भरतपुर ३ मा कांग्रेस विजयी, रेणुको भोट बढेन
बुधबार, ०३ जेठ २०७४, २२ : ५२
भरतपुर – चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर ३ को मतगणना पनि सकिएको छ ।
नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको गठबन्धनमा भएको भरतपुर महानगरपालिकामा वडा नम्बर ३ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ३ मा चन्द्रमित्र पण्डित विजयी भएका हुन् ।
वडा नम्बर १ मा पनि नेपाली कांग्रेस नै विजयी भएको छ । दुई वडामा कांग्रेस विजयी भए पनि काँग्रेसको समर्थनमा उठेकी माओवादीको मेयरकी उम्मेदवार रेणु दाहालको भोट भने त्यति अनुपातमा आएको छैन ।
महानगरको तीन वटा वडाको मतगणना सकिँदा माओवादी उम्मेदवार रेणु दाहालको ४९८७ मत प्राप्त भएको छ भने एमाले उम्मेदवार देबी ज्ञवालीको ६७३५ मत प्राप्त भएको छ ।
उपमेयरमा कांग्रेसकी पार्वती शाहले ५८४८ मत प्राप्त गरेकी छन् । एमालेको तर्फबाट दिब्या आचार्यको ५७७९ मत प्राप्त भएको छ। भरतपुर र पोखरा–लेखनाथ महानगरमा नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन गरिए पनि एक पार्टीले अर्कोलाई मत नदिएको नतिजा देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण