आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

रेडियो समानताको भवनमा आक्रमण

बिहीबार, ०४ जेठ २०७४, ०७ : ३५
बिहीबार, ०४ जेठ २०७४
-पुनहरी घिमिरे कपिलवस्तु, जेठ ४ - कपिलवस्तुको चन्दौटामा रहेको रेडियो समानताको भवनमा अज्ञात समुहले आक्रमण गरेका छन् । जिल्लाको पश्चिमि क्षेत्रमा रहेको दिब्यज्योति नेपाल द्वारा संचालित सामुदायिक रेडियो समानता आक्रमणमा परेको रातोपाटी सम्बाददाताले बताएका छन् । राति करिव ९ः३० बजेको समयमा भवनमा आक्रमण गर्दा अगाडिको सिसा फुटेको छ । आक्रमणबाट रेडियोको स्टोरमा पनि क्षति भएको छ । आक्रमण कसले र किन गर्यो भन्ने कुरा पुष्टि नभएको स्टेसन म्यानेजर किष्ण थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप