एक क्षेत्र एक मार्गको अवधारणाले पूर्वाधार विकास : सञ्चारमन्त्री कार्की
बिहीबार, ०४ जेठ २०७४, ०८ : २४
काठमाडौँ - सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की चीनको राजधानी बेइजिङमा आयोजित ‘एक क्षेत्र एक मार्ग’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ओबिओआरमा भाग लिई आज राति स्वदेश फर्किएका हुन् ।
स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उन्ले पत्रकारसँग संक्षीप्त कुराकानी गर्दै ‘एक क्षेत्र एक मार्ग’को अवधारणाले पूर्वाधार विकास, रेल मार्ग निर्माण र चीन–नेपाल सीमा नाकाको सञ्चालन तथा व्यापार अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
गत वैशाख ३१ र जेठ १ गते ९मे १४–१५० मा बेइजिङमा भएको सम्मेलनमा भाग लिन उहाँ शुक्रबार त्यसतर्फ प्रस्थान गरेका थिए । सम्मेलनमा विश्वका २९ देशका राष्ट्रप्रमुख, १०० जना मन्त्री र त्यतिकै सङ्ख्यामा विभिन्न सङ्घ र संस्थाका प्रतिनिधिसहित एक हजार २०० प्रतिनिधिहरूको सहभागिता थियो ।
नेपालका तर्फबाट उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा सञ्चार मन्त्री कार्की र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकसहित आठ सदस्यीय प्रतिनिधिमण्डलले उक्त सम्मेलनमा सहभागिता जनाएको थियोे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण