हेलम्बु गाउँपालिकामा काँग्रेस विजयी
बुधबार, ०३ जेठ २०७४, २२ : ३७
चौतारा, जेठ ३ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका निमा ग्याल्जेन शेर्पा ४९४५ मत ल्याई विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का हस्त पण्डितले ३२१३ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका कोपिला पण्डितले ४५०२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निमा जाङ्मु शेर्पाले ३२८६ मत प्राप्त गर्नुभएको थियो ।
सो गाउँपालिकाको वडा नं १,३,४,५,६ र ७ मा नेपाली काँग्रेसका उम्मेदवार क्रमशः मिङमार तामाङ, छिरिङ ह्योल्मो, राजकुमार लामिछाने, हर्कबहादुर तामाङ, सुकुराम तामाङ र खेतनाथ घिमिरे प्यानलसहित विजयी हुनुभएको छ । वडा नं २ मा नेकपा एमालेका छिरिङ ग्याल्बो प्यानलसहित विजयी हुनुभएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण