नवलपरासीको मध्यबिन्दुमा काँग्रेस
बिहीबार, ०४ जेठ २०७४, ०८ : ५४
नवलपरासी - मतगणना सम्पन्न भएको नवलपरासीको मध्यबिन्दु नगरपालिकामा पनि नेपाली काँग्रेसले जित हासिल गरेको छ, जसअनुसार प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारद्वय विजयी भएका हुन् ।
नेकाका चन्द्रबहादुर रानाले एमालेका भीमलाल अधिकारीलाई ९३१ मत अन्तरले पराजित गरेका हुन् । नेकाका चन्द्रबहादुर रानाको पक्षमा १० हजार ९९६ मत रहेको थियो भने एमालेका भीमलाल अधिकारीको पक्षमा १० हजार ६५ मत रहेको थियो ।
त्यसैगरी, उपप्रमुखमा पनि नेकाकै उम्मेदवार ओमकुमारी महतो विजयी भए । ओमकुमारी महतो १० हजार ८३५ मत प्राप्त गर्दै मध्यबिन्दु नगरपालिकाको उपप्रमुख पदमा विजयी भए ।
उपप्रमुखमा ओमकुमारी महतोले ८०२ मत अन्तरले नेकपा एमालेका जोगमाया महतोलाई पराजित गरे । जोगमाया महतोले १० हजार ३३ मत प्राप्त गरो थिए । १५ वटा वडा रहेको मध्यबिन्दु नगरपालिकामा १० वटा वडामा नेपाली काँग्रेस विजयी भएको छ भने पाँचवटा वडामा नेकपा एमाले विजयी भएको छ ।
नवलपरासीमा पहिलो चरणमा निर्वाचन भएका आठवटा तहका निर्वाचनमध्ये हालसम्म छवटा स्थानीय तहको मात्र मतगणना पूरा भएको छ । छवटामै प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवारले विजय हासिल गरेका छन् । तीमध्ये चारवटै गाउँपालिका र दुईवटा नगरपालिकाको प्रमुखमा नेकाका उम्मेदवारले विजय हासिल गरेका छन् ।
यस अगावै देवचुली नगरपालिकाका साथै बुलिङटार, हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकामा काँग्रेस विजयी भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण