तनहुँको ऋषिङमा आठवटै वडामा काँग्रेस
बिहीबार, ०४ जेठ २०७४, ०८ : ५६
दमौली - स्थानीय तहको निर्वाचनमा ऋषिङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित आठवटै वडामा काँग्रेसको प्यानल भारी मतले विजयी भएको छ ।
ऋषिङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठले चार हजार ९४१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूपाल थापा मगरले दुई हजार ४८९ मत प्राप्त गरेका थिए । त्यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेसकै गिनुमाया थापामगरले चार हजार ९४९ मत प्राप्त गरी विजयी भएकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी मधुमाया श्रेष्ठले दुईहजार तीनसय ७७ मत प्राप्त गरेकी थिइन् ।
सो गाउँपालिका–१ देखि ८ सम्म वडाध्यक्षसहित सबै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत गङ्गाबहादुर क्षेत्रीले बताउनुभयो । सो गाउँपालिकामा विजयी भएका काँग्रेस कार्यकर्ताले विजय जुलुस मनाउँदै गाउँको परिक्रमा गरेका छन् ।
त्यस्तै, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका गिरबहादुर थापा दुई हजार ५८९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का सन्तबहादुर केसीले दुई हजार २४२ मत प्राप्त गरेका थिए ।
यसैगरी, उपाध्यक्षमा काँग्रेसकी पुष्पादेवी श्रेष्ठले दुई हजार २९७ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मीना अधिकारीले दुई हजार १६५ मत प्राप्त गरेकी थिइन् । त्यसरी नै बन्दिपुर गाउँपालिकामा नेकपा ९माओवादी केन्द्र०का अध्यक्षका उम्मेदवार पूर्णसिंह थापा र उपाध्यक्षमा माओवादी केन्द्रका करुणा गुरुङ विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण