बर्दियामा आँधीहुरीबाट ११ घाइते
बुधबार, ०३ जेठ २०७४, २१ : ४४
बर्दिया, जेठ ३ – बर्दियामा आँधीहुरीबाट ११ जना घाइते भएका छन् भने करिब ३०० भन्दा बढी घरमा क्षति पुगेको छ ।
आज बिहान एक्कासि आएको आँधीहुरीका कारण गुलरिया नगरपालिका–९ को खालेपुरुहवामा आठ व्यक्ति घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यहाँ २५० भन्दा बढी घरहरु क्षति भएका छन् ।
यसैगरी वडा नं १० को कालाबन्जार गाउँमा तीन जना घाइते भएका छन् । घाइतेमध्ये १३ वर्षीय बालक अजित चमारको टाउकामा गम्भीर चोट लागेको राष्ट्रिय जनता पार्टी नेपालका जिल्ला संयोजक धनेश कुमार यादवले जानकारी दिनुभयो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, अप्ठ्यारोमा कोशीको संसदीय अंकगणित
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण