आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

अन्नपूर्ण गाउँपालिका प्रमुखमा काँग्रेसका पुन

बिहीबार, ०४ जेठ २०७४, ०९ : २२
बिहीबार, ०४ जेठ २०७४
म्याग्दी - म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका डमबहादुर पुन विजयी भएका छन् । काँग्रेसका तर्फबाट गाउँपालिका प्रमुखका उम्मेदवार बनेका पुनले तीनहजार ३२० मत प्राप्त गरी विजयी भएको हो । उन्का प्रतिस्पर्धी नेकपा एमालेका नारायण पुनले तीन हजार १२७ मत प्राप्त गरेको छ । उपाध्यक्षमा नेकाकी केशमाया मगरले तीन हजार २४५ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उन्को प्रतिस्पर्धी एमालेकी दुर्गादेवी पाइजाले तीन हजार १८६ मत पाएका थिए । जम्मा १० हजार ५१९ जना मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा सात हजार २२ मत खसेको थियो । अन्नपूर्ण गाउँपालिकाको आठमध्ये चारवटामा नेका, तीन वटामा एमाले र एक वटामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले वडाध्यक्षमा निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप