आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

तनहुँको आबुखैरेनी गाउँपालिकाका कांग्रेस विजयी

बुधबार, ०३ जेठ २०७४, १९ : १७
बुधबार, ०३ जेठ २०७४
तनहुँ, जेठ ३– तनहुँको आबुखैरेनी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका प्रमुखमा कांग्रेसका गीरबहादुर थापा विजयी भए भने उपप्रमुखमा नेपाली कांग्रेसकै पुष्पादेवी श्रेष्ठ विजयी भइन् । काँग्रेसका उम्मेद्वार थापाले २५७९ मत प्राप्त गरी विजयी भएका हुन् । एमालेका उम्मेदवार सन्तबहादुर केशीले २२४१ मत पाए भने माओवादी केन्द्रका उम्मेदवार प्रेमबहादुर गुरूङले १५८४ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा कांग्रेसकी पुष्पाले २२९७ मत पाइन् भने एमालेकी मीना अधिकारीले २१६५ मत प्राप्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप