रुकुम माअोवादीको कब्जामाः चौरजहारी नगरपालिकामा भारी मत अन्तरले विजयी
बुधबार, ०३ जेठ २०७४, २३ : ०५
रुकुम, जेठ ३– रुकुमको चौरजहारी नगरपालिमा नेकपा माओवादी केन्द्र भारी मत अन्तरले विजयी भएको छ । माओवादी केन्द्रका नगर प्रमुखका उम्मेदवार विशाल शर्मा ५ हजार ४२० मत प्राप्त गरी विजयी भए ।
उनी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बलबीर गोसाईं भन्दै २१ सय बढी मत ल्याएर विजयी भएका हुन् । गोसाईंले ३ हजार २०४ मत पाए भने एमालेका शेरबहादुर केसीले २ हजार २८२ मत मात्रै प्राप्त गरे ।
यसैगरी उपमेयर पदमा पनि माओवादी केन्द्रकी राधा रोका विजयी भइन् । राधाले ५ हजार ३२५ मत प्राप्त गरिन् भने कांग्रेसकी मनिषा भण्डारीले ३ हजार ४० मत प्राप्त गरिन् । एमालेबाट उपमेयरकी उम्मेदवार कल्याणी खड्काले २ हजार ४१३ मत प्राप्त गरेकी छन् ।
माओवादी केन्द्रले नगरपालिकाको १४ वडा मध्ये १० वडामा पनि जित हासिल गरेको छ भने एमाले एक वडामा मात्र विजयी भयो । कांग्रेसले तीन वडामा जितेको छ । ऊर्जामन्त्री जनार्दन शर्माको जिल्ला रुकुमका सबै गाउँपालिकामा माओवादी केन्द्रले जित हासिल गरेको छ । एक नगरपालिकाको नतिजा आउँन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, अप्ठ्यारोमा कोशीको संसदीय अंकगणित
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण