयी भएका छन् ।
ललितपुरको गोदावरी नगरपालिका र वाग्मती गापाको एक–एक वडामा काँग्रेस
ललितपुरको गोदावरी नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली काँग्रेसको समूह विजयी भएको छ ।
अन्तिम मत परिणामअनुसार काँग्रेसका हरिकृष्ण कार्कीले वडा अध्यक्षमा एक हजार ३२४ मत प्राप्त गरेका भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रामचन्द्र थापाले एक हजार २० मत प्राप्त गरेका छन् ।
त्यस्तै, वाग्मती गाउँपालिका–१ को अध्यक्षमा काँग्रेसको समूह विजयी भएको छ । काँग्रेसका जगत लोले अध्यक्षमा ४९० मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पुरुषोत्तम तिमिल्सिनाले ३१८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, वाग्मती गाउँपालिका–२ मा पनि काँग्रेसकै समूह विजयी भएको छ । वडा अध्यक्षमा काँग्रेसका विजय लोले ४८५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर भुलुनले २९६ मत प्राप्त गरेका छन् ।
हेटौँडा उपमहानगरपालिका वडा नं १ मा काँग्रेस विजयी
हेटौँडा उपमहानगरपालिका वडा नं १ को मतगणना कार्य आज बिहान सम्पन्न भएको छ ।
सो वडाको वडाअध्यक्षमा नेपाली काँग्रेसका सविन न्यौपानेले एक हजार १४५ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उत्तर न्यौपानेले एक हजार ३६ मत प्राप्त गरेका थिए ।
हेटाँैडा उपमहानगरपालिकाको वडा नं २, १८ र १९ वडाको मतगणना कार्य अहिले १० बजेदेखि सुरु गर्ने मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले बताए ।
पोखरा लेखनाथ वडा नं १ मा एमाले विजयी
स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा नं १ मा नेकपा एमाले को समूह विजयी भएको छ ।
कुल दुई हजार ४४३ मत खसेकोमा एमाले वडा अध्यक्ष पदका उम्मेदवार शारदा पराजुलीले एक हजार ११३ मत प्राप्त गरेका हुन् ।
उन्का प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार टङ्कनाथ पौडेलले ६९७ मत प्राप्त गरे ।
उक्त वडामा एमालेका नगरप्रमुख पदका उम्मेदवार मानबहादुर जिसीले एक हजार ६५ मत प्राप्त गर्नुभएको छ भने काँग्रेसका प्रमुख पदका उम्मेदवार रामजी कुँवरले ८३१ मत प्राप्त गरे ।
डोल्पाको एक नगरपालिकामा एमाले-राप्रपा गठबन्धन बिजय
डोल्पको एक नगरपालिकामा एमाले र राप्रपा गठबन्धनले काँग्रेस-माओवादी गठबन्धनका उम्मेदवार पराजित गरेका छन् । ठूलीभेरी नगरपालिकामा मतगणना सकिएको छ ।
जहाँ एमाले राप्रपा गठबन्धनबाट मेयरका उम्मेदवार एमाले गणेशबहादुर शाही १४८३ मत ल्याएर बिजय भएका छन् । त्यस्तै उममेयरमा राप्रपाका योगेन्द्रबहादुर शाही १३२४ मत ल्याएर जिबय भएका छन् ।
मेयरमा काँग्रेसका सुवर्णबहादुर बुढाले १३६२ र माओवादीका लक्ष्मी कार्की ११८४ मत
पाएका छन् ।
रघुगङ्गा –१ मा काँग्रेस र अन्नपूर्ण –३ मा एमाले विजयी
म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ मा नेपाली काँग्रेस र अन्नपूर्ण–३ मा नेकपा एमालेका वडा अध्यक्षसहित सबै उम्मेदवार निर्वाचित भएका छन् ।
रघुगङ्गा–१ बेगमा नेपाली काँग्रेसका बिलबहादुर फगामीले ४१८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिस्पर्धी एमालेका नरसिङ पुनले २६३ मत प्राप्त गरे।
यसैगरी, अन्नपूर्ण गाउँपालिका–३ दानाको वडा अध्यक्षमा नेकपा एमालेका नरसिङ पुनले ५०७ मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित भएका हुन् भने प्रतिस्पर्धी काँग्रेसका बेलबहादुर पुर्जाले ४४६ मत प्राप्त गरे।
मनाङमा एमाले विजयी
चामे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लोकेन्द्रबहादुर घले २१४ मत ल्याई विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी अनिता लामालाई १७३ मत प्राप्त भयो । सो गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसका मुनिन्द्रजङ गुरुङले १६९ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी किटनीदेवी गुरुङले १६० मत प्राप्त गरिन् ।
यस्तै नेच्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कान्छा घले ६२७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विनोद गुरुङले ४६१ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेका मेङ्खु गुरुङले ६११ मत प्राप्त गरी विजयी भए भने, काँग्रेसका छिरिङ अङ्गमा गुरुङ घलेले ५०५ मत प्राप्त गरे ।
यसैगरी नासङ गाउँपालिकाको अध्यक्षमा काँग्रेसका चन्द्र घले ५८४ मतसहित विजयी भए । निकटतम प्रतिद्वन्द्वी एमालेका मनबहादुर गुरुङले ४८५ मत प्राप्त गरे । उपाध्यक्षमा काँग्रेसकी कमलमाया गुरुङ ५४६ मत ल्याई विजयी भइन् भने नेकपा माओवादी केन्द्रका वेदबहादुर गुरुङले ४६४ मत प्राप्त गरे।
गोठीचौर गाउँपालिकामा माओवादी विजयी
जुम्ला - गोठीचौर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी विजयी भएका छन् ।
भण्डारी प्रदेश नं ६ अन्तर्गत सम्पन्न निर्वाचनमा विजयी हुने पहिलो अध्यक्ष हुन् । भण्डारीले खसेको तीन हजार ९६६ मतमध्ये एक हजार ५९६ मत ल्याएर विजयी भएका निर्वाचन अधिकृत मोहनसागर बस्यालले जानकारी दिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका क्षेत्रबहादुर भण्डारीले एक हजार ४६७ मत ल्याएर पराजित भए ।
त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै जानुदेवी ऐडीले एक हजार ५८६ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा उहाँका प्रतिद्वन्द्वी धनरुपा बुढाले एक हजार ३६५ मत ल्याए ।
गोठीचौर १, २ र ३ को वडा अध्यक्षमा क्रमशः नेकपा एमालेका गणेश ऐडी, पृथ्वीबहादुर बुढा, प्रेमबहादुर बुढाले विजय हात पारेका छन् । त्यसैगरी, ४ र ५ नं वडाको वडाध्यक्षमा माओवादी केन्द्रका जगप्रसाद जैसी र चन्द्रबहादुर नेपालीले जित हासिल गरेको निर्वाचन अधिकृत बस्यालले बताए । उक्त गाउँपालिकामा कुल जम्मा चार हजार ८२३ मतदाता सङ्ख्या थियो ।
कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका अध्यक्षमा माओवादी विजयी
कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका डम्बरबहादुर शाही विजयी भएका छन् । शाही विजयी भएको जिल्ला निर्वाचन अधिकृत जितबहादुर शाहीले जानकारी दिएका छन् ।
कांग्रेसको बागीका कारण मुस्ताङको घरपझोङ गाउँपालिकामा एमाले विजयी
मनाङको चामेबाट विजयी सुरुवात गरेको नेकपा एमालेले मुस्ताङमा पनि जित हात पारेको छ । मुस्ताङ सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकाको अध्यक्षमा एमालेका आसबहादुर थकालीमा निर्वाचित भएका छन् ।
थकालीले ४ सय ५४ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका बिजय हिराचनले ४ सय १७ मत प्राप्त गरे । यो गाउँपालिकामा कांग्रेसका बागी उम्मेदवार उठेका थिए ।
वागी उठ्ने उम्मेदवारको पार्टी सदस्यता नै खारेज गर्ने काँग्रेसको विधानमै भए पनि त्यसको प्रवाह नगरी महेन्द्र थकालीले उम्मेदवारी दिएका थिए । थकाली नै हिराचनको मुख्य प्रतिष्पर्धी बने । कांग्रेसका बागी उम्मेदवार थकालीले २ सय ३६ मत प्राप्त गरे । माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार दिनेशलाल थकालीले मात्र ५५ मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि एमालेकै शर्मिला गुरुङ निर्वाचित भइन् । उनले ७ सय ७ मत प्राप्त गरिन् । कांग्रेसबाट उपाध्यक्षकी उम्मेदवार पुष्पा शेरचनले २ सय १५ मत प्राप्त गरिन् ।
यसअघि लोमान्थाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सुबर्णकुमार बिष्ट बिजयी भएका छन् । स्वतन्त्र उम्मेदवार इन्द्रधारा बिष्टलाई पराजित गर्दै सुवर्णकुमारले जित हात पारेका हुन् ।
स्वतन्त्रका इन्द्रधारा बिष्टले ४ सय ९५ मत प्राप्त गरे भने माओबादी केन्द्रका घुर्मीवाङदेल बिष्टले १ सय ८ मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसकै पेमा डोल्मा बिष्टले ६ सय ५२ मत ल्याइ बिजयी भइन् ।
मालीका– १ मा काँग्रेस विजयी
म्याग्दीको मालीका गाउँपालिका– १ वडाध्यक्षमा नेपाली काँग्रेसका टङ्क पुन ४५१ मत ल्याई निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वुद्धीबहादुर पुनले २६४ र नेकपा (माओवादी केन्द्र) का गोविन सिउथानीले १३५ मत प्राप्त गरे ।
सो गाउँपालिकाको वडा सदस्यमा समेत काँग्रेसकै मनरुपा पुनमगर, मनकुमारी कामी, दिलकुमारी पुन र लोकबहादुर मल्ल विजयी भए । यहाँ एक हजार ३३७ मतदाता रहेकामा ९०७ जनाले मतदान गरेका थिए ।
यस्तै मालीका गाउँपालिकाको अध्यक्षमा काँग्रेसका श्रीप्रसाद रोकाले ४५१, एमालेका बेगप्रसाद गर्बुजाले २६७ र माओवादी केन्द्रका कमल केसीले १३८ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा काँग्रेसका विमला रोकाले ४५३, एमालेका खरमाया बिटालुले २६७ र माओवादी केन्द्रका गौरी सेञ्चुरीले १४१ मत प्राप्त गरे ।
जुम्लामा माअोवादीले खाता खोल्यो
नेकपा माओावादी केन्द्रले जुम्लामा खाता खोलेको छ । जुम्लाको गुठीचौर गाउँपालिकामा प्रमुख हरीबहादुर भण्डारी निर्वाचित भएका छन् ।
उनले १ सय ५० मत प्राप्त गरी माओवादीका भण्डारी विजयी भएका हुन् ।
उनले एमालेका क्षेत्रबहादुर भण्डारीलाई पराजित गरेका हुन् ।
गुठीचौर गाउँपालिका उपप्रमुखमा माओवादी केन्द्रकै टिका एैडी निर्वाचित भएकी छन् ।
अन्नपूर्ण २ मा माओवादी केन्द्र विजयी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा (माओवादी केन्द्र)का उमेद्वार विजयी भएका छन् ।
केन्द्रका ओमबहादुर फगामीले २१३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । महिला सदस्यमा टेकमाया पुन (२०५), दलित महिला सदस्यमा विष्णुकुमारी परियार (२१७), खुल्ला सदस्यमा बुद्धीबहादुर पुन (२०३) र वीरबहादुर पौडेल (१९९¬) प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दुईवटा मतदान केन्द्र र ५४३ जना मतदाता रहेको भुरुङ तातोपानीमा ४१० मत खसेकोमा आठ मत बदर भएको थियो ।
मेलम्ची नगरपालिका– १ मा एमाले विजयी
मेलम्ची नगरपालिका– १ को वडाध्यक्षमा नेकपा (एमाले)का कृष्णप्रसाद चौलागाई ८४१ मत प्राप्त गरेर विजयी भए ।
उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बद्री चौलागाईले ४३२ मत प्राप्त गरे । सो वडामा एमालेको पुरै प्यानल विजयी भएको छ ।
डोल्पाको काइके गाउँपालिकामा एमालेले विजय
काइके गाउँपालिकाको अध्यक्षमा नेकपा ९एमाले०का अङ्गत राना ९२० मत ल्याएर विजयी भएका छन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिरा रोकायाले ८० मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा राप्रपाका कुञ्जन बुढा ९१५ मत ल्याई विजयी भएका छन् भने काँग्रेसका हिमाली रोकायाले ६३ मत प्राप्त गरेका छन् ।
यस्तै ठूलीभेरी नगरपालिका– १ मा राप्रपाका बागबहादुर महतारा वडाध्यक्षमा विजयी भए । ठूलीभेरी नगरपालिका– २ मा नेकपा ९एमाले०का देवी रोकाया वडाध्यक्षमा विजयी भएका छन् ।
ठूलीभेरी नगरपालिकामा काँग्रेसको अग्रता
ठूलीभेरी नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका सुवर्ण बुढाले २५० मत र नेकपा एमालेका गणेश शाहीले १२६ मत प्राप्त गरेका छन् । उपप्रमुखमा राप्रपाका योगेन्द्रबहादुर शाहीले २४० मत तथा नेकपा माओवादी केन्द्रका लक्ष्मी चन्द कार्कीले ८४ मत प्राप्त गरेका छन् ।
जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा मतगणना सुरु भएको छ ।
गोदावरी १ मा काँग्रेस, महाँकाल ६ मा एमाले विजयी
गोदावरी नगरपालिका र महाँकाल गाउँपालिकाको अन्तिम मत परिणाम आएको छ । जसअनुसार गोदावरी नगरपालिका–१ वडाका वडाप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार हरिहर कार्की ८४८ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै महाँकाल गाउँपालिका–६ को प्रमुखमा नेकपा एमालेका उम्मेदवार रामकृष्ण आचार्यसहित प्यानलनै विजयी भएको छ ।
मनाङको चामे गाउँपालिकामा एमाले विजयी
मनाङ जिल्लाको चामे गाउँपालिकाबाट एमालेले बिजयी भएको छ ।
चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रवहादुर घले २१४ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेका छन् ।
जाजरकोटको शिवालय गाउँपालिकाको वडामा माओवादी केन्द्रको प्यानल नै विजयी
जाजरकोटको शिवालय गाउँपालिका वडा नं १ मा नेकपा माओवादी केन्द्रका मानवहादुर पुनको प्यानल विजय भएको छ ।
गाँउपालिका अध्यक्षमा मानवहादुर पुनले २६९ मत ल्याएर विजयी भएका हुन् भने महिला सदस्यमा सदस्यमा रामसरी राना २४७ मत ल्याएर विजयी भएका हुन् ।
त्यस्तै सदस्यमा विजयी हुनेमा भद्री दमाई, कृष्णा राना र चन्द्रवहादुर पुन रहेका छन् ।
मनाङमा एमालेको अर्को जित
मनाङको नेस्याङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा बिजय हासिल गरेको छ । मतगणना अनुसार एमालेका कान्छा घले ६२७ मत प्राप्त गरी बिजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका बिनोद गुरुङले ४६१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकी मिंखु गुरुङले ६११ मत प्राप्त गरेर जित निकालेका छन् । कांग्रेसकी छिरिङ ओङमा गुरुङलाई ५०४ मत प्राप्त भएको छ ।
यसअघि मनाङको चामे गाउँपालिकामा पनि एमालेका डम्बर बहादुर घले बिजयी भएका थिए ।
ढोरपाटन–१ मा माओवादी केन्द्र विजयी
वाग्लुङ्गको ढोरपाटन नगरपालिकाको वडानम्वर–१ मा नेकपा माओवादी केन्द्रका उमेदवार चित्रबहादुर भण्डारी वडाअध्यक्षमा निर्वाचित भएका छन् । उनीे २ सय ५० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अशोक बिकले १ सय ९१ मत ल्याएका छन् ।
त्यस्तै चारवटा वडा सदस्यपदमा कांग्रेसका उमेदवारहरु विजयी भएका छन् । महिला सदस्यमा गौमती कुमालले २ सय ३५ मत ल्याएर विजयी भएकी छिन् । दलित महिला सदस्यमा असारी बिक विजयी भएकी छिन् भने खुल्ला सदस्यमा होमबहादुर रानाले २ सय ६९ मत र सन्धी गुरुङ्गले २ सय ४० मत ल्याएर विजयी भएकी छिन् ।
ललितपुर महानगरपालिका वडानम्बर १ को अध्यक्षमा कांग्रेस विजयी
ललितपुर महानगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
कांग्रेसका निर्मल तण्डुकार अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले ६९२ मत ल्याएका छन् भने प्रतिद्धन्द्धी एमालेका रमेश महर्जनले ५३० मत ल्याएका छन् ।
त्यस्तै माओवादी केन्द्रका अर्जुन तण्डुकारले २८१ मत ल्याएका छन् ।
त्यस्तै वडा सदस्यहरु कांग्रेसका सुशिाला सिंजापति, कृष्ण महर्जन हरिहर तण्डुकारले क्रमशः ६२९, ५९४ ६४६ मत ल्याएका छन् । १ नं वडामा नयाँ शक्तिबाट विना कुमारी पोडे निर्विरोध निर्वाचित भएकी थिइन् ।
म्याग्दीको अन्नपूर्ण–१ मा एमाले विजयी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा नेकपा एमालेका दिलीप गर्बुजाले ३४१ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन्र ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेकै महिला सदस्यमा बोमाया गर्बुजा, दलित महिला सदस्यमा शोभा विक, खुल्ला वडा सदस्यमा अमृत गर्बुजा र कुलप्र्रसाद पुर्जा विजयी भएका हुन् ।
रोशी गाउँपालिका १२ नं वडामा माओवादी केन्द्र विजयी
काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका १२ नं वडा भीमखोरीमा नेकपा माओवादी केन्द्रको समूह नै विजयी भएको छ ।
माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर मोक्तान तीन सय ४५ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत गणेश आचार्यले जानकारी दिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बिलाराम मोक्तानले दुई सय पाँच र नेकपा (एमाले)का लीलाराम मोक्तानले एक सय चार मत प्राप्त गरेका छन् । सो वडामा सात सय १७ मत खसेको थियो ।
सुर्खेत : लेकबेंसी–१ मा एमालेका पुन विजयी
लेकबेसी नगरपालिका–१ मा नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाको संयुक्त समूह विजयी भएको छ ।
मतपरिणामानुसार एमालेका मानबहादुर पुनले सात सय ९८ मत प्राप्त गरेर वडाध्यक्षमा विजयी भएका हुन् । पुनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हरिमान घलेले चार सय ४० र नेकपा(माओवादी केन्द्र)का धनबहादुर ठाडाले दुई ३३ मत प्राप्त गरेका छन् । त्यस्तै सदस्यमा भवानी कँडेल, नरबहादुर फौजा र टीका पौडेल विजयी भएका छन् ।
जाजरकोटको वारेकोट गाउँपालिका–९ मा गौतम विजयी
स्थानीय तह निर्वाचनअन्तर्गत वारेकोट गाउँपालिका वडा नं ९ का अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शशिराम गौतम विजयी भएका छन् ।
सदस्यमा मनमाया बुढा दुई सय ४०, कुमारी नेपाली दुई सय ४३, धनबहादुर महतारा दुई सय ४५ र मनबहादुर नेपाली दुई सय ४५ मत प्राप्त गरी विजयी भएका छन् ।
ललितपुरको कञ्जोस्यममा माओवादी केन्द्रका सन्तलाल तामाङ विजयी
ललितपुरको कञ्जोस्यम गाउँपालिका वडा नं १को अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का सन्तलाल तामाङ विजयी भउका छन् ।
अन्तिम मत परिणामअनुसार ३५४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तेजबहादुर लामाले २८० मत प्राप्त गरेका थिए ।
प्राप्त मत परिणामअनसार सदस्यहरुमा तामाङकै समूहका वीरबहादुर थिङ, लालबहादुर थिङ, सुमित्रा नेपाली, डोल्मा लामा विजयी भएका छन् ।
भेरी गङ्गानगरपालिकाको वडा नं १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी
सुर्खेत भेरी गङ्गानगरपालिकाको वडा नं १ मा नेकपा (माओवादी केन्द्र)को प्यानलै विजयी भएको छ ।
माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार नवराज कार्कीले २७६ मत प्राप्त गरी विजयी भएका हुन् । सोही दलका सदस्यहरु रजना बुढा, दुर्गा सार्की, नरबहादुर बुढा र हरिबहादुर थापा पनि विजयी भएका छन् ।
वडाध्यक्ष पदका प्रत्यासी नेपाली काग्रेसका दिनेश पुलामीले २३९ र नेकपा एमालेका पदमबहादुर वलीले २०० मत प्राप्त गरेका छन् ।