आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

शङ्खरापुरमा एमाले विजयी

बुधबार, ०३ जेठ २०७४, १९ : ४२
बुधबार, ०३ जेठ २०७४
काठमाडौँ, जेठ ३ – शङ्खरापुर नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएको छ । एमालेका सुवर्ण श्रेष्ठ चार हजार ८६९ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको नगरपालिका निर्वाचन प्रमुख भवनेश्वर पौडेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शङ्कर तिवारीले दुई हजार ९४७ मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) का कृष्णराज सुवेदीले दुई हजार ४३६ मत प्राप्त गरी तेस्रो स्थानमा प्राप्त गर्नुभयो । त्यस्तै, उपमेयरमा पनि एमालेकै शुक्रलक्ष्मी श्रेष्ठ विजयी हुनुभएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप