आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

अञ्चल अस्पतालमा कालाजार औषधिको अभाव

बिहीबार, ०४ जेठ २०७४, ०८ : ३०
बिहीबार, ०४ जेठ २०७४
तिलोत्तमा रुपन्देही -लुम्बिनी अञ्चल अस्पताल बुटवलमा कालाजारको औषधि अभाव भएको छ । गत वैशाख २९ गतेदेखि अस्पतालमा कालाजारको औषधि अभाव भएपछि बिरामीको उपचारमा समस्या भएको छ । अस्पतालले औषधि अभाव भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराए पनि अझैसम्म नपठाउँदा बिरामीको उपचारमा समस्या भएको हो । प्यूठान जिल्लाको तिराम गाउँपालिका–५ बस्ने २१ वर्षीय गिरीसरा पुनको औषधि अभावमा उपचारमा समस्या भएको अस्पताल प्रवक्ता लक्ष्मीराज रेग्मीले बताए । अस्पतालका अनुसार पुन जेठ १ गतेदेखि अञ्चल अस्पतालको बेड नम्बर १३५ मा रहेकी छन् । कालाजारको औषधि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले लुम्बिनी अञ्चल अस्पतालमा नपाउँदा बिरामीलाई उपचारमा ढिलाइ भएको हो । उक्त औषधि बजारमा किन्न नपाइने हुनाले महाशाखाको भर पर्नुपर्ने बाध्यता बिरामीलाई रहेको छ । लुम्बिनी अञ्चल अस्पतालमा वैशाख २९ गते पाल्पाका ताराबहादुर पचभैयालाई कालाजारको उपचार गर्दागर्दै औषधि सकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप