फिफा विश्वकप २०२६
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
आइतबार, ०३ साउन २०८३, ०२ : ४२
सारांश
- विश्वकप २०२६ को तेस्रो स्थानका लागि फ्रान्स र इङ्गल्याण्डबिचको खेल नेपाली समय अनुसार आइतबार बिहान २ः४५ बजे सुरु भएको छ ।
- सेमिफाइनलमा पराजित भएका दुवै टोली प्रतिष्ठा जोगाउने उद्देश्यका साथ मैदानमा उत्रिएका छन् ।
- खेलमा फ्रान्सका लागि किलियन एम्बाप्पे र इङ्गल्याण्डका लागि इभान टोनीले अग्रपंक्तिको नेतृत्व गरिरहेका छन् ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) का लागि फ्रान्स र इङ्गल्यान्डबिचको बहुप्रतीक्षित खेल नेपाली समय अनुसार आज आइतबार बिहान २ः४५ बजेबाट मियामीमा सुरु भएको छ । सेमिफाइनलको पराजयपछि मैदान उत्रिएका दुवै टोली विश्वकप यात्रालाई जितका साथ सुखद अन्त्य गर्ने प्रयासमा छन् ।
यसअघि सन् १९९० र २०१८ मा तेस्रो स्थानको खेल गुमाएको इङ्गल्यान्ड यस पटक पराजयको ‘ह्याट्रिक’ बाट जोगिने प्रयासमा मैदान उत्रिएको छ ।
आज फ्रान्सलाई पराजित गर्न सकेमा यो सन् १९६६ पछिको विश्वकपमा इङ्गल्यान्डको सबैभन्दा उत्कृष्ट नतिजा हुनेछ । ऐतिहासिक रूपमा विश्वकपमा यी दुई टोली यसअघि तीन पटक भेट भएका छन्, जसमा इङ्गल्यान्डले सन् १९६६ र १९८२ मा जित निकालेको थियो भने सन् २०२२ को क्वार्टरफाइनलमा फ्रान्स विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण