आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

पर्वतको जलजलामा काँग्रेसका मल्ल विजयी

बिहीबार, ०४ जेठ २०७४, ०९ : ०३
बिहीबार, ०४ जेठ २०७४
फलेवास - जेठ उत्तरी पर्वतको जलजला गाउँपालिकामा नेपाली काँग्रेसका यामबहादुर मल्ल तीनहजार सातसय २३ मत प्राप्त गरी विजयी भएका छन् । गएराति अबेर सम्पन्न मतगणनामा मल्लले नेकपा ९एमाले०का उम्मेदवार लालबहादुर अधिकारीलाई ६४५ मतान्तरले पराजित गर्दै विजयी हभएको हो । अधिकारीले तीन हजार ७८ मत प्राप्त गरेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार बाबुराम कार्कीले एक हजार ९२१ मत प्राप्त गरेको छ । उपाध्यक्षमा पनि नेपाली काँग्रेसका सीमा पुन विजयी भएको छ । उहाँले तीन हजार ७८३ मत ल्याएर विजयी भएको हो । एमालेका अनिता शर्माले तीन हजार ६५७ र नेकपा माओवादी केन्द्रका सीता मल्लले एक हजार ५९४ मत प्राप्त गरे । यो गाउँपालिकाका वडा नं २, ३, ४ र ८ मा काँग्रेस, र वडा नं ७ र ९ मा नेकपा माओवादी केन्द्र तथा वडा नं १, ५ र ६ मा नेकपा ९एमाले० का वडाध्यक्ष विजयी भएका छन् । वडा नं १ मा तुलसीराम रेग्मी, २ मा गोविन्द खत्री, ३ मा देवीन्द्रबहादुर भण्डारी, ४ मा भीष्म मल्ल, ५ मा तिलक जिसी, ६ मा हमबहादुर फकामी, ७ मा टुङ्गनाथ आचार्य, ८ मा हरिविकास जिसी र ९ मा गौबहादुर पुन वडाध्यक्षमा चुनिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप