आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

नारायणगढ–मुग्लिन सडक भोलिदेखि दिउँसो बन्द

बुधबार, ०३ जेठ २०७४, २१ : ३४
बुधबार, ०३ जेठ २०७४
चितवन, जेठ ३ – निर्वाचनका कारण १० दिनका लागि दिउँसो यातायात सञ्चालन गर्न दिइएको नारायणगढ–मुग्लिन सडकमा भोलिदेखि पुनः सडक बन्द गरेर काम थालिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यातायात बन्द गरेर काम गरिने छ । निर्वाचनको लागि बिदामा गएका मजदुरहरु पनि काममा फर्किएकाले भोलिदेखि कामलाई तीव्रता दिइने उहाँले बताउनुभयो । कतिपय मजदुर निर्वाचनमा गएपछि बाँकी रहेका मजदुरले सामान्य काम गरेको भएपनि सडक अवरुद्ध हुने गरी काम भएको थिएन । उक्त सडकको अहिलेसम्म ४७ प्रतिशत मात्रै काम भएको छ । भित्तो काट्ने काम बाँकी भए पनि कतिपय ठाउँमा कालोपत्र गर्ने काम सुरु भएको छ । खनालका अनुसार दुई किलोमिटर कालोपत्र गरिएको छ । वर्षात् अघि १२ किलोमिटर कालोपत्र गर्ने लक्ष्य राखिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप