रोनाल्डोको किर्तिमानमा लिग उपाधिबाट रियल १ अंक टाढा
एजेन्सी
म्याड्रिड, जेठ ४ – क्रिस्टियानो रोनाल्डोले जिमी ग्रिभेसको ४६ वर्ष पूरानो किर्तिमान ताड्दा रियल म्याड्रिड सन् २०१२ पछि पहिलो पटक लिग उपाधि जित्न मात्र एक अंकले टाढा बनेको छ ।
जित्नै पर्ने दबाबमा रहेको रियलले सेल्टाभिगोलाई ४–१ गोल अन्तरले पराजित गरेका हुन् । लागि ३१ वर्षीय रोनाल्डोले खेलको १० औँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाए ।
गोलसँगै रोनाल्डोले युरोपको शीर्ष ५ लिगमा ३६७ औँ गोल गर्दै उनले इंग्ल्याण्डका पूर्व खेलाडीको किर्तिमान ताडे ।
पहिलो हाफमा दुवै टोलीले थुप्रै प्रयास गरे पनि थप गोल भने हुन सकेन ।
दोस्रो हाफको शुरुवातमा नै रोनाल्डोले पुनः गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।
२९ ला लिगाको खेलमा रोनाल्डोको यो २४ औँ गोल पनि थियो ।
एक घण्टाको खेल सकिँदा सेल्टाभिगोका इयागो आसपास विवादास्पद रुपमा रातो कार्ड खाँदै बाहिरिएका थिए ।
तैपनि, १० खेलाडीमा सिमित सेल्टाका लागि जोन गुइडेटीले एक गोल फर्काए । तर, करिम बेन्जेमा र टोनी क्रुसले एक–एक गोल थपेपछि उनको गोल सान्तवना गोल मात्र बन्न सक्यो ।
यसबीचमा रोनाल्डोले पनि ह्याट्रिक पूरा गर्ने सहज अवसर गुमाएका थिए ।
आइतबार मालागासँग हुने अन्तिम खेलमा बराबरी गर्यो भने मात्र पनि रियलले लिग उपाधि जित्नेछ ।
उता, बार्सिलोनाले भने इबारलाई हराउँदै रियलले खेल गुमाउनुपर्ने आशा गर्नुपर्नेछ । यसो भएमा हेड टु हेडका आधारमा बार्सा च्याम्पियन बन्नेछ ।
गत फेब्रुअरीमा तय भएको सेल्टा र रियलबीचको खेल हावाहुरीका कारण स्टेडियममा क्षति पुगेपछि स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण