यस्तो छ सल्यानका तीन गाउँपालिका र ५७ वडाकोे नतिजा
बुधबार, ०३ जेठ २०७४, १८ : १८
सल्यान, जेठ ३ – सल्यानमा आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।
यो समाचार तयार पार्दासम्म तीन गाउँपालिका र ५३ वडाको मत परिणाम सार्वजनिक गरिएको छ ।
दार्मा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निमबहादुर केसी र उपाध्यक्षमा टीका वली शर्मा निर्वाचित हुनुभएको छ । केसीले अध्यक्षमा तीन हजार ६९४ मत र वलीले उपाध्यक्षमा ती हजार ६९५ मत प्राप्त गरी विजयी हुनुभएको हो । यसैगरी, दार्मा गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका कविकुमार चन्द, २ मा माओवादी केन्द्रका डिल्ली केसी, ३ मा माओवादी केन्द्रका सेतीराम रोका, ४ मा माओवादी केन्द्रका चन्द्रबहादुर रावत, ५ मा माओवादी केन्द्रका दुर्गा मल्ल र ६ मा माओवादी केन्द्रका रामबहादुर केसी विजयी हुनुभएको छ ।
यसैगरी, ढोरचौर गाउँपालिका अध्यक्षमा एमालेका चित्रबहादुर चलाउने विजयी हुनुभएको छ । उहाँले एक हजार ९२५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरवीर चलाउनेले एक हजार ५४८ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेका पुष्पा बोहराले एक हजार ९४६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
ढोरचौर गाउँपालिका १ मा माओवादी केन्द्रका रामबहादुर बस्नेत, २ मा माओवादी केन्द्रकै रुद्रबहादुर वुढथोकी, ३ मा नेकपा ९एमाले०का शालिकराम बुढाथोकी र ५ मा नन्दलाल बोहरा विजयी हुनु भएको छ । वडा नं। ४ मा भने काँग्रेसका दिनेश बिएम र एमालेका देवेन्द्र रोकाले बराबरी मत प्राप्त गरेपछि गोलाप्रथा गरिएको हो र त्यसबाट काँग्रेसका दिनेश बिएम विजयी हुनुभएको छ ।
यसैगरी, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका मानबहादुर डाँगी दुई हजार ७६५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उपाध्यक्षमा काँग्रेसका करुणा खड्काले दुई हजार ६४५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
त्रिवेणी गाउँपालिका–१ मा नेकपा एमालेका छवि खत्री, २ मा नेपाली काँग्रेसका मेघराज खड्का, ३ मा काँग्रेसकै हुकमप्रसाद महतरा, ४ मा काँग्रेसकै छविराज शर्मा, ५ मा एमालेका डिल्लीबहादुर बोहरा र ६ मा काँग्रेसका मानबहादुर वली विजयी हुनुभएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण