अन्ततः कक्षा ११ को परीक्षा सर्यो
बुधबार, ०३ जेठ २०७४, २२ : ०१
काठमाडौं, जेठ ३– असार १ गतेदेखिको तालिका सार्वजनिक भएको कक्षा ११ को परीक्षा अन्ततः सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा एक साता पछाडि सार्ने निर्णय गरेको हो ।
जेठ ३१ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन भएकोले त्यसको भोलिपल्ट नै परीक्षा गर्न सम्भव नहुने भन्दै बोर्ड एक साता पछाडि परीक्षा सारेकोे हो ।
कक्षा ११ को परीक्षा असार ८ गतेबाट संचालन गरी असार १८ गते समाप्त गर्ने र पुरानै तालिकाको क्रमअनुसार परीक्षा हुने बोर्डले जनाएको छ ।
परीक्षाको नयाँ रुटिङ बोर्डले आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ ।
२०७४ जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी पुनःसंशोधित कार्यक्रम बमोजिम संचालन गरिने भएको भन्दै बोर्ड सूचना प्रकाशित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण