आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

बाग्लुङ काठेखोला गाउँपालिकामा एमाले विजयी

बुधबार, ०३ जेठ २०७४, १८ : २१
बुधबार, ०३ जेठ २०७४
बागलुङ, ३ जेठ । जिल्लाको काठेखोला गाउँपालिकामा नेकपा (एमाले) विजयी बनेको छ । एमालेका तर्फबाट अम्मरबहादुर थापा छ हजार ६९८ मतसहित अध्यक्षमा र राष्ट्रिय जनमोर्चाका अर्जुन खत्री छ हजार ५३ मतसहित उपाध्यक्षमा विजयी बन्नुभएको हो । उक्त गाउँपालिकामा एमाले–राजमो संयुक्त गठबन्धन बनाएर चुनावमा होमिएका थिए । अध्यक्ष पदमा विजयी थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका होमबहादुर हमालले पाँच हजार २२१ मत प्राप्त गर्नुभएको छ । यस्तै, उपाध्यक्षमा विजयी खत्रीका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका ज्ञानु शर्मा श्रीसले चार हजार ८३५ मत प्राप्त गर्नुभएको छ । आठवटा वडा रहेको यस गाउँपालिकाअन्तर्गत वडा १ मा काँग्रेसका खड्क थापा, २ मा एमालेका विद्यापति शर्मा, ३ मा एमालेकै याम श्रीस, ४ मा काँग्रेसका केशर थापा, ५ मा काँग्रेसका शिवप्रसाद कँडेल, ६ मा एमालेका युक्तप्रसाद कँडेल, ७ मा एमालेका प्रेम लामिछाने र ८ मा एमालेकै चित्रकला छन्त्याल अध्यक्ष पदमा विजयी हुनुभएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप