पछिल्लो मत परिणामः कुन कुन ठाउँमा को को विजयी ?
बुधबार, ०३ जेठ २०७४, २१ : २४
काठमाडौं, जेठ ३– वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको २ सय ८३ तहको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ ।
पछिल्लो परिणामअनुसार लमजुङको मस्र्याङदी गाउँपालिकामा एमालेका अर्जुन गुरुङ विजयी भएका छन् । गुरुङ ४ हजार ७ सय १२ मतका साथ विजयी बनेका हुन् ।
यस्तै, सल्यानको कपुरकोट गाउँपालिकामा पनि एमाले विजयी भएको छ । कपुरकोटमा एमालेका भीमबहादुर सेन विजयी भए ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा पनि एमालेका केदार क्षेत्री सहितको समूह विजयी भएको छ भने म्याग्दीको धौलागिरी गाउँपालिका, लमजुङको मस्र्याङदी गाउँपालिका, बागलुङको ढोरपाटन नगरपालिका तथा काठमाडौंको शंखरापुर नगरपालिकामा पनि एमाले विजयी भएको छ । काठमाडौंको शंखरापुरमा एमालेका सुवर्ण श्रेष्ठ विजयी भएका हुन् ।
यसैगरी, कालिकोट सदरमुकाम रहेको खाडाचक्र नगरपालिकामा पनि एमाले विजयी भएको छ । खाडाचक्रमा एमाले उम्मेदवार जशीप्रसाद पाण्डे मेयरमा निर्वाचित भएका हुन् ।
यता, स्याङजाको चापाकोट नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका शिव गिरी निर्वाचित भएका छन् । उपमेयरमा पनि नेपाली कांग्रेसकै विमला श्रेष्ठले ६३५८ मत पाएर जित हासिल गरेकी हुन्।
यस्तै, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका कांग्रस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका निमाग्याल्जेन शेर्पा विजयी भए ।
गोर्खाको अजिरकोट गाउँपालिकामा पनि काँग्रेस विजयी भएको छ भने तनहुँको ऋषिङ गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ ।
यस्तै, तनहुँको आँबुखैरेनी गाउँपालिका, म्याग्दीको अन्नपूर्ण गाउँपालिका, सल्यानको छत्रेश्वरी गाउँपालिकामा पनि काँग्रेसले जित हासिल गरेको छ ।
यता, सल्यानको बागचौर नगरपालिकामा भने नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका लोकमान वुढाथोकी प्रमुख र कल्पना पुन उपप्रमुखमा विजयी भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, अप्ठ्यारोमा कोशीको संसदीय अंकगणित
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण