आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

कीर्तिपुर–३ मा एमाले प्यानल विजयी

बुधबार, ०३ जेठ २०७४, २० : २२
बुधबार, ०३ जेठ २०७४
काठमाडौँ, जेठ ३ – कीर्तिपुर नगरपालिकाको वडा नं ३ मा नेकपा (एमाले) को प्यानल विजयी भएको छ । वडा अध्यक्षमा राजेन्द्र महर्जन ७११ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रसका गोपाल श्रेष्ठले ६९९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, विजयी सदस्यमा मिलन महर्जन, ज्ञानप्रसाद महर्जन, नन्ददेवी महर्जन र रुकु विश्वकर्मा हुनुहुन्छ । पछिल्लो मत परिणामअनुसार नगरपालिका प्रमुख पदका उम्मेदवार एमालेका रमेश महर्जन दुई हजार ४७५ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । नेपाली काँग्रेसका उम्मेदवार राजकुमार नकर्मी दुई हजार ३६५ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । उपप्रमुख पदमा एमालेका उम्मेदवार सरस्वती खड्का दुई हजार ३४० मतका साथ पहिलो स्थानमा र काँग्रेसका विमला विष्ट दुई हजार सत्तरी मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप